आहा सञ्चार संबाददाता
नेपाली कथानक चलचित्र एउटा कथा प्रदशन हुँदै छ । यहि जेठ १२ गते देखि रुकुम (पूर्व) को पुथा उत्तरगंगा १० तकसेरा देखि प्रदशन शुरु हुन लागेको हो । के. आर. पी. मुभिज एण्ड म्युजिक प्रालिको ब्यानरबाट दर्ता भई पहिलोपटक हरहरको चलचित्र छायांकन गरिएको हो । मायाँ लामा, खिमराज सेतिमेर र हिक्मत प्रतेल निर्माता रहेको चलचित्रमा कपिल मगरले लेखन तथा निर्देशन गरेका छन । नेपालमा धेरै चलचित्रहरु निर्माण भई रहदा पनि हर हर (भुत) चलचित्रहरु नबनेको अबस्थामा पहिलो पटक आफुले लेखन निर्देशन गरेर बनाएको कपिल मगर बताउँछन् । आसु सेढाई, हिक्मत प्रतेल र श्री कृष्ण परियारको मुख्य भुमिका रहेको चलचित्रमा खिम राज कलश अधिकारी, सेतिमेर, मायाँ लामा, रामकृष्ण रोकाय, स्मृती शर्मा लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ भने सुरज खनाल र अनिल जिसी को छायांकन रहेको छ । वैशाख ५ गते देखि सुरु भएको छायांकन २७ दिनमा समापन भएको थियो । नेपालगन्ज र काठमाण्डौमा छायांकन भएको थियो ।

election adv.

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto