Input your search keywords and press Enter.

लद्यु उद्यम बजारीकरण सम्बन्धी अन्तरक्रिया

आहा सञ्चार संबाददाता
रुकुम पश्चिममा बिहिबार बजारीकरण तथा परामर्श सेवा क्रेता र बिक्रेताबिच १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गरिबी निबारणका लागि लद्यु उद्यम कार्यक्रम अन्र्तगत रहेका उद्यमीहरुको उत्पादनलाई बजारीकरणमा सहयोग गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा उत्पादनले बजार पाउनको लागि बजारमा माग भएको बस्तु उत्पादन गर्नुपर्ने र निर्बाहमुखि भन्दा ब्यवसायिकतामा जोड लिए बजारीकरणमा पनि सहयोग पुग्ने सरोकारावालाहरुले बताएका थिए । कर्णाली प्रदेश सरकारको कार्यक्रम अन्र्तगत घरेलु तथा साना उद्योग विकास समिति रुकुम पश्चिमको आर्थिक सहयोगमा उत्पीडित सामुदायिक विकास केन्द्र रुकुम पश्चिम मार्फत उक्त कार्यक्रम संचालन छ ।

रुकुम पश्चिमका चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका र त्रिबेणी गाउँपालिकामा उक्त कार्यक्रम संचालन छ । उक्त कार्यक्रम मार्फत बिपन्न बर्गका समुदायहरुलाई समेटेर सिलाईकटाई, बुटिक, बुढा निर्माण, कुखुरापालन र तरकारी बिउ उत्पादनको तालिमहरु संचालन गर्दै आएको छ । कार्यक्रममा आफ्नो धारण राख्दै जिल्ला समन्वय समिति रुकुम पश्चिममा प्रमुख राजकुमार शर्माले कार्यक्रम मार्फत भएका तालिमहरुलाई सदुपयोग गरेर व्यवसायिकतामा जोड दिनुपर्ने बताए । केन्द्रका अध्यक्ष खडकबहादुर बस्त्रकारको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्मा, घरेलु तथा साना उद्योग विकास समितिका बरिष्ठ उद्यम विकास सहजकर्ता हुकुम केसी, मुसिकोट नगरपालिकाका कार्यपालिका सदस्य यामकुमारी परियार र डिमेगा रुकुम पश्चिमका उपाध्यक्ष पदमबहादुर हितांगी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन कार्यक्रम संयोजक टेकबहादुर बिकले गरेका थिए ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *