Home आहा बिचार आहा गज्जब ! : ह्याँती गर्ने कुरा

आहा गज्जब ! : ह्याँती गर्ने कुरा

783
0

एमएल ओली
तमाँइका आङ्नु फ्वाँस्या पाउटर टाँस्सिया ता लाई चाउरी पर्याउ छाल्ला पनि बाक्ल्याने रह्ैच हेर्नोई । ठूल्लैमान्नाउ ऐनान्नु आफ्नै अन्न्वार च्याँउदारी ता क्यार्न भन्ने हो र ? ज्यानले चोला फेर्रेल्यो छ जस्तो कस्तो न कस्तो लाग्ने भन्नु हुन्च । सग्लै मान्नाउ हात्ति तेख्खा बाउ छात्ति हेर्नोई । तमाँइको कार्याकइरम भेट्टिने बेला ता त्यो मेट्टिनै लाइयोछ क्यार्नी । मोख्या अतिथिले भाषणौं बिटमार्न लाइया छन् हेर्नोई । “मेरो लागि फिरी अल्ता गर्देउ होई ?” भन्ने कुर्रै भइन । सप्पै सात्याहरूले टिको फुर्को पाल्याछन् भन्नु हुन्च । भाक्यामानीलाई यस्तै ता हुन्च । उता काषण छुट्नु, यता भाषण छुट्नु । मेरो भाक ता रहक्द्याकै रह्चन् र मात्रै ? नतरी ता तमाँइका बइरेयौं हाँस्सो होइन्थ्यो हेर्नोई ।

रापती होटल्ला घर्नु मान्सहरू खच्चाखच बस्या रह्ैचन् । म पनि एक सोर्या लम्किदै अघेट्ट गइकन थ्याँच्चै बस्सियाँ हेर्नोई । “सरकारौ तर्पmबाट क्या आवश्यक पर्च ? सो सयोग गर्ने प्रतिवद्धता सइत लिखकहरूलाई धन्यावात देल्चु” भनिकन मोख्या अतिथिले भाषण मेट्टेल्या । चिनारु मेगराज खर्काले “ह्याँती गर्ने कुर्रा स्तम्बकार बड्डा पनि आइपुइया । यिनीलाई पनि टिको फुर्को देल्दैनौं तो ?” भनिकिन मक्न त्यो ल्ह्क्न पठाल्या हेर्नोई । उइछारी, मोख्या, साइक मोख्या लगाइता अतिथ्या बगाल्ले सप्पै देल्त्या भन्नु हुन्च । मक्न क्या नाम्रो मान्त्या त्यस्तो ? परतकार बगाल्ले खच्चाखच फुटा खिचिकन तमासा गर्याथ्या । हेर्दै पनि सलौमर्नु भन्नु हुन्च । त्यो तमासाले अघि बाट्नु आउदा दिम्याँक भित्र उखरमाउलो गर्ने थल्ला न अथल्ला शब्दहरू काँ गइत्या ? तिन्खो पाइलोपलाँस कता भुट्टिइयो छ । “खाने मुख्न्वालाई जुङ्ङाले पनि छेक्तैन” भन्याउँ साँच्चै रह्ैछ हेर्नोई । हेर्दा हेर्दै नावई कार्न नजान्निने कोस्यालीपात टन्नै आइयो । ह्वाँपची ता क्याको बाटो हेर्ने भुरी डम्मै हुनेगरी खाइयो । उतैनु नल्लीले चुस्ने चिस्सोमोल्लो पानी पनि चखाल्या भन्नु हुन्च ।

ल्हस्टमा, “सप्पैको सामूइक फुटो खिच्चेलौं होई ?” भन्ने हुच्ची उठाल्या भन्नु हुन्च । त्यो पनि पुरा गर्रेल्तिउ । एक जना बँफ्याल भाइले मसित फुटो खिच्ने सल मान्या रैचन ? ज्यात्ता होल्ला होल्ला भनिकन उन्खो इच्छ्या पनि पुरा गर्देलेँ हेर्नोई । अरु ता क्यार्दो, जाँसुक्कै फुटा खिच्ता कइलै खप्पेराउ मोल्य तोक्ने जुक फक्र्यापची कर्रो पर्ला भन्ने पिर्लो मात्रै हो । हुन पनि तमाँइको टाउको स्यानोतिनो भया भन्नु ? सग्लैमान्नौं पृथ्मी जत्रो टाउकी जोगाउनु सित्ति छ र ? “स्यान्चरीया ठूल्डाका” भन्दाइनी केराकेटीया माँज्नु पसिकन कराउत्याँ भन्नु हुन्च । तमाँइको फुनबाट “त्यो ल्ह्क्ने भया खलङ्ङा रापती होटल्नु आइजौं होई बड्डौं ?” भन्ने खप्पर आइयो । त्याँपच्ची कोइलाई गन्दै नदिइकन “अल्लै फर्कियान्चु” भन्दै डुक्रियाँ भन्नु हुन्च । आदा बाट्नु पुग्याउ थ्याँ, तमाँइका मन्नु ता बिनापाइना ठेल्लो न टुप्पा कुराहरू खेल्न लाइया हेर्नोई । थाम्मथुम्म पारिकन तिम्मालताम्माल पार्दापार्दै सात्यायौं भटभट्याले ठकरक्कै पुर्याल्यो ठाँवइनु । चापानी ता पर्रै छ, बराठ तिनीलाई धन्यावात्तै दिन बिर्सेल्याँ छु ।

लिखक तथा साइत्यकारहरूलाई धेर्रै वास्ता हुँन्नत्यो । देश र दुन्या बदल्न्न तमाँइको कलम घोट्टिघोट्टि बात्ति पार्या पनि क्या ला र ? सोज्जो नज्जरले च्याइद्या भन्नु ? लिखक मान्सहरूलाई कोले देख्नखान सक्दो र बैराक्कौ मर्नु । सौंबार्या औंसेइनी कोइले डाक्ताखेरी अल्तै सल लाग्ने रह्ैच र माँज्जो होल्ला र ? “तिउनताउन अनुसार सिउनसाउन” भन्दाइनी आहा सञ्चार परतिकानु बड्डो कलमले ठाँट्टठुँट्टै नपारी अलेली राँट्टरुँट्ट गर्याउ पनि सम्पादक बड्डाले क्या नाम्रो मान्त्या ? फुनबाट डाक्केल्या भन्नु हुन्च । लिखकहरूलाई बौद्धिकश्रमको कद्दर गर्नापत्ता यत्रो मत्वपूर्ण कार्याकइरम रहक्ने यिनी मेगराज बड्डाजीलाई मस्तै मस्तै अचाक्ली मस्तै धन्यावात छ । यख्खा सात्तै यिनको त्यो आहा सञ्चार परतिका झन दुवाइनी झाङ्दिै पात्तेइनी मौलिदै जाओई । सप्पै मुल्का दिल दिम्याँक्नु यो कुरो घुस्सोई । ह्याँती गर्ने कुरो भाइर नजावई क्यार्रै ? साँउन्या मूल फुट्यापच्ची ह्याँती गर्ने कुराउ वैतर्नी गर्दिनु पर्ला भन्ने सोच्याउ थेँ हेर्नोई । खर्काड्डाले काँन्नुु कद्दर गर्दै हौँस्याइकिन अस्पाट पारेल्या गरै । क्यार्ने होला भन्नु हुन्च ? समाप्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here