Input your search keywords and press Enter.

लोपोन्मुख भाषाको शब्दकोश दोस्रो संस्करण प्रकाशनको तयारी

आहा सञ्चार संबाददाता
नेपालमा बोलिने १२३ भाषामध्ये कुसुण्डा भाषा अति लोपोन्मुख भाषा हो । नेपालको तनहुँ, गोर्खा, कपिलवस्तु, अर्घखाँची, प्यूठान, रोल्पा, दाङ देउखुरी र सुर्खेत जिल्लामा बसोवास गर्ने कूल १५० जनामध्ये २ जनाले मात्र कुसुण्डा भाषा बोल्ने गर्दछन् । आफूलाई वनराजा मान्ने कुसुण्डाहरु केही वर्ष पहिलेसम्म जङ्गली जीवन बिताउने गर्दथे । भाषाशास्त्रीहरुका अनुसार विश्वको कुनै पनि भाषा परिवारअन्तर्गत भाषा सम्बन्ध नगाँसिएको यो एक दुर्लभ भाषा भएको बताएका छन् । कुसुण्डा भाषा र संस्कृति लोप हुँदै गर्दा विगत एक दशकदेखि अनुसन्धानकर्ता उदय आलेले खोज तथा अनुसन्धान गरिरहेका छन् । अनुसन्धानकर्ता आलेले ‘कुसुण्डा जाति र शब्दकोश’ नामक ग्रन्थ सन् २०१७ मा प्रकाशन गरिसकेका छन् ।

पुस्तक प्रकाशनपश्चात पनि निरन्तर अध्ययन गरिरहेका आलेले ‘कुसुण्डा जाति र शब्दकोश’को दोस्रो संस्करण प्रकाशनको तयारी गरिसकेका छन् । दोस्रो संस्करणमा केही नयाँ कुसुण्डा शब्दहरु समावेश गरेका छन् । नेपाल लगायत विदेशमा पनि विमोचनको तयारी गरिरहेका आलेले कुसुण्डा भाषा नेपालको एक महत्वपूर्ण जीवित सम्पदा हुने बताए । ‘कुसुण्डा भाषाको संरक्षणमा अग्रसर नहुने हो भने अबको केही वर्षमा कुसुण्डा भाषा लोप हुन सक्नेछ, त्यसलाई बचाउन नै मैले पुस्तक प्रकाशन गरेको हो’ उनले भने । आलेको कुसुण्डा शब्दकोश प्रकाशनले कुसुण्डा भाषा र संस्कृतिको संरक्षण र उजागर गर्न महत्वपूर्ण योगदान पुग्नेछ । थारु भाषा र संस्कृतिको समेत अनुसन्धान गरिरहेका आलेले कुसुण्डा समुदायलाई देउखुरीको लमहीमा प्रथम चरणको ३ महिने कुसुण्डा भाषा प्रशिक्षण गरिसकेका छन् ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *