Input your search keywords and press Enter.

बिद्यार्थीहरुको ईच्छा, निशुल्क उच्च शिक्षा

डिकेन्द्र शाह
“पूरानो कोट लगाउ, नयाँ पुस्तक किन ।”महान् दार्शनिक,शिक्षाविद् थोरोको भनाईले पुष्टि गर्छ कि शिक्षा विनाको मानव जीवन अन्धकारमय छ । मानिलियौँ,कुवाको भ्यागुतोझैँ अशिक्षित मान्छेको जीवन पनि चल्छ होला सायद । शिक्षा भन्नाले व्यक्तिमा रहेका अन्र्तनिहित प्रतिभाहरु,क्षमताहरु बाहिर ल्याउने माध्यम नै बुझिन्छ । भलै शिक्षाका परिभाषाहरु विद्वानहरुले विभिन्न कोणबाट उल्लेख गर्नुभएको छ । सारमा शिक्षाको अर्थ जान्नु,बुझ्नु,ज्ञान प्राप्त गर्नु, ज्ञान हासिल गर्नु र ज्ञान सिकाउनु हो । हामीसँग यो संसार हेर्ने दुईवटा आँखाहरु छन्, यतिले मात्र पुग्दो रहिनछ । यो विश्व ब्रमाण्डलाई बुझ्ने जान्ने देख्ने तेस्रो आँखा रहेछ त्यो नै हो शिक्षा । मानविय प्राणीको उत्पत्तिसँगै शिक्षाको उत्पत्ति भएको हो । मानव सभ्यतासँगसँगै शिक्षाको विकास भएको हो । मानिसले विभिन्न युगहरु,कालहरु र परिस्थितिहरु पार गर्दै आजको विकसित आधुनिक बैज्ञानिक युगमा प्रवेश गरेको छ । शिक्षाले पनि विभिन्न युगहरु,कालहरु र परिस्थितिहरु पार गर्दै आजको विकसित वैज्ञानिक युगमा पुगेको छ । ज्ञान आर्जन गर्नुलाई विभिन्न युगमा विभिन्न रुपबाट लिइन्थ्यो । ढुङ्गेयुगमा खाना प्राप्त गर्नु कला मात्र ज्ञान आर्जन थियो । प्राचिन युगमा मोक्ष प्राप्ति गर्नु वा मुक्ति प्राप्त गर्नु वा ज्ञान आर्जन गर्नु शिक्षाको उद्देश्य थियो । मध्यकालमा आएर धार्मिक आस्थाको तीव्र विकास भयो । भौतिक विज्ञानको पनि सुरुवात भयो । अहिले आधुनिक युगमा शिक्षालाई अन्र्तनिहित प्रतिभाको विकास गर्ने र मानविय आवश्यकताहरु पनि सरल थिए । भौतिक आवश्यकताहरु मुख्य रुपमा देखिन्थे । क्रमशः समाजका जटिलता एवं अनुभवहरु विस्तारै संगठित हुँदै आएर आवश्यकताहरु बढ्दै आए । सामाजिक आवश्यकताहरु पूरा गर्ने शिक्षाको विकास विस्तारित हुँदै आए । सामाजिक वातावरण जटिल बन्नु,मानविय आवश्यकता बढ्दै जानु,शिक्षाका अवधारणामा दार्शनिक,सामाजिक एंव वैज्ञानिक चिन्तनहरुको विकास शिक्षाका थुप्रैथुप्रै सिद्धान्तहरु र नियमहरु प्रतिपादन हुँदै आँउनु शिक्षाको विकासहरुका आधारहरु हुन् । प्राचिन कालमा गुरुकुल शिक्षा प्रणाली थियो । गुरुको सेवा गर्नु एंव शिक्षा धार्मिक क्षेत्रमा हुनुमा शिक्षा सिमित थियो । मध्ययुगमा विश्वमा ठुलाठुला क्रान्तिहरु भए । राष्ट्रहरु उपनिवेशबाट मुक्त हुँदै जान थाले । यसै सन्दर्भमा दार्शनिकहरु,शिक्षाविद्हरु र समाजशास्त्रीहरु शिक्षालाई नयाँ रुपबाट सोच्न थाले । विज्ञान र प्रविधिको विकास हुँदै आयो । शिक्षाले वैज्ञानिक चिन्तन लिदैँ आधुनिक युगमा प्रवेश पायो ।

निरन्तर रुपमा विद्या अध्ययन्मा लागिरहने व्यक्ति विद्यार्थी हो । शिक्षा आर्जन गर्ने खोज्ने व्यक्ति शिक्षार्थी हो । प्राचिन समयको जस्तो कुरा अहिले छैन । वनजङ्गलमा गएर तपस्या गरी शिक्षा हासिल गर्छुृ भन्नु मुर्खता हो,किनभने अहिलेको समय विज्ञान र प्रविधिको हो जसले गर्दा विद्यार्थी प्रविधिहरुसँग खेल्नुपर्ने हुन्छ सो अनुसार नयाँ कुराहरु पत्ता लगाउन सक्छ । आधुनिक प्रविधियुक्त भवनहरु प्रयोगशालाहरु विद्यालयमा गएर ज्ञान हासिल गर्नुपर्ने हुन्छ । हाम्रो देश नेपालको सन्दर्भमा शिक्षाका कुरा गर्दा मलाई त दुःख लाग्छ । शिक्षा क्षेत्र भन्दा बढी अन्य भौतिक संरचना लगायत कुराहरुमा बजेट विनियोजन हुन्छ, शिक्षा जसले मान्छेको जीवन उज्यालो बनाउने क्षेत्रमा १७ प्रतिशत कुल बजेटको भन्ने गरिन्छ तर पनि कम प्रतिशत बजेट छुट्याइन्छ । त्यही बजेट पनि चालु बजेटतर्फ शिक्षक कर्मचारीहरुको तलब भत्तामा सकिन्छ । बचेको बजेट शिक्षाका क्षेत्रमा झारटारे जस्तोगरी आँलटाल गरिन्छ । हुनत हाम्रो देशको शिक्षा इतिहास हेर्दा निरंकुश शासकहरुले जनताहरुका छोराछोरीहरुलाई लेख्न,पढ्न दिन चाहानन्थे । त्यसका विरुद्ध ठुला ठुला क्रान्ति,विद्रोह र आन्दोलनहरु भए । जसले गर्दा पढ्न लेख्न पाउनु अहिले संवैधानिक अधिकार भएको छ । नेपालको संविधान (२०७२) धारा ३१ शिक्षासम्बन्धी हक उपधारा (१) मा प्रत्येक व्यक्तिलाई आधारभुत शिक्षामा पहुँचको हक हुनेछ । उपधारा (२) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत तहसम्मको शिक्षा अनिबार्य र निःशुल्क पाउने हक हुनेछ । भन्ने कुराहरु संविधानमै उल्लेख गरेको छ । तर जति संविधानमा निःशुल्क भनेर लेख्य पनि वास्तवमा विधार्थीहरुलाई निःशुल्क रुपले उनीहरुले शिक्षा आर्जन गरेको महशुस भएको छैन् । हुनसक्छ,किताब,कापी र कलम जस्ता कुराको सवालमा निःशुल्क होला । विद्यालयहरुमा विभिन्न खालका क्रियाकलाप गर्दा शुल्कहरु उठाउनुले गर्दा पनि विद्यार्थीहरु आज निःशुल्क ढङ्गले अध्ययन् गर्न पाएका छैनन् । टियुसन,कोचिङ भनेको छ, लाइब्रेरी चार्ज,परीक्षा फि र विभिन्न क्रियाकलापको फिहरु विद्यालयले लगाएकै छ । यी कुराहरु त साधारण शिक्षा अध्ययन् गर्ने विद्यार्यीहरुका भए । झन् प्राविधिक विषय अध्ययन् गर्ने विद्यार्थीहरुलाई त मनोमानी ढङ्गले शुल्क लाग्ने गरेको, महङ्गो छ । यस्तो भईरहदा एस.इ.इ परीक्षा हुँदा र अन्य तहहरुको परीक्षा हुँदा मात्र विद्यालयमा अनुगमन जाने शिक्षामा कर्मचारी, सरोकारवाला निकायहरु के देख्छन्, जनवादी शिक्षा लागु गछौँ, समाजवादी शिक्षा लागु गछौँ भन्ने नेतागणहरु,विद्यार्थी संगठनका नेताहरु कता हराएका हुन्छन् कि बुझेर बुझ पचाउँछन् । हाम्रो समाज सबै मान्छेहरु सपन्न छैन्, गरिब निमुखा वर्ग छ । विद्यार्थी जीवन कति संघर्षमय छ,लाउन,खान त पाउँदैनन् भने शिक्षा हासिल गर्दा त ठुलो आर्थिक भार खेप्नु पर्छ । भने कसरी स्वतन्त्र ढङ्गले शिक्षा हासिल गर्न सक्छन् त सबै विद्यार्थीहरुले त्यसैले गर्दा शिक्षामा राज्यले बढी लगानी गरेर विद्यार्थीहरुलाई पर्ने विभिन्न खाले आर्थिक भारको अन्त्य गरिनुपर्छ । जसले गर्दा विद्यार्थीहरु स्वतन्त्र रुपले पढ्न पाउन । विगत तर्फ हेर्दा वि.स. २०२८ सालमा नयाँ राष्ट्रिय शिक्षा योजना लागु भयो । यसको उद्देश्य रोजगारमुखी व्यावसायिक शिक्षामा जोड दिनु थियो । तर विस्तारै त्यो पञ्चयात शासनतिर वफादार मान्छे जन्माउने माध्यम पो बन्यो । समुदायको स्वामित्वमा चलेका विद्यालयहरु राष्टिूयकरण गरिए ।

अमेरिकी शिक्षा प्रणालीको नक्कल जस्तो गरी केही देखावटी परिवर्तन गरिए जस्तैँ कलेजलाई ‘क्याम्पस’ भन्ने भयो । विद्यार्थीको आन्तरिक मूल्याङ्कन हुन थाल्यो । सरकार नयाँ विद्यालय खोल्न र विद्यालयको पहुँचलाई देशभरी पु¥याउन सफल भए पनि शिक्षाको गुणस्तर भने कमजोर नै रह्यो । विद्यालयको सङ्ख्या बढे पनि शिक्षकको संख्या त्यसानुसार बढेन । अधिकांश शिक्षक पढाउन विरलै सक्षम थिए । सन् १९८० को दशक सुरुतिर प्राथमिक विद्यालय तहका शिक्षकमध्ये करिब ६० प्रतिशतले पठनपाठनसम्बन्धी तालिम नै पाएका थिएनन् । त्यस्तो तालिम नपाउनेमा माध्यामिक विद्यालयका शिक्षकका संख्या भने ३५ प्रतिशत थियो ।
त्रिभुवन विश्वविद्यालय वि.स. २०१६ सालमा स्थापना भयो । तर विश्वविद्यालयमा पढ्नलाई एस एल सी पास गर्ने विद्यार्थीको संख्या कम ज्याँदै थियो । प्राथमिक र माध्यामिक तहको शिक्षाको गुणस्तर निकै कमजोर भएको अवस्थामा थोरै विद्यार्थी मात्रै एस एल सी उत्तीर्ण हुनु अचम्म थिएन । त्यसैले उच्च शिक्षाका लागि भने अंग्रेजी माध्यमको छुट्टै खाले शिक्षा थियो । त्यसले अंग्रेजी बोर्डिङ स्कुल र नेपाली सरकारी स्कुलमा रुपमा भाग लाग्ने गरायो । अंग्रेजी भाषाको ज्ञानले संसारको ढोका खोसलदिन्थ्यो । नेपाली भाषामा मात्रै सिमित हुँदा ज्ञानको दायरा साँगुरो हुने नै भयो । साहित्य,विज्ञान र प्रविधि लगायत संसारमा धेरै र महत्वपूर्ण क्षेत्रका पुस्तकहरु अंग्रेजीमा लेखिएको अंग्रेजी लेखपढ गर्न सक्नेले त्यसको लाभ लिन सक्थे । त्यसबाट संसार बुझ्ने दायरा फराकिलो हुन्थ्यो । तर नेपाली मात्रै पढ्नेलाई सामग्री पनि कम थियो । शिक्षाका बारीमा देखिएको त्यो सिमाना अहिले पनि ज्युँकात्यूँ छ । बोर्डिङ् स्कुलमा पढ्दा अंग्रेजीमा जुन खालको पकड हुन्थ्यो । सरकारी विद्यालयमा पढ्दा हुँदैनथ्यो । हुनेखानेहरु आफ्ना बालबच्चाहरुलाई कि त स्वदेशमै कुनै बोर्डिङ स्कुल पठाउँथे कि विदेशतिर । उत्कृष्ट प्रतिभाशाली मस्तिष्कहरु युरोप,अमेरिका र भारतका विश्वविद्यालयहरुमा पलायन हुनाले सरकारले मानव संशाधनको ठुलो अभाव खेप्नुप¥यो ।

गुणस्तरीय शिक्षा भन्ने गरिन्छ,केवल विद्यार्थी वर्गले स्वतन्त्र ढङ्गले ज्ञान हासिल गर्न पाएका छैनन् भने कसरी राम्रो जनशक्ति प्राप्त मात्रामा बन्न सक्छ । अहिले हाम्रो देश नेपालमा १० वटा विश्वविद्यालयहरु छन् । अब, राज्यले उच्च शिक्षा पनि निःशुल्क गराउनुपर्छ । किनकी विद्यर्थीहरुलाई समस्या भनेको आर्थिक भारले पिरोलेको हुन्छ । तमाम विद्यार्थीहरुले आर्थिक अभावकै कारणले उच्च शिक्षा हासिल गर्न पाएका छैनन् । केही विद्यार्थी संगठनले उठाएको शैक्षिक प्रमाणपत्रको आधारमा लोन पाएर अध्ययन गर्नृ पाउने बजेट भाषणमा पास भयो तर कार्यान्यवनमा आउन सकेन । केही विद्यार्थी वर्गलाई त्यस्तो व्यवस्थाले ठुलो राहात हुन्थ्यो होला । तर वास्तवमा त उच्च शिक्षा निःशुल्क राज्यले बनाए त शिक्षामा गुणस्तर स्वाभाविकरुपमा आउँछ । जहाँसम्म प्राविधिक शिक्षाको सवालमा निःशुल्क तत्कालै सबैमा बनाउन नसकिएला किनभने नयाँ प्रविधिका कुराहरु प्रयोगशालामा अध्ययन गर्नुपर्ने भएकोले केही शुल्कको कुरा लाग्नु स्वाभाविक होला त्यो पनि उचित खालको हुर्नुपर्छ । समग्रमा सबै विद्यार्थीहरुको इच्छा आकङ्क्षा भनेको राज्यले शिक्षाशास्त्र,मानविकी जस्ता संकाय निःशुल्क र प्राविधिक शिक्षामा पनि कम शुल्कमा अध्ययन गर्ने व्यवस्था ल्याउन सकेमा शिक्षा क्षेत्रमा राम्रो प्रगति देशले विश्वमा देखाउने थियो । प्रत्येक जिल्लाहरुमा उच्च शिक्षा अध्ययन लागि सरकारी आंगिक क्याम्पसहरुको स्थापना पनि गर्नुपर्छ । विद्यार्थीहरुको आफनै गाँउवस्तीहरुहरुबाट उच्च शिक्षा हासिल गर्न पाउन । जसले गर्दा नेपाली सभ्यतामा नयाँपन आउनेछ,संसारमा देश विकसित रुपमा अघि लम्कने छ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares