मृत्यु दाबी बिमा रकम प्रदान

Byआहा सञ्चार

२०७६ असार १३, शुक्रबार ११:४२

आहा सञ्चार 
नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड रुकुम पश्चिम शाखाले जिल्लामा एक मृतक परिवारलाई मृत्यु दाबी बिमा रकम प्रदान गरेको छ । रुकुम पश्चिम त्रिबेणी गाउँपालिका ६ की मृतक पत्नी बीना बाँठालाई एक कार्यक्रमका बिच बिमा रकम प्रदान गरिएको हो । उनका श्रीमान ४१ बर्षिय लिलबहादुर बाँठाको यहि बैशाख २८ गते भण्डारीकाँडामा भएको गाडि दुर्घटना परेर मृत्यु भएको थियो । मृत्यु दाबी मार्फत पर्न गएको ११ लाख २२ हजार तिन सय एकहत्तर रुपैयाँको चेक मृतक पत्नी बाँठालाई कम्पनीका रुकुम शाखा प्रमुख टंक हमालले प्रदान गरे । कार्यक्रममा कम्पनीमा मुख्य व्यवसाय प्रबन्धक खडकबहादुर पुन लगायत जिल्ला स्थित व्यापारीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन कम्पनीका तालिम सहायक चुडामणी गौतमले गरेका थिए ।

election adv.

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto