Input your search keywords and press Enter.

एक काम दुई पन्त : ह्याँती गर्ने कुरा

एम एल ओली

ढाँट्याउ भइया भन्नु, उइल फुर्नु तम्मी हाम्रा पालिनु फलामे धेल्लो, फलामे दरबाज्जा, फलामे गेट आदि क्याक्या भनिन्त्यो क्याक्या । सुनिन्त्यो, तेल्लाई कोले खोल्न सक्तो र ? बल्याबाङ्ङाले मात्र खोल्न सक्चन् । लुत्तिचाम्र्यायौं काम्मै छैन भनिन्त्यो । त्यस्ता कुर्राकान्नी सुन्ने यिनी आफ्नै कान सँच्ची छन् । अइचेल ता क्यार्न भन्ने हो र ? हेर्दाहेर्दै त्यो फलामौं धेल्लो ता सिम्लया भुवा भन्दा पनि हलुको भन्चौं । उइछारी बल्याबाङ्ङाउ कुर्रै नै । लुत्तिचाम्र्याले सिम्मेत फुँ गर्नै नपर्ने क्यार्दान र । अइचेल ता त्यो स्यानो बान्नौं होला भन्दाउ । उइता हो नि केरोकेटी, बुरोबुरी जोले खोल्या पनि भो । चाँइचाँइचुइचुइँको कुरै नै देख्खिना सात घल्र्याङ्ङै खुल्जान्च । ज्या जस्तो भइयता पनि जुकजमाना नाम्रै आछन् । त्याँ माँत्ति झन्नै अइलास्तो मनोरञ्जन काँपाई । रिस होइन केई होइन, अइला ता सुक्कारी र भाग्यामानी ता भइया । कत्नाम्रो एक काम दुई पन्त भइएकै छ । होइन्तो ?

त्यत्ति मात्रै भइया क्या मान्दाउ ? अघेल्ना छाउँल्याहरूले हुनु दुख्ख पा होचन र ? उइलाले काँ हो काँ भाइर देशसम्म पुगिकिन खोल्त्या गरे । ह्वाँपच्ची ता माठ्ठो–माठ्ठो आफ्नै देशमा खोल्न पाइने रिवाजा आइयोछ । त्यो रिवाजा आउनाले तम्मी हाम्लाई सुविस्ता नभइयाउ भया भन्नु ? उइछारी, पिरबादा कोइलाई नपरोई । यस्तो नाम्रो रिवाजा छिराउनेलाई धन्यापात जत्तिद्या पनि केई घाट्टा छैन् । त्याँपच्ची ता क्यार्न भन्ने हो र ? एकपछि अर्को गर्दै सजिलोसित्त पाइक पर्ने ठाउँठरबाट खोल्न सक्ने बनाउदै आइयोछ ज्वानौं । तेल्लाई झन धन्यापात नदिने कुरै भइन । अइचेल ता झन क्यार्न कुरा गर्दान र ? सित्ति नाम्रामात्यिा सिल्ता दिन आछन् र ? उइता हो नि, स्वादौं भित्रीसारबाट एप्लस हान्ने सद्या जुक आइया छन् क्यारै । काइदाले हो क्यारै फाइदा हुने ता । भाइर–भाइर करा, भित्रभित्रै विज्नेस खरा । कस्तो ठौनी पर्याउँ हो नाइकनाइका र गाइकगाइकासित्त सिल्पी खिच्न पनि पाइने । यस्तो रिवाजा भित्रयाउनेहरूलाई त्यो जाब्बो धन्यापात मात्रै दिने कुरो ता भइन क्यारै । होइन्तो ?

छट्टाउनेउ ज्यान टट्टाइन्च । युग स्वाँउदा जुकले गर्दा तम्मी हाम्मी पल्ला छौं, फुर्के पुच्छर हल्लाछौं । पइला पइलाले त्यो गर्न काँ पाई ? उत्ताउलो नभन्नु जमानाले हो भन्दाइनी अइल ता जुक्कै बाठ्ठा भइया छन् । अर्कालाई बाँत लाउने ठावई नै । सादु डरले काम्ने, चोर ता गठ्ठाया प भन्नु । ञ निमकान्मुन पनि उस्तै जल्ले त्यो मिच्च उल्ले अवाड जित्च । ह्याँ, सुदार ता गर्नै पर्याउँछ तर त्यो मुल नसुक्ने तथा रसाइरह्ने गरी गर्दा नाम्रो । गाउँघरन्वा मान्स भन्दा फरक हुनैपर्यो, अरुवा अगारी ठाँटबाँट गर्नैपर्यो, तल्थी झर्नैपर्यो, माथ्थि चर्नैपर्यो । खइर एक गाँस दान्नौं अभावले मर्ने भिखारीयौं लाँससित्तै धनपत्तियौं लाँस बिलाउँने कुरो सोच्ने भए…? बुज्नेलाई यो कुरो गइरो छ, नबुज्नेलाई आङ्नैनु पैइरोछ । जुकअनुसार यस्को नाउ फेरिदै जान्च । यल्लाई जम्र्या दिनबाट सुदार गर्नुपर्च नभन्ने को भयो र ? तेई भइन ता व्यपारले देखाउँच कि ‘नीतिमा सुदार विदिमा उद्धार ।’ होइन्तो ?

मौका चानस्ले काँइ कत्तै रमाइलो जात्रा लाहुनन्, हिराहिरिनीहरू आहुनन्, दोरी गीत गाहुनन्, मायापीर्ति लाहुनन्, दुख्खसुक्क पाहुँनन् । परीक्षा होल्लो भइकिन सप्र्या भन्दा, कर्रो भइकिन बिग्र्या झनै नाम्रो । स्वादौं मजजै हुन्च भज्ने ठाउँ सस्तैछन् । त्याँ भित्र पस्नासात शोकसुर्ता सप्पै चट । त्यो नचल्या ठाउँनु पनि अन्नुगमन गर्नै नपर्ने, अविभावक धरालो नचाइने । कत्नाम्रो सद्या सिस्टीम आछन् । परीक्षा दिने हो परीक्षा दिने हो, फिल भन्ने कुरै नाई गिरिन्टि लिने हो । परीक्षा वाल्लालाई पनि कस्तो गज्जप छ । पइलास्तो डिप्पीजन भया भन्नु बेकारमा क्यार्न कन्नु ? भाग्या मानियौं भुत्तै कमारो भन्दाइनी परीक्षामा टिन्सन भइयाबेला ओक्तो छँदैछ । त्याँ पस्दासात भइया नभइया सप्पै तनापहरू स्वाह । परीक्षामा हाँजिर ला गिरीट आइन्च । काम गर्ने थाकथली अरुवा देश्नु सस्तै पाइन्च । ह्याँती गर्ने कुरा, अरु ज्यासुक्कै भइयाता पनि ‘भाइर कर्रो भित्र होल्लो क्या हो ?’ भन्ने न्याम्नाउ सुर्ताले कुर्ता फेस्सिने पिरलो नावई । समाप्त

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares