Home आहा बिचार बन्द संसार : ह्याँती गर्ने कुरा

बन्द संसार : ह्याँती गर्ने कुरा

1008
0

एमएल ओली
अइचेलौ यस्तो अनिकाले निद ता भइयो । कत्नाम्रो ओछ्यान्नु गुन्नली पर्याउँ थेँ हेर्नोई । “आज कारागारमा साइत्य कार्याक्रम छ गरे । जाने होइन बड्डौं ?” गिरीप्रसाद बुढाले छक्कालै फुनबाट डाक्केल्या । खप्पर पाउनासाथ कारागारौं साइत्य कस्तो हुँदोहोला भन्ने खुल्दुली लाइयो । चाचाँरै आँखा मिच्दै उठ्यिाँ भन्नु हुन्च । जोले ज्या भन्या पनि आँपूm ता साइत्य भन्दा हुरुक्कै भइकन खुरुक्कै पुग्ने मध्यौं पर्रियो हेर्नोई । त्याँपची तमाँइका दारीसारी मिल्काएँ भन्नु हुन्च । “डरौमर्नु कारागार्नु कस्तोरी पस्ने होला ?” यस्तै यस्तै खाल्ला कुरा खेलाउँदै लुरुङ–लुरुङ हर्दै थेँ । बिराला धेरै देख्खिने बागबजार्नु सात्या गिरीप्रसाद बुडालाई भेट्ता ठूलो मन भइयो । तन्नेरी र बुरा बड्डाउँ जोरी बजार्नु हर्दै थ्यो । प्रमोद सर पनि काँतीबाट टुप्लुक्कै आइपुइया । त्याँपची ता अलेली उप्र्mयापाप्र्याउ डर पनि सातकोष पर भाइयो हेर्नोई । कारागारौं गेट्ती पुग्दा इष्टमित्र र सुरक्षाकर्मी सात्याले कत्नाम्रो स्वागत प गर्या भन्नु हुन्च । ह्वाँपची ता क्यार्न भन्ने हो र ? डर बेपत्ता रर मात्रै लाग्ने हेर्नोई । दुईतीन ताल गेट खोलीकन हाम्लाई भित्र लइया हेर्नोई ।

भित्र छिर्दासात बन्द सन्सार छर्लङ्ङै देख्खियो । त्याँ ता दाइभाइ, इष्टमित्र, नातागोत्ता सप्पैका अन्न्वारहरू देख्या । खासगरी त्याँ तन्नेरी र अतन्नेरी मान्सहरू बस्ता रैचन । भ्mवाट्ट हेर्दा कोई परिचित, कोई अपरिचित विभिन्न छाउँल्या चेराहरू देखिन्त्या । साच्चै भन्नुपर्दा ह्वाँन्वा सबै मान्स भाइरी सन्सारले भन्यास्ता थेनन् । जिउँदै बागभालु छोप्नेस्ता यति नाम्रा मान्सलाई त्याँनु थुर्पानाउँ कारण क्या होला ? खुल्दुली लाइयो भन्नु हुन्च । सोद्ने कुर्रौ भइन आँपफै अड्कल गरेँ “पक्कै पनि तन्नेरीले बड्डाले अन्नेरी र अतन्नेरीले केटाले कुन्नेरी गर्याउ हुनुपर्च ।” ज्वाँनाहरूले रिस थाम्न सकेनन होला । एकादा मिलेट रिस थाम्याउँ भया त्यस्तोरी वर्षैसम्म बन्द सन्सारमा क्यार्न बस्नु पर्दो । हँइन्तो ? “माया बैगुनी नभई नहुँनी” भन्दाइनी रिस पनि नउठाई नहँुने जात पर्यो । त्यो नउठाउँनेलाई लाट्टैले हेप्पेल्चन क्यारै । ज्याहोस् तेल्लाई सन्तुलन गर्न नसक्ता “क्यार्न रुन्चई मङ्ले आप्नै ढङ्ले” भन्नेहरू बर्ता भेट्न्चिन ।

उद्घोषक प्रेमप्रकाश पुनले नमुना पुनऔं अध्यक्षतामा गिरीप्रसाद बुढा, प्रमोदकुमार शर्मा, नेत्रकुमार कठायत, रमेश केसी र म ओलीलाई अथिति बनाइकन साइत्य कार्यक्रम चलाल्या भन्नु हुन्च । खडकबहादुर बिक, करनदेव आग्री, जितुलाल शर्मा, नविन बुढाथोकी, विजय मल्ल, करण परियार, धनसिंह बाँठा, सुविन घर्ति, प्रमोशन बुढा, टिकाराम विक, जुनवहादुर बोहरा, चन्द्र केसीले कविता, गीत, गजल जस्तासाइत्या भाका सुनाथ्या । भाइर्याहरूले छुल्लया ठन्याता पनि रिस थाम्न नसक्ता हुिल्लयाहरूवा रचना पनि अल्तै मिठा हुँदान र ? क्या कुरा गर्दान र चित्तै लाग्दा, सुनिरौ जस्तो लाग्ने हेर्नोई । तिन्का रसिला रचनाहरू सुन्ने मौका पर्या जौंरा, उप्याँ, उरुस र लाम्खुट्याहरूले सिमेत नटोक्कन म्वाइँए गरेल्चन क्या हो । हेर्दाहेर्दै चङिकन प्रमोदकुमार शर्माले पनि नाम्रो छन्दौ कविता सुनाल्या । मकन पनि कविता सुनाउने रोस जाइयो हेर्नोई । त्याँबाट दिक्क बनायो नाउँको व्याङ्य पच्कालेँ भन्नु हुन्च । प्रमुख अतिथि गिरीप्रसाद बुढाले ता झनै जोस्सिकन च्याट्टै पर्या दुइटा कविता सुनाल्या ।

“बिचारा बन्दीहरू आज भोक्ले सास्यान । यिनेरूले कवितैको खर्चपर्च, तिउनताउन र अचारबिचार ख्वाउने रह्चन क्याहो ?” बन्द सन्सारन्वा भाँरावर्तनहरूले यस्तै ठान्यास्तो लाक्त्यो । यो कुरो सञ्चालकले चाल पाल्याछन् । उनले अध्यक्षलाई कार्याक्रम समापन गर्ने जिम्मा लाइकिन बिदा माङ्ेल्या । सभापति नानी स्वास्तेई कर्माचार्नी रैचिन । कस्ट्यालाई ओक्तो ख्वाउने र सुइलाइदिने मान्सले पनि भाषण गर्न कइबेला सिकेई हुन दात्तौ ? तिनी नानीले सुनिरह्नेस्ता सित्ति नाम्रा कुरा ता सुनाई थिन र ? यस्तो परिपन्ज जुराउने सामुदायिक प्रहरी सेवाकेन्द्र रुकुम(पश्चिम) र कारागारौं बुक कल्व रैचन । सकारात्मक सोचौं विकास गराउने यस्ता कार्यऔं सिकाई अन्ताले पनि सिक्ता नाम्रै होला । हँइन्तो ? बन्द सन्सारन्वा आवाजहरू भाइर ल्याइकिन देश विदेसम्म फिजाउन सप्फल भइया छन् । तिनेरूलाई धन्यावात नदिइकन होला । ह्याँती गर्ने कुरा, कोइखा कान्नु नपरोई । हाम्रो देशौं निमकानुन धर्मी भइकिन मात्र बेलाबखत्नु त्याँ जान मिल्ने र बन्दी सङसात्याहरूसित भेटघाट गर्न पाइन्च । नत्र एकुरै उतैपाई हुँन्त्यो होला । सप्पैको सल्लाचाँचो मिलाइकन नइयाँ रिवाजाया कस्तो हुन्त्यो धैँ ? तमाँइका बन्दीहरूलाई थुपार्नु भन्दा विकास निर्माणमा लाउन पा कति विकास हुँन्त्यो होला ? उइछारी, कोइले लाट्टासिदा रिस उठाइकिन बन्द सन्सारनु जाक्किनु पर्ला आँनि ? बरु त्याँ जाने धामाधन्दा गर्नु भन्दा पैलै रिस्सौ दवाई गर्दा नाम्रो होला । समाप्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here