Input your search keywords and press Enter.

धोको : ह्याँती गर्ने कुरा

एम एल ओली

स्याँनतिन्ना चल्लाचाखुरा चराउने तमाँइका कालिज गाँवइनु पनि थ्या हेर्नोई । माँजो होला र ? त्यतानु आँखाकान लाया भन्नु ? ह्याँन्न्वा गन्निया, मान्निया टाउक्या कालिजलाई ह्वाँन्न्वा लुज्जालङ्र्या पुच्र्छैले हल्लाल्चन गरे । यो खप्पर सुन्या माउभाल्याले आप्ना चल्लाचल्लीलाई काँ कुन कालिज्नु चराउने होला ? भनिकिन उस्सनिस्स, असिनियोल, पसिनियोल भइकिन गिज्जाबाट पसिनै च्वाल्दान क्यार्रै । हुन ता सप्पैलाई एउटै घाँन्नु हाल्नु भइन । तिन्खा कान फुट्जाउन । त्यो सुन्दा कोइकोइखा पम्पुरा छट्किन र बङ्रा सट्किन सक्चन् हेर्नोई । हिस्साप कित्ताप गर्दारी आँपूmले मात्रै यत्तैन्वा कालिज्नु चराउने बिचार गरिकन क्यार्नु । तमाँइका चल्लाचल्ली पनि अल्तै चन्नाल भया भन्नु ? स्याना भनिकन क्यार्ने, यिनेरुले चालनपाउ क्या होला र ? मुटु, कल्याँजा, आँन्द्राभुरी सप्पै छाँम्मेल्चन् हेर्नोई । सम्जाई बुज्जाई आफ्नै ठाउँन्नवा कालिज्नु चराउने मान्यालाई काँपुर्याउचन काँ ?

तमाँइको भोक्को र बोक्कोलाई तिमाल्न सक्यान्च हेर्नोई । त्यो धोक्कोलाई रस्त्याउन ता कर्रो मात्रै हो र ? माँकर्रो पर्ने रैच भन्नु हुन्च । उन्ताक पर्याभन्दा पर्र्यालाई था हुन्च भन्त्या साँच्चै रैच हेर्नोई । अइल ता क्यार्न कुरा गर्ने हो र ? परिपर्रिकन डाङटरौ पद पा पनि क्या ला र ? जुक जमानाले र तमाँइको फेस्सियाउ बुक र प्रवितिले गर्दाकात्ता कालो अक्षर भैसो बराबर बन्नाल्च क्यारै क्यार्दान र ? अइचेल्लाले सप्पै चाल पाल्चन । ह्याँ आँपूmलाई हो र तमाँइको अल्रामेइले “अई, हिल्लो मसित्त क्यार्न रिस्सया छौ ? क्यार्न बोल्दैनौं हँ ?” यस्तो भन्न पठाल्च । यो पापहत्या भोक्नु भन्दा नाम्रै कालिज्नु चर्रापच्ची सुविस्ता होला भनिकन धेरैले गिरिष्टी स्वाहा पार्रेल्या पनि क्या ला र ? टिठौमर्नु घरगिरिष्टी बेच्चिकन भया पनि छिप्पिया, जिन्निया र चिन्निया कालिज्नु चराउन नपाका माबाउहरू सुर्ताले बैराक्या धेरै भेटिन्चन् । “रिनदान कार्रकुर्र पारिकन आफ्नालाई त्याँसम्म चराउन पात्ता ? कालिजौं चारो पुर्याइदिने आफ्नो चिन्याउ जान्याउ कोई पनि छैन । कस्सो गर्ने होला ? स्याँनो बैराक छैन लाई ?” गाउँनु पस्दारी यस्तो गुको नासो सुनाउनेहरू कम्ता भेटिन्चन् र ? आफ्ना ता गाउँनु मात्रै हो र ? देशविदेशसम्मै चिन्निया र जिन्निया मान्सहरू सस्तै थ्या भन्नु हुन्च । माज्जौं ब्याँमी भइकन तमाँइको अल्ता किमिसन चट्काइयान्थ्यो । त्यो गराचारी ग्याँस्टिक जाग्नखान पावइन र ? त्यल्ले हुन्नाँ खान दिन्न क्यारै ।

तमाँइका कालिज पनि थोरातिन्ना भया भन्नु ? क्या कुरा गर्दान र ? तिन्का नावाई पनि अनौटाबिनौटा बाल । चिन्नै कर्रो पर्ने हेर्नोई । सेत्ता कालिज, काल्ला कालिज, रात्ता कालिज, हर्या कालिज, निल्ला कालिज, प्याँल्ला कालिज, खैरा कालिज, बैरा कालिज कत्ति हुन कत्ति ? तिन्खाबा झुस्या । सक्किनसकि धौधौका कोरल्या, स्यालजुरर्याबाट जगेर्र्या चल्लाचल्ली काँ चराउने होला ? भनिकन कोई पनि बैराक्किने कामै छैन् । “त्यस्ता गन्निया, मान्निया, चिन्निया, जान्निया कालिजौं क्या हर्जा ? त्याँ चराउन पात्ता अल्तै बाठ्ठा हुँदान् र ?” भित्रभित्रै माउभाल्यौं सल्लाचाँचो मिल्लयापची कखो क्या ला र ? ह्वाँ लक्कन तमाँइका चल्ला चराउन खोज्दा ता क्यार्न भन्ने हो र ? दिउँसै तारा ह्वाँङ्ङै देख्यिाने रैचन हेर्नोई । क्या भाउन्ने हो ? त्याँ ता तमाँइका कालिजहरूलाई हग्नेईगरी चारो ख्वाइकिन मात्रै बल्ल चराउन पाइने रैच भन्नु हुन्च । त्याँबाट ता तारा नदेख्खिकन क्या तमाँइका दारा देख्खदाँन । होइन्तो ?

“अई केराकेटियौं, यता सुन तो ? ह्वाँ गइकन क्या छुट्टै उपत्ति लाउने हौला र ? यत्तैन्वा कलेज्नु परिफाल र ता भइयो ?” भन्दाखेरी अइचेल्ला चल्लाचल्लीले खप्लक्कै निन्नेल्चन हेनोई । “ह्वाँका कालिज्नु चर्न सिक्यापची आँफ्फै चारो खप्पाखप निल्यान्च गरे । ह्याँ ता अर्कैले त्यो पनि चप्पाइकिन कोच्याइदिन्चन गरे । आफ्ना मुख्ले खास्तो अर्काले कोच्याइद्याउ क्यार्न अङ्लाग्ला । त्यई भइकन हामी ह्याँ कत्ति चर्दैनौं, बरु भोक्कै बस्जान्चौं ।” लौ मार्यो, आफ्नै चल्लाचल्लीले यस्तोरी फक्कापची नफक्किने को होला र ? बराठै यस्तो कइरमले चराउने भन्दा पनि चर्न मान्या कालिजहरूलाई अनिकाल परजान्चई भन्नु हुन्च ? “हात्ति चडिसक्या मान्सलाई गदानु क्यार्न स्वाउला ?” भन्दाइनी गन्निया कालिज्नु चर्यालाई अन्तौं चारो क्यार्न मिठो होला । “गाई चर्नेनु चल्ला चर्चन, भैसालाई वन छैन, उरु भन्या पाख आउदैनन, बसने मन छैन ” भन्नेहरूवा बिलौनाले सुतार्या मात्रै ? दुख्या घाउनु मलिम लाउनाउ सट्टा “गोज्जिमा दाम छैन, गोज्जिमा सुक्की नहुनेको केई पनि काम छैन ।” यस्तो भाक्काले साक्का नरहकी छार्ला । ह्याँती गर्ने कुरा, “गोज्जिया दामको पनि केई भाउ नलाक्ने रैच ।” यो नभन्नोई । “मोट्टिन मान्या, दुईचाटा कुरा जान्या, ठूल्ठाली ठान्यिास्ताले मात्रै खरङ्धरङ गरि स्वाँउच ।” त्यो पनि भन्दै नभन्नोई । “अँ बाल, बाठ्ठा टाठ्ठाले पोए त्यो गर्ने ? लाट्टा सोज्जाले ता सोच्चि क्यार्ने ?” यस्तो भनिकन कोई पनि नझोक्रिनोई । तेख्खो दोल्लो मेट्ने ओक्तो एक डोक्को दाम बोक्नोई सप्पै धोक्को पुरा होइन्च हेर्नोई ।
समाप्त

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *