Home मुख्य समाचार जेष्ठ नागरिकलाई परिचय पत्र बितरण

जेष्ठ नागरिकलाई परिचय पत्र बितरण

456
0

आहा सञ्चार संबाददाता
रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले पहिलो पटक जेष्ठ नागरिकहरुलाई जेष्ठ नागरिक परिचयपत्र बितरण गरेको छ । यस अघि जिल्लाबाट बितरण गरिदै आएको जेष्ठ नागरिक परिचय पत्र स्थानीय तहले बितरण गर्न पाउने कानुनी अधिकार प्राप्तपछि नगरपालिकाले पहिलो पटक जेष्ठ नागरिकहरुलाई परिचय पत्र बितरण गरेको हो ।
नगर प्रमुख देबीलाल गौतमले मुसीकोट नगरपालिका वडा नम्बर १ का ८६ बर्षिय धनबहादुर रावललाई पहिलो पटक जेष्ठ नागरिक परिचय पत्र प्रदान गरि औपचारिक रुपमा जेष्ठ नागरिक परिचय पत्र बितरण कार्यक्रमको उद्घाटन गर्नुभयो । अबदेखि हरेक दिन कार्यालय समयमा जेष्ठ नागरिक परिचयपत्र लिन आएमा नगरभित्र रहेका ६० बर्ष उमेर पुगेका सबै जेष्ठ नागरिकलाई परिचय पत्र बितरण गरिने नगरपालिका अन्तरगत महिला, वालवालिका तथा समाज कल्याण शाखाकी महिला विकास निरिक्षक कमला मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार जेष्ठ नागरिक आफ्नो उमेर खुल्ने कागजात लिएर स्वयं उपस्थीत भएमा वा उसको नजिकको नातेदार वडाको सिफरिस लिएर आएमा परिचय पत्र प्रदान गर्न सकिने छ । पहिलो दिन मंगलबार ५ जना जेष्ठ नागरिकलाई परिचय पत्र बितरण गरिएको नगरपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here