Home मुख्य समाचार सामुहिक कुखुरा पालनमा युवा

सामुहिक कुखुरा पालनमा युवा

1096
0

डिल्लीबहादुर खत्री
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर ११ टाटाका युवाहरु सामुहिक लेस कुखुरा पालनमा जुटेका छन् । जहारी खोला कृषक समुह गठन गरी गाउँका ७ जना युवाहरुले सामुहिक रुपमा लेस कुखुरा फर्म संचालन गरेका छन् । अण्डा उत्पादन गरी चौरजहारी नगरपालिकालाई अण्डामा आत्मनिर्भर वनाउने उदेश्यले फर्म संचालन गरेको समुहका अध्यक्ष उदयराम ओलीले बताए । चौरजहारी नगरपालिको पशु शाखाको २ लाख ८५ हजार, ७ जना युवाको २५÷२५ हजार नगत र श्रमदानबाट उक्त कुखुरा फर्म संचालन गरिएको अध्यक्ष ओलीको भनाई छ । उनका अनुसार अहिले जग्गा भाडामा लिएर फर्म संचालन गरिएको छ । फर्ममा पहिलो चरणमा एक हजार ८० लेस कुखुरा राखिएको छ । अहिले नगरपालिकामा दैनिक २ हजार देखि २५ सय सम्म अण्डा खपत हुने गरेको छ । फर्ममा अण्डा उत्पादन हुन सुरु भएपछि नगरपालिकामा बाहिरबाट अण्डा आयतमा कमि आउने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here