Home मुख्य समाचार कृषि उपज संकलन केन्द्र नियमित संचालनमा

कृषि उपज संकलन केन्द्र नियमित संचालनमा

980
0

आहा सञ्चार संबाददाता
रुकुम पूर्व रुकुमकोटमा कृषि उपज संकलन केन्द्र्र नियमित रुपमा संचालनमा आएको छ । किसानले गरेको उत्पादनलाई संकलन केन्द्र मार्फत बजारीकरण गर्ने तथा उपभोक्ताको माग बमोजिम आपर्ती गर्ने उदेश्य अनुरुप उक्त संकलन केन्द्र संचालन भैरहेको हो ।
अब किसानले उत्पादन गरेको कृषि उपज पहिले जस्तो तरिकाले बजारीकरण गर्नुपर्ने बाध्यता हटेको छ । उत्पादित कृषि उपज किसानले सिधै संकलन केन्द्रमा ल्याएर बिक्रिबितण गर्न पाउने छन् । कृषि उपज संकलन केन्द्र मार्फत तरकारी मात्र नभएर फलफुल, मासु बिक्रिवितरण भैरहेको संकलनकर्ता प्रतिक्षा घर्तिले जानकारी दिईन । साथै अबको केहि दिनमै पशुजन्य पदार्थ अन्तर्गत दुध दहि पनि बिक्रीवितरण हुने उनको भनाई छ ।

केन्द्रबाट दैनिक औसत रुपमा २८ देखि ३० हजार सम्मको थोक तथा फुटकर काराबार हुने गरेको छ । २०७२ सालदेखि संकलन केन्द्र स्थापना गरेपछि प्रभावकारी रुपमा संचालनमा आउन सकिरहेको थिएन । बिगत ३ वर्षयता संकलन केन्द्र आफ्नै भवनमा संचालन भैरहेको छ । विभिन्न संघसंस्थाहरुको आर्थिक सहयोगमा साढे १६ लाख रकममा भवन निर्माण भएको थियो । जसअन्र्तत गैरसरकारी संस्थाहरु हुरेडकार्सको ७ लाख ७५ हजार, रुकुमेली समाज विकास केन्द्रको २ लाख १ हजार र सिस्ने गाउपालीको ४ लाख ५ण् हजार सहित २ लाख बढी जनश्रमदानबाट भवन निर्माण भएको कमलदह बजार योजना समितीकी अध्यक्ष दिल कुमारी मल्लले जानकारी दिईन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here