Home आहा बिचार हाम्रो गाउँठाउँलाई पनि दार्जीलिङ बनाऔं

हाम्रो गाउँठाउँलाई पनि दार्जीलिङ बनाऔं

801
0

हरि जिज्ञासु
धेरै जनाले जिन्दगीलाई यात्रा हो भन्छन् । साँच्ची हुन त जिन्दगी यात्रा पनि त हो । विभिन्न कामको शिलशिलामा नयाँ ठाउँ र नयाँ परिवेश घुम्नु र रमाउनुलाई पनि त यात्रा नै भनिन्छ । केहि कामको शिलशिलामा बैशाख २८ गते म दार्जिलिङको लागि दाङबाट यात्रा सुरु गरेँ । यात्रा नै थियो त्यो पनि । दार्जिलिङको नाम धेरै पहिलेदेखि सुन्दै आएको थिएँ । त्यहाँ घुम्ने लाएकको ठाउँ छ ।

त्यहाँ धेरै विकास भएको छ भन्ने कुरा । तर एक पटक त्यहाँ पुगेर त्यहाँको विकास र पर्यटकीय स्थिलको दृश्यावलोकन गर्ने भने साह्रै धोको थियो । त्यहि धोको एस पटक पूरा भयो । मेरो कल्पनामा दार्जिलिङ पहाडी क्षेत्र हो जस्तो लाग्दैन्थ्यो । सम्म भुभाग र ठूला ठूला घरहरु नै भारत सरकारले दार्जिलिङमा गरेको विकास होला जस्तो लागेको थियो । तर म जब पूर्वी नेपालको काँकरभिट्टाबाट सीमा पार गरेर सिलगुडि पुगेँ । मलाई लाग्यो सिलगुडी नै दार्जिलिङ हो तर म अलि भ्रममा रहेछु । जब सिलगुडीमा हामीले हाम्रा आफन्तलाई भेटेपछि पहिलो दिन त्यहि सिलगुडिमै बसेर दोस्रो दिन विहान सात बजे तिर गाडीमा दार्जिलिङको लागि यात्रा सुरु ग¥यौँ । दार्जिलिङ जानको लागि सिलगुडीबाट उकालो चढ्नुपर्दोरहेछ । चिल्लो र सर्लक्क परेको घुमाउरो बाटो हुँदै माथी तिर उक्लेपछि मलाई बल्ल दार्जिलिङ पहाडी भुभागमा नै पर्दोरहछ भन्ने कुरा । बैशाखमा पनि हरियाली । आकाशमा कुईरो मडारीरहेको । चिसो हावाको सन्को चलिरहेको । ठूला ठूला पहाडी सल्लाका रुखहरु । साँच्ची रमाईला पाकृतिक दृष्यहरुको अबलोकन गर्न पाइन्थ्यो । बीच बीचमा भेटिने बजारहरुलाई नै मैले दार्जिलिङ हो भन्ने ठान्थेँ । तर ती ठाउँहरु दार्जिलिङ भित्र पथ्र्ये तर मुख्य दार्जिलिङ चाहिँ हैनन् ।

हामीलाई गाइड गर्र्नुभएका दाजु रमेश, हनोक र समिर सरहरुले त्यहाँको बारेमा बताउँनुहुन्थ्यो । उचाईमा रहेको रेल स्टेशन पछि बल्ल दार्जिलिङ देखिदोरहेछ । रेल स्टेशनबाट अलि पर गएपछि छर्लङ्ग देखिन्थ्यो दार्जिलिङ सहर । त्यहाँ एउटा पार्क रहेछ । जुन पार्कबाट दार्जिलिङ सहरको फोटो खिच्दा राम्रो आउँदोरहेछ । त्यहाँ ठूलो अक्षरले लेखेको थियो आइलभ दार्जिलिङ । त्यहि लेखेको ठाउँमा गएर मैले फोटो खिचेँ । मेरो साह्रै रमाईलो दाजु हनोकले फोटो खिचिदिनु भयो । त्यहि फोटो खिच्ने समयमा मेरो मनमा एउटा कुरा मनमा बस्यो । “आइ लभ दार्जिलिङ जस्तै आइ लभ रुकुम । मैले मेरो रुकुमलाई दार्जिलिङको ठाउँमा राखेर हेरेँ । त्यहाँको प्राकृतिक सुन्दरताको दृश्यावलोकन गर्दा मलाई लाग्यो । नेपालको पश्चिम भागमा पर्ने रुकुम पूर्व र रुकुम पश्चिमका केही भूभागहरु दार्जिलिङ भन्दा कम्ती छैनन् । त्यहाँको हावा पानी र प्राकृतिक सुन्दरता करिब बराबर नै छ तर फरक कहाँनेर छ भने भारत सरकारले दार्जिलिङलाई पर्यटकीय स्थल बनाउनको लागि बिकास गरेको छ भने नेपाल सरकारले रुकुम पूर्व र रुकुम पश्चिमका केहि भुभागलाई भेडा र भैँसी चराउने चरण क्षेत्र बाहेक केही बनाएको छैन । गाडि हिड्ने बाटो त के मान्छे हिड्ने बाटो समेत छैन ।

हाम्रो पाकृतिक सुन्दरताले भरिएका ठाउँहरुमा । यदि हामीले पनि दार्जिलिङ जस्तै हाम्रो पाकृतिक सुन्दरतालाई बनाउँन खोज्ने हो भने त्यो असम्भव भन्ने छैन । गराउँन सकिन्छ तर लिडरहरुमा समाज विकास र देश प्रतिको माया हुनुपर्छ । जसरी दार्जिलिङ र सिक्मिका भुभागहरुमा पर्यटकहरु भित्रिन्छन् त्यसैगरी हाम्रो प्राकृतिक सुन्दरताले भरिएको भूभागमा पनि पर्यटक आउन थाल्छन् । यात्राले मान्छेलाई केहि न केहि सिकाएकै हुन्छ त्यसैले मैले पनि दार्जिलिङमा घुमघाम यात्राले दार्जिलिङबाट सिकेको यहि हो कि अब हाम्रा पाकृतिक सुन्दरताले भरिएका ठाउँहरुलाई पर्यटन क्षेत्रको लागि विकास गर्नैपर्छ । धेरै मान्छेहरु अहिले सम्पन्न भइसकेका छन् । उनीहरुले सम्पती आयआर्जन गरिसकेका छन् । त्यसैले उनीहरुले अब घुम्न र रमाउन चाहान्छन् । त्यसबाट उनीहरुले शान्ति र आनन्दको महसुस् गराउँन चाहान्छन । त्यसैले हामीले पर्यटन विकासको लागि जोड दिनै पर्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here