सर्जना कार्की

रुकुम (पूर्व) मा एघारौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको वुधबार प्रदेश नम्बर ५ का सभामुख पूर्ण बहादुर घर्तीले दिप प्रज्वलन गरेर उद्धघाटन गरे ।
जिल्लाको सबै स्थानीय तहमा शिल्ड सञ्चालन भइसकेपछि जिल्ला स्तरीय शिल्ड आजबाट शुरु गरिएको हो । जिल्ला खेलकुद विकास समितिले विभिन्न चार विधामा शिल्ड सञ्चालन गर्दै छ । छात्रछात्रा भलिवल, कबड्डी, एथ्लेटिक्स अन्तर्गत दौडतर्फ १००, २००, ४००, ८००, १५ सय र ३ हजार मिटर तथा रीलेतर्फ १०० र ४०० मिटरको दौड सञ्चालन गरिने भएको छ । त्यसैअन्तर्गत उफ्रने र फ्याक्नेतर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, सटफुट र ज्याभलीङ थ्रोमा तीन स्थानीय तहका विद्यार्थीको बिचमा प्रतिष्पर्धा गराइने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

मार्सलआर्ट अन्तर्गत सितेरिया कराँते र उसुमा विद्यार्थीले प्रतिष्पर्धा गर्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हरिबहादुर थापाले बताए । उनका अनुसार तीन स्थानीय तहले सञ्चालन गरेको शिल्डबाट छनोट भएका छात्र र छात्राका दुईदुई गरी १२ समुह, कबड्डी खेलका छात्रछात्राका एकएक समुह गरी ६ समुह र अन्य खेलमा पहिलो हुँनेहरुले जिल्ला स्तरीय शिल्डमा भाग लिएका छन् । त्यसैगरी मार्सलआर्ट अन्तर्गत सितेरिया कराँते र उसु भने जिल्लास्तरमै सञ्चालन गर्न लागिएको बताइएको छ ।

election adv.

जिल्लामा पहिले स्थानीय तहमा शिल्ड सञ्चालन गरेपछि मात्र जिल्ला स्तरीय शिल्ड सञ्चालन हुने गरी नियम परीमार्जन गरेपछिको यो पहिलो शिल्ड भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारा सहित सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित रुक्मिणी रङ्गशालामा सञ्चालन भएको शिल्ड उद्धघाटन गर्दै सभामुख घर्तीले खेलक्षेत्रमा अवसर र चुनौती उत्तिकै रहेको बताए । ‘खेल क्षेत्रमा राज्यबाट पर्याप्त रुपमा बजेट प्राप्त हुन नसक्नु र नियमित प्रशिक्षकको अभावले जिल्लाको खेल क्षेत्रले फड्को मार्न सकेको छैन ।’ उनले भने । जिल्लामा रहेका खेलाडीलाई संरक्षण गर्न सकियो भने खेल क्षेत्रबाटै जिल्लाको समृद्धिको ढोका खुल्ने उनको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto