Input your search keywords and press Enter.

ह्याँती गर्ने कुरा : एमएल ओली

आँन्न दिपस
खास्मा भन्नैपर्दा, एउटै भया भन्नु ? धेरै थरीया हुँदाहुँदै एउटैलाई मान्नु सरासरी अकन्याई हो हेर्ने । यो परिपाटी काँमाँट्ट उब्ज्याउ हो ? कल्ले उबाज्या हुन, क्यार्न उब्जाका हुन ? कुर्रै गर्न पनि बैराक्कौंमर्नु । त्यो मात्रै भया पनि क्या मान्दाउ बाल । फिरी त्यख्खो गुण मात्रै भइया पनि क्यार्दो तो । बैगुणौं थुप्रो भयालाई दिपसौं रुपमा मनाउँदा अरु सप्पै रिस्यान्चन हेर्ने । तेइबेला तमाँइको ज्यान ता अन्टसन्ट पर्रियान्च भन्नु हुन्छ । तेई पनि कुरो भाइर नजाने भया भित्रभित्रै मनाइयाँदो हेर्ने । भक्कारीया घुनपुल्ताबाट गोप्यता फ्वाङ नहुने गिरिन्टी भया भन्नु ? कुरो भाइरिकिन क्या कुर्रा गर्दान र त्यो औंरिने खेत्नु घोग्गा बुट्टा जाग्ने, कोइकोई उइला मान्सा र कृषि मन्त्रीया जागिर्नु ठेसलाउ इतिहास ताज्जै छ । त्यल्लाई भन्दा यल्लाई चपौउँदा तमाइलाई कब्जितकुब्जित, ग्याँस्टिकगुस्टिक, वायोवुयो, सुगरसार लगाइतौ. समस्या आउचई भन्ने नसोच्नोई हेर्ने । हुन ता ठूला बड्डालाई ओख्तोमुल्लाउ क्या हर्जा होला र ? जाँत्ति गया पनि डाङ्टर, गुणी, वैद्यीयौं अनिकाल क्यार्न पर्ला ? त्यो घ्वाउ रोट्टोघिर्रो पनि क्यार्न छिर्ला ।
“कोइलाई चइन कोइलाई ऐन” भन्दाइनी कोइखा चुल्नु साँजव्यान्नै तेइछ । कोइलाई हो र ? तमाँइको चाँनामात्ति अक्षता घस्न पनि त्यारौ बाट्टो पर्खिनु पर्च क्यारै । क्या भनौं यस्तै छ, कोइलाई भन्या अचाक्ली सस्तैछ, कोइखा घर्नु जस्ताको त्यस्तैछ । मान्सास्तै स्वादौं खानेकुरामा मिल्जाने र पाते बिलो नपाउदा कुक्¥या कल गर्ने भया उइलै फाटो आइन्थ्यो हेर्नोई । भाइर भाइर ल¥यास्तो गर्ने तमाँइका खन्च्वाहरू ख्याप्पै मिल्जान्चन हेर्ने । भोक्कानाङ्ङाले साँच्चै मन्टी भाँच्तै हित्तेरीतित्तेरी गर्नु बेकारै हो । ह्याँ दर्जनौं बालीनाली उब्जिने धर्तिनु एउटै जातलाई धन दिपस मानिकिन गरिबी बराउने पक्षमा जानु ता भइन क्यारै । भन्ने दइचिउरा चपाउने मासु चिउरा । एकन्ताक्नु ढाँट्नाउ पनि तरिका हुन्त्यो ए लाई । तेइभइकिन होला कोइकोइले दइचिउरा घिच्दारी धेरैले दइढिर्रो कच्काल्यान हेर्नोई । एउटाउ मान गर्दारी अरुऔं अप्मान गर्नु ता भइन गरै । कुरा काट्यास्तो नहोई चिउरा मासु भन्दारी तमाँइका घुस्या र पिस्सया मस्सानेहरू पनि जाइन्चन भन्नु हुन्च । त्यो बाइका गौं, घोगा, जौं, कोदो, फापर, उवा, कागुनो, माट्या, गङलट्टी, भात्तेबेतो, चिनो, कुर्थी, खेसरी लगाइता जातहरू एक भइकिन बिरोद मात्रै होला र ? मबिरोद गर्रेल्ने छन् हेर्ने । अइल तमाँइको गतिलो लिटर नपाइकिन मात्रै कम्क्यास्तो मानिन्च । कोइट्याम्मा जाक्तो औंरियो भन्या डल्याल्नेछ हेर्नोई । ओर्थीपर्थी नचियाई “बिरोद ग¥या क्या फाँर्रेल्ला ?” भन्ने इलिमीया हुर्मतले नराज्जिकिन त्यो बाइकका सप्पैले नऔंरिने, औं¥या पनि थार्रिने र चरामुसा टार्रिने हुन्चई भन्चौं । “त्यस्तै सङ्का लाक्कन मुँइले ता धन दिपसलाई आँन्न दिपस मनाउँदै आउछु ।” यस्तो खिस्सा सुनाउने पौरखी थुत्नाहरू पनि मस्तै रइचन हेर्नोई । बुज्नेलाई धान्नौं मत्व पनि अल्तै छैन हेर्ने । त्यो नभैद्याउ भया “दालभात खाई चल मेरी भाइ ?” यस्तो नाम्रो सप्¥याउ आँन्न काँ पाई ? पानी धुम्ल्याई माच्छा छोप्नेहरूवा चाल्की नबुज्दारी गैरी तालन्वा रुप्स्या माच्छियौं काल भइरने छ । ह्याँ लिख्खाउ छाल्ला कार्नेहरू कम्ता भया भन्नु ? बिचारो सोज्जो कोदोलाई उच्चाल्न आइतबार नलाक्ने गिरिन्टि छैन । धान बाइक्का आँन्नहरूले कोदालाई सु¥याइकिन “तमी हाम्रा राज्जा हौ । हामी तमीलाई नै राज्जा मान्न राज्जी छौं ।”
भन्कन उचाल्न क्या बेर ? भित्रभित्रै स्याना ठूला, चिन्निया, जिन्निया र गन्निया बालीनाली, दालहन र तेलहन जस्ता गेरामुठ्ठीयौं चाल छाम्दारी तमाँइको आत्तमा सन्तोष देखिन्न हेर्ने । त्यत्ति मात्रै भया क्या भन्दाउ ? “भित्रौ माल नभक्ने भाइरौं मात्रै ढुक्ने ?” भन्कन ह्याँ तमाँइका धान्या जातबाटै चिर्को बिरोद आउन लाइयो भन्नु हुन्च । त्यो ट्याम्मा मुर्खी भई रिस उठाइकिन आफ्नै बारिन्वा विरुर्वा उखेल्नु ता भइन गरै । हँन्तो ? बरु बलभन्दा बुद्धि अरिल्लो दरिल्लो बनाइकिन मानमनाउतो गराया प जार्दो नहोला क्यारै । यस्सो होरज्ञान गर्दारी तमाँइको “धान” दिपसलाई “आँन्न” दिपस मनाल्यापची क्या बिर्रेल्ला र ? यस्तो खुस्सियौं खप्पर सुन्दारी तमाँइका भ्याउत्ताहरूले सिमेत भङ्कटाट्टिनु पनि ट्यार भाक्का लाल्ने वाला छन् हेर्ने ।
गणतान्त्रिक मुल्कनु राज्जाऔ कुर्रै नगरौं । बरु तमाँइको मोख्या आँन्न कल्लाई मान्ने भनिकिन ट्याम फाल्ने काम्मै छैन् । कुर्रास्ता कुर्रा र निस्सापास्तोे निया गर्ने हो भन्या घ्वालाई मोख्या मान्द्या भइता गो । कत्नाम्रो हेर्दा पनि सग्लै मान्नौं अजङ, हाट्टहुट्ट र पाट्टपिट्ट गर्लास्तो हेर्नोई । तेख्खो ता रुप्पै ठूल्लो, गुण्णै ठूल्लो भन्नु हुन्च । कस्तोरी भन्नुहोला भन्दारी तेख्खो ज्ञानगुण पनि सुन्नेल्नोई । तेख्खो नल्ठाले भिर्काउदारी मै हु भन्ने सुर्रालाई सिमेत भगाल्च । तेइखो ठिर्काले फलाम्मैलाई पगाल्च । तेल्लाई खिर, भात, रोट्टा, ढिर्रो, लिट्टो, हल्वा, सात्तु, खाज्जा लगाइतौं जुन परिकार बनाया पनि स्वाइन्च क्यारैं । ह्वाँ पच्छियालाई ज्यात्याप्यात्या पद भिराइद्या भइयो । तिमाल्नैसम्म ता छ, हँन्तो ? ढिल्लोचाँर्रो तमाँई हाम्मी समाजवाद्नु पस्नेई भन्याछौंं । अन्ना पट्टीलाई पनि क्यार्न अम्न्नाँ पार्ने हो र तो ? भन्ने मुख्खैले हो ह्याँत्ती न ह्वाँत्ती मुख्नु ठिक्कै लाग्ने, भुरिभित्र छिर्रापच्ची हुक्कै पार्नेलाई मात्र दिपस मान्दा अरुलाई अकन्या र अन्जार्दो भइकैछ । तेल्ले पनि नइयाँलाई अनुभव हुँदैन ।
म नै सप्पैथोक हुँ । म बाइक अरु कोई हुनैसक्तैन भन्नेल्च भन्या त्यो पटमुर्खीपना हो । कुर्रै गर्ने हो भन्या ह्याँ आँन्न खाइन सुन कोइले हगाँन्न गरै । बन्ने उई तमाँइको गुई हो हेर्ने । त्यसै उसले गर्दारी आँन्न दिपस मनाउदा नाम्रै होला । ह्याँत्ती गर्ने कुरो, सप्पैलाई मनाउतो गर्नेमाँफ्यिौं दिपस मनाउँदा नाम्रैहोला भन्ने मन्नु उब्ज्याउ कुरो मात्रै पोख्याउ हँु भन्नु हुन्च । आइमाँस्माँट सप्पैलाई स्वाँउने कोइलाई नर्वाँउने आँन्न दिपस मान्नेई ठर्च हेर्नोई । समाप्त

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *