केहि बर्ष अघि सम्म एकमात्र सरकारी जिल्ला अस्पताल मार्फत स्वास्थ्य सुबिधा हुदै आएकोमा पछिल्लो समय जिल्लामा नीजि स्तरबाट पनि अस्पतालहरु संचालन गर्ने क्रम बढेको छ । हाल जिल्ला आधा दर्जन बढी अस्पतालहरु संचालनमा छन । जस मध्य एउटा हो राप्ती समाज अस्पताल । मुसिकोट नगरपालिका १, सल्ले स्थित रहेको उक्त अस्पताल स्थापना भएको पनि करिब तिन बर्ष पुग्दैछ । राप्ती समाज स्वास्थ्य सहकारी मार्फत संचालित उक्त ५० शैया अनुमति प्राप्त अस्पताल करिब ३ करोड बढीको लगानीमा संचालित छ । अस्पतालले गर्दै आएको सेवा, संचालनका समस्या र आगामी योजना लगायतका बिषयमा आहा सञ्चार साप्ताहिकले अस्पतालका प्रवन्धक गणेश गौतम संग गरेको कुराकानी ।

अस्पतालको पछिल्लो गतिबिधी के कस्तो भैरहेको छ ?
अस्पताले नियमित आफ्नो सेवा बिरामीहरुलाई प्रदान गरिरहेको छ । त्यसका साथै सशुल्क भएपनि एकदमै कम शुल्कमा शिबिर मार्फत बिभिन्न रोगहरुको उपचार सेवा दिईरहेका छौं । रुकुमका नागरिकहरु उपचारको लागि दाङ, नेपालगञ्ज र काठमाण्डौ जस्ता शहरहरुमा जानुपर्ने बाध्यतालाई केहि हदसम्म क मगर्न हामीले बिशेषज्ञ सेवा प्रदान जिल्लामै गरिरहेका छौं ।

जिल्लामा अन्य नीजि अस्पतालहरु कम्पनी मार्फत संचालन गरिएका छन, तपाईको अस्पताल सहकारी मार्फत संचालन गर्नुभएको छ । किन सहकारी संस्था मार्फत नै संचालन गर्नुप¥यो ?
हजुर हामीले अन्य अस्पतालहरुको भन्दा फरक र गुणस्तरी सेवा प्रदान गर्नको लागि नै यस्तो गरेका हौं । कम्पनी र सहकारी मार्फत अस्पतालहरु संचालन गर्नु फरक कुरा हो । सहकारी मार्फत संचालित अस्पतालहरु सबैको सहकार्य र सेयरमा संचालित हुन्छ । जसका कारण लगानी पनि सबैको हुन्छ । जिम्मेबारी पनि सबैको हुन्छ । कुनै जोखिम आएपनि सबैको हातहात र काधकाधमा समस्या समाधान हुन्छ । राप्ती समाज अस्पतालको कुरा गर्दा यसमा १ सय ५० जना बढी सेयर सदस्यहरु हुनुहुन्छ । करिब ३ करोड बढीको लगानी छ । ११ जनाको संचालक समिति छ । यसको मतलव सहकारी संस्थाहरु नाफा मुलक भन्दा बढी सेवामुलक र सहकार्यमा संचालित गरिएका हुन्छन । रुकुममा अन्य अस्पतालहरुको भन्दा प्रभावकारी, गुणस्तरीय र जवाफदेहि सेवा दिन नै हामीले सहकारी मार्फत अस्पताल संचालन गरेका छौं ।

अस्पताल मार्फत प्राबिधिक शिक्षा पनि दिने कुरा बाहिर आएको पनि धेरै भयो । अहिले सम्म किन संचालन गर्न नसक्नु भएको हो ?
तपाईले सहि कुरा गर्नुभयो । राप्ती समाज अस्पताल स्वास्थ उपचारको सेवा संगै स्वास्थ्य प्राबिधिक शिक्षा दिने उदेश्य पनि राखिएको छ । त्यसका लागि हाम्रो पहल निरन्तर पनि भैरहेको छ । तर नेपालमा स्वास्थ्य सुधारका क्षेत्रमा भैरहेका आन्दोलन लगायतका अन्य बिषयका कारण सरकारले पछिल्लो समय नयाँ अस्पतालहरुलाई प्राबिधिक शिक्षाका लागि अनुमति दिएको छैन । २०६९ सालदेखि नयाँ अस्पतालहरुलाई शिक्षणको अनुमति कसैलाई पनि दिएको छैन । त्यसकारण पनि हामीले पनि पाएका छैनौं र सरकारले नयाँ प्रकृया थालेपछि हामीले पनि अनुमति पाउँछौं भन्ने आशा छ । त्यसपछि रुकुमका लागि आवश्यक स्वास्थ्य क्षेत्रको जनशक्ति हामीयहि उत्पादन गछौं ।

हाल अस्पताल मार्फत के कस्ता सेवाहरु प्रदान गर्दैहुनुहुन्छ ?
हामीले जनरल सेवा त भैहाल्यो त्यस भन्दा फरक र नयाँ सेवाहरु पनि दिईरहेका छौं । डिजिटल एक्सरे, एनालाईजर मेसिन प्रयोग, सोडियम पोटासिम, २४ सै घण्टा आकास्मिक सेवा, फार्मेसी सेवा, मानसिक रोगको लागि फरक परामर्श सेवा र ईसिजि सेवा लगायतका अनय बिभिन्न सेवाहरु पनि दिईरहेका छौं ।

election adv.

प्राय नीजि अस्पतालहरुको समस्या भनेको कुनै डाक्टरको नाम बोर्डमा लेख्ने तर त्यहाँ डाक्टर नहुने देखि गैरकानुनी रुपमा संस्था संचालन गर्ने । तपाईको अस्पतालमा यस बिषयमा अवस्था कस्तो छ ?
तपाईले सहि कुरा उठाउनु भयो । केहि केहि अस्पतालहरुमा यस्तो गरेको पनि पाईएको हामी पनि आएका समाचारहरु पढेर थाहा पाएका हुन्छौं । तर हाम्रो अस्पतालमा त्यस्तो प्रकारको कुनै समस्या छैन । हामी जिल्लामै पहिलो पटक एमडि डाक्टर रुपेशकुमार सिंह अस्पतालमा राखेका छौं । अन्य अस्पतालहरुमा एमबिबिएस डाक्टरहरु मात्र राख्ने गरेको पाउँछौं । हाम्रो बोर्डमा एउटा नाम र काममा अर्को छैन । त्यस बाहेक अन्य कानुनी प्रकृया पु¥याउने कुरामा कुनै समस्या छैन । अस्पताल संचालनका लागि हुनुपर्ने सबै प्रकारका सबै प्रकृया पुरा गरेपछि मात्र अस्पताल संचालन गरेका छौं ।

अस्पताल संचालनको नाफा घाटाको अवस्था के छ ?
मेरो विचारमा त लाग्छ, अस्पताल खोल्नुको उदेश्य नाफा कमाउने मात्र होईन । संस्था आर्थिक रुपमा बलियो हुनुपर्दैन भन्ने त होईन तर मुख्य कुरा कुरा सेवा हो । यसमा कुनै आर्थिक दृष्टिले मात्र हेर्न आवश्यक छैन, कुनै राजनीतिक दृष्टिकोणबाट हेर्न आवश्यक छैन । जस अनुसार हाम्रो संस्थाले आर्थिक रुपमा मुनाफा भन्दा पनि सामाजिक सेवाको भावबाट अगाडि बढिरहेको छ । जसका कारण पनि हामीलाई आर्थिक रुपमा मुनाफा नभएपनि हामीले धेरै बिरामीहरुको माया, आर्शिबाद पाएका छौं । अस्पताल आर्थिक रुपमा शुरुमै सम्पन्न हुन्छ भन्ने छैन जनताको मन जितेमा बिस्तारै आर्थिक, भौतिक र जनशक्ति विकासको हिसाबले अगाडि बढ्छौं ।

अस्पतालले सामाजिक सेवा गरेको कुरा गर्नुभयो, त्यस्तो केहि उदाहरणहरु छन ?
हामीले अस्पताल मार्फत शुल्क तिरेर गुणस्तरीय सेवा त दिने भैहाल्यो त्यस बाहेक, बालबालिका, जेष्ठ नागरिक र अपांगहरुलाई बिशेष छु दिईरहेका छौं । उहाँहरुलाई अस्पतालको सेवामा १५ प्रतिशत छुट गर्ने नीति बनाएका छौं । जसका कारण थोरै भएनि लक्षित बर्गहरुलाई राहत भएको महशुस गरेका छौं । त्यसका साथै दुर्गम बस्तीका साथै सदरमुकाममा पनि बिभिन्न बिशेषज्ञ शिबिरहरु गरेका छौं । जुन शिबिर सशुल्क भएपनि जिल्लाभन्दा बाहिर दाङ, नेपालगंज र काठमाण्डौ गएर उपचार गर्दा लाग्ने यात्रा र व्यवस्था खर्च त बचाईदिएका छौं । हाम्रो घरआँगन र जिल्लामा बिशेषज्ञ सेवा नागरिकले पाउनु पनि एउटा समाजिक सेवाकै पाटो हो भन्ने हाम्रो धारणा हो

अन्त्यमा, अस्पतालको आगामी योजना के छ ?
अस्पतालको आगामी योजना भनेको मैले माथी पनि भने प्राबिधिक स्वास्थ्य शिक्षा अस्पतालबाट दिनु हो । ढिलोचाँडो हामी जिल्लाका बिद्यार्थीहरुलाई यहि नै स्वास्थ्य शिक्षा दिन प्राबिधक कलेज स्थापना गर्ने नै लक्ष हो । त्यसका साथै अस्पतालको सेवालाई थप गुणस्तर र प्रभावकारी बनाउने, अस्पतालको जनशक्ति र प्राबिधिक पक्ष जोड्नु पनि हो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto