Input your search keywords and press Enter.

स्थापना दिवसको अवसरमा स्मारिका बिमोचन

यामराज विष्ट
दैलेख
नेपाल शिक्षक संघ जिल्ला कार्यसमिती दैलेखले आफ्नो स्मारिका बिमोचन गरेका छ । ३० औ स्थापना दिवशको अवसर पारेर सम्मान तथा स्मारिका बिमोचन गरिएको हो । कार्यक्रका प्रमुख अथिती पदमीनी थापालले स्मारिकाको बिमोचन गरिन । कार्यक्रका बोल्दै प्रमुख अथिती थापालेस्मारिका बिमोचन प्रकाशन गरेकोमा शुभकामना दिदै शिक्षाको नीति व्यवहारिक र गुणस्तरीय शिक्षा बनाउन सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताईन । समाजको चेतना माथी उठाउन शिक्षा आवश्यक रहेको उनको भनाई थियो ।

त्यस्तै नेपाल शिक्षा संघ जिल्ला कार्यसमिती दैलेखका अध्यक्ष कृष्ण बहादुर थापाले शिक्षा क्षेत्रलाई अगाडि बढाउन सबै राजनितिक दलबाट आवाज उठाउनु पर्ने बताए । कार्यक्रममा विशेष अतिथिको रुपमा पूर्व राज्यमन्त्री गणेश बहादुर खड्का, नेपाली काग्रेसका जिल्ला सभापती कृष्ण कुमार बिसी्, कणाली प्रदेश सभासद हिम बहादुर शाहीको उपस्थिति रहेको थियो । नेपाल शिक्षा संघ जिल्ला कार्यसमिती दैलेखका संस्थापक अध्यक्ष खेमराज केसीको स्वागत मन्तब्य रहेको कार्यक्रम संञ्चालन देविराम आश्र्चयले गरेका थिए । स्थापना दिवसको अवसरमा दुल्लुन गरपालिका १० गमौडी नाविस्थान स्थित पंञ्चकोशी बेद बिद्मा आश्रम बिद्मालयमा दुईं क्विन्टिल चामल सहित अन्य खाद्यान्न र ५ हजार ५५५ रुपैयाँ प्रधानध्यापक खग्रेन्द्र बजगाई, दुल्लु नगरपालिका नगरप्रमुख घनश्याम भण्डारीका रोबरमा प्रदान गरिएको संघका उपाध्यक्ष भक्त बहादुर थापाले जानकारी दिए ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *