Input your search keywords and press Enter.

शैक्षिक सुधार भए मात्र देश समृद्ध बन्छ : अध्यक्ष शर्मा

आहा सञ्चार संबाददाता
नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय अध्यक्ष लक्ष्मण शर्माले शैक्षिक सुधारलाई पहिलो प्राथमिकतामा राखेर अघि बढे मात्र देश समृद्ध बन्ने बताएका छन । नेपाल राष्टिय शिक्षक संगठन रुकुम पश्चिमको १६ औ जिल्ला परिषदलाई आज मुसिकोटमा सम्बोधन गर्दै यस्तो बताएका हुन । अन्य देशमा शिक्षा र शिक्षकलाई पहिलो प्राथमिकतामा राख्ने अभ्यासले मात्र संघीयता र देश समृद्ध भएको उदारहरण प्रस्तुत गरे । कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले शिक्षा ऐन र नियमावलीहरु शिक्षा क्षेत्र र शिक्षकरुको हितमा आउनुपर्ने बताए । नेपालको राज्य प्रणालीले शिक्षकहरुलाई हेपाह प्रवृत्तिले हेर्ने दृष्टिकोण भएकोले यसलाई अन्त्य गर्नुपर्ने बताए ।

त्यस्तै सार्वजनिक शिक्षाको वृत्ति विकासका लागि शिक्षकहरुलाई निजामती र सुरक्षा निकायका कर्मचारी भन्दा २० प्रतिशतले तलभ बढी दिई मासिक ४० हजार दिनुपर्ने लगायतका माग राखे । आगामी वर्षमा सार्वजनिक शिक्षा र शिक्षक वर्गलाई सक्षम र स्तरिय बनाउने, शिक्षकवर्गलाई एउटै शिक्षकका रुपमा स्थापित गराउने, राहत, अस्थायी, करार, नीजि, स्थायी शिक्षकका सबै प्रकारका समस्या हल गर्न लागि पर्ने, शिक्षकका सबै प्रकारका सेवा सुविधामा वृद्धि र थप गर्न पहल गर्ने, सार्वजनिक शिक्षाको गुणस्तर बढाउन सक्रिय रहने , आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमै भर्ना गराउने, शिक्षक बीमा १० लाख बनाउन पहल गर्ने, संगठनलाई शसक्त बनाउने लगायतका निर्णय पारित गर्दै १६ औ जिल्ला परिषद सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य खेममान खड्का, नेकपा रुकुम पश्चिमका सचिव विमल पुनमगर, नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष नन्दराम देवकोटा, शिक्षक महासंघका केन्द्रिय सदस्य संगम केसी, शिक्षक महासंघ रुकुम पश्चिमका उपाध्यक्ष देवबहादुर खड्का, अखिल नेपाल शिक्षक संगठनका प्रतिनीधि प्रेम ब खड्का, नेपाल शिक्षक संघका जिल्ला सचिव खिम ब खड्का लगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको अध्यक्षता नेपाल राष्टिय शिक्षक संगठन रुकुमका अध्यक्ष लोकबहादुर केसीले गरेका थिए भने सञ्चालन सचिव यमराज ओलीले गरेका थिए ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *