Input your search keywords and press Enter.

बधाई र शुभकामना : ह्याँती गर्ने कुरा

एमएल ओली

पत्तै नभइकन कोबेला पैदा भइयोछ । भर्कलै बाल, अघेल्लो साँज सुत्याउ मान्स बिउँतिदा, त्यो जर्मिकन, छ्याल्ल–ब्याल्ल भइकन, सालनाल गलाइकन, न्वारानै भइयोछ भन्नु हुन्च । कम्सइकम त्यो चालपाउ भया बधाई र शुभकामना भन्नित्यो होला । पैलै दिने हो र लोब्ले हुनखान द्या भन्नु । माँज्जो होला र लग्गन पछ्या डोल्लियौं क्या काम । आफ्नै परेल्ला झाप्पन नखुल्यापची अरुलाई बाँत लाइकन क्यार्ने ? भर्कलै खरेत्या नइयाँ मालमत्ता पुरान्यान्चन् यार । नइयाँ वस्त पुरान्यापची त्यल्लाई कल्ले च्याउँने ? अघेल्न दिन ल्याको नइयाँ माल पछेल्लो दिन पुरान्नयान्चन् । बैराक्कौ मर्नु लाज ढोक्ने लत्ताकप्रा सिमेत भ्वाँङपरिन ह्वाँङ्ङै । टाल्लटुल्ल पारी ढोक्दाढोक्दै कोहुँनेले गान्नै बनाल्च “टाल्याको थाङ्नाले ढोकेको ढोक्या पनि मुस्साले टोकेको, देख्नै नहुँने देख्यो कि त दुन्नियाले ओट टोक्दै ताल्लि ठोकेको ।” आफै ता देख्नु न दाख्नु पम्पुरा ताक्नु ।

सिकाउनेहरू पनि कस्ता नाम्रा हुन यार । देशगुन्नाउ भेष कप्पा गुन्नाउ केस भन्दाइनी आप्फै जस्तो बन्नाले पो हेर्नोई । जर्मिदै पसाङ्याउ भया पनि क्या मान्दाउ बाल । व्वाँङ्याउ वस्तलाई ठेउलानु हालिकन सोज्याउनाउ साट्टो । खोज्जि खोज्जि नरसिंह ढ्वाङ्नु किल्लिकन उस्तै बन्नाल्ने भन्नु हुन्च । पुरानो मालताल कत्ति नाम्रो हुन्च । नाम्रोलाई जाद्रो देख्ने माँज्जो आँख्खो होला र ? कइफत्ति भनेकै त्यई आँख्खो छ । तमाँइकी स्वाइनी भाइले कुदाया जार कल्लाई भन्ने ? अरुले कस्तो लाग्यो खोई ? ह्याँत्ती न ह्वाँत्ती केई ता नइयाँ भन्दा पुरानै नाम्रो थ्यो । हुन ता आप्नो–आप्नो च्वाँइस हो सप्पैलाई नइयाँ जाद्रो लापच्ची तेख्खो मत्व क्या भो र ? जोल्ले ज्याभनोई आपूm ता सुन्नै सरी हो, सुन पुरानो कइल भयो । बुज्नेलाई श्रीखण्ड नबुज्नेलाई खुर्पाउ बीर । स्याना पिरले उब्ज्याउ भाक्का होइन यो “माथ्थि लेख कइलास्सैमा, ढल्कि नाँच्यो स्याल । म गर्चु सत्तरी कुरा, कोइले ठान्चन ख्याल ।।”

अरुलाई पुरानो वर्ष जानलाउ देख्ता हर्ष लाउ होला । ह्याँ आँप्फुलाई हो र त्यो जान लाउ सुर्ताले तमाँइको कुर्ता खस्न लाइयो भन्नु हुन्च । नइयाँ ता कस्तो आउँने हो कस्तो ? स्वादौं पुरानामा हात मुख सर्याउथ्यो । सुन, खुन, नुन, उन जो खा पनि पच्यान्त्यो । तल्थी, माथ्थि, दाइन्या दाब्र्या, उल्टासुल्टा जत्ता चाट्या पनि छुट्टैथ्यो । नइयाँउ ता क्या भर छ र ? चाट्याउ थुक्न र निल्याउ छाद्न पठाउन पनि क्या बेर ज्वान्नौं । बिग्र्यालाई सुदार्ने र ओज्र्यालाई टाल्ने मत्ति कत्ति आन्न क्यारैं । दिन ढल्कि रात्ती पल्कि निमकान्मुन छल्यान्त्या । छोरो नजर्मिदै कन्दनी बाट्यान्त्यो । धुपबत्ती सल्काइयान्त्यो, जर्कालाई पल्काइयान्त्यो, ल्होस्सालाई जल्काइयान्त्यो, घर्रालाई पर र पर्रालाई वर ल्याइयान्त्यो । आप्नोलाई बिरानो, अर्कालाई आप्नो बनाइयान्त्यो । बागभालु, साप, बिच्छि, अज्जिङ्र, अरिङगाँल, बच्छ्यिौं, पूर्वपच्छ्यिौं, भित्र्या–भाइर्या, अक्कासे–पत्ताल्या, लोक्कया–पर्लोक्कया, राँन्ना–बिरान्ना कोइ नाई । जम्मै आफ्नै भन्नु हुन्च । तेइबेला “तमी उत्ता म यत्ता ज्यान ता बन्याउछ, तमी कोर्या नि खोर्या खन्यिाउछ” यो गीत आइन्च ।

यस्तो बौगुणी, बौरुपी पुरानोलाई जाद्रो ठान्ने ता कुर्रै आन क्यारै । लक्षिण, कुलक्षिण, गुणी, बैगुणी, चाल, कुचाल पत्तै नपाई मुल्का ललैमा लाक्कन अनिकालौं बद्दाई र सुप्पाकामना खेर फाल्ने काम छैन हेर । नहुन्नाउ भोली हल्लाउन–हुल्लाउन, बोल्लाउन–चल्लाउन, छुन्न–छाम्न नपाइकन पच्ताउनु भन्दा अइलै बिचार गर्या भइयो । होइन्तो ? बल्लै पइला बद्दाई पच्छि गोद्दाई दिने काम नाम्रो होइन । त्यो चाल्किीले “किन त्यत्रो खाई, हँ ? तँइले क्वाँई गर्नु मै भन्नेल्चु ज्वाँई” भन्ने गीतौं रन्का बाइक अरु क्या हात लाग्ला ? उस्तै पर्या वात लाग्ला हेर । नइयाँ वर्षौ चित्त नबुज्यो भन्या तम्रो साँर्या फुल्लिने, ठुल्लिने र ठुस्सिने पो हो कि ? ख्याल होइन केई होइन, हात्तिया घरीलाई ऐनाउ जरुत नपर्न बेर छैन् । स्याक्रु–ब्याक्रु, रोगव्यादी, भ्रष्टाचारी, दुराचारी, घुषपिस, आफ्नो–बिरानो, अन्याय–अकन्या, अत्याचार, हत्याचार, दुराचार, बलात्कार–चित्कार, बेरोजगारी, नस्सा–दस्सा, बितिथि–बिकृति लगाइतौं नाल्लो–बेल्लो उत्तानो पर्जावई । केराकेटी, तरुणतरुणी, बुराबुरी साराका चन्द्र दाइने होइजाउन । नर्त ह्याँत्ती गर्ने कुरा, मुल्कले पुरानै वर्षौ पुज्जा–आज्जा, भज्जन–कृतन, फाङ्ङ–फुङ्ङ, बाङ्ङ–बुङ्ङ, डाङ्ङ–डुङ्ङ, गुन्न–गान्न, तन्ुने–तान्ने र थुन्ने–थान्ने ठाउँनु बार लाग्न क्या बेर । हामी सप्पैलाई ह्याँसम्म ल्याइपुर्याउने तेई पुरानै हो क्यारै । त्यसैले दुइटैको चित्त बुजाउन बधाई र शुभकामना दिन कन्जुस नगरौं ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *