Input your search keywords and press Enter.

जेष्ठ नागरिकलाई छाता र टर्च प्रदान

आहा सञ्चार संबाददाता
रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर १३ कार्यालयले वडाभित्रका जेष्ठ नागरिकलाई एक÷एक वटा छाता र टर्च बितरण गरेको छ । वडा कार्यालय चौतारामा आयोजना गरिएको एक कार्यक्रमका बिच वडा अध्यक्ष दिपक केसीले उक्त सामाग्री प्रदान गरे । वडामा रहेका ७७ जना जेष्ठ नागरिकहरुलाई छाता र टर्च बितरण गरिएको हो ।

बर्षातको समयमा जेष्ठ नागरिकहरुलाई ओढ्नका लागि सहज होस भनी छाता र अध्यारोमा पनि भित्रबाहिर गर्न सहज होस भनी टर्च बितरण गरिएको वडा सदस्य खलबहादुर खड्काले जानकारी दिए । उनका अनुसार वडा कार्यालय मार्फत यस क्षेत्रका जेष्ठ नागरिकहरुलाई बेला बेला सम्मानका कार्यक्रमहरु पनि गर्दै आएको बताईएको छ । छाता र टर्च पाएपनि जेष्ठ नागरिकहरु खुसि भएका छन ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *