Input your search keywords and press Enter.

ह्याँती गर्ने कुरा : समति

एमएल ओली
जर्गतैले सप्याउ भनिकिन सन्र्नी गर्दा थोरै खुशी लाग्दो र ? हुतिहार कोइलाई ह्वाँ आँख्खि दिक लाउहोला । सप्र्या मुहारमा धुइसो पोत्न, कोत्तरकात्तर पार्न, लर्छारपर्छार पार्न, फुटालफाटाल पार्न, खोज्नेहरू कम्ता छन र ? मर्याउ बिरालो पालिकिन जिउदा मुसा तर्साउन खोज्ने छुल्याहरुवा राँन्नो बाँन्नोले हुक्कै मात्र होला र दिक्कै बनाल्च । कोलाई क्या खान पुग्याउ छैन र ह्याँ ? खानेले खाकै छ, भोको डराकै छ, बोको कराकै छ । भारा बैराक्कौं मर्नु, क्याच्चम हो । आङ्न्नु आइकिन हुँइया हुँइया गर्दा पनि घरको पाले पुच्छर सेप्दै भुक्न छोरी लुक्न खोच्च । चम्क्या कुरा गर्ने हो भन्या हुनु बैराक होला र ?
अइचेल क्या जातले काँबाट एक्कासी छिल्लया छट्टाया कुरा उबाज्याउ होे ? तीनखण्डे बान्की मिल्याउ यति नाम्रो सप्र्याउ अन्न्वारलाई बिगार्न जनमतसङ्ग्र गर्नुपर्ने गरे । जामाज्जा अच्चमए, कुरा सुन्दै टिम्क्या मर्ना । दुनिया छोराछोरी काम नपाइकिन अरुवा देस्नु पसिना बगाउचन् । त्यस्ता पौरखी पसिना यै माटामा बगाउन पट्टि कोइखो ध्यान छैन । स्वदेस्सैनु इलिम सिकाउने विगास खुलाउने ताइबि ल्यापची देशीविदेशीयौं कमाइखाने भाँरो मास्सियान्चइ क्या हो । तेइभइकिन त्यस्ता कुरा ल्याउनै भइन । होइन्तो ? बेरोज्याहरूलाई अचाउने ठाउँ बैरो सस्तै छ । भ्रष्टचारी र दलालीलाई मस्तै ह्याँको चाल यस्तै छ । भाइरालाई भित्र बोलाउने कुराकानी क्यार्न गर्नु बेकारमा । भित्रैकालाई ‘काम छैन ब्वारीए लुत्या पार्राउ क्याजत्या कन्या’ भन्दाइनि होलास्तो छ । लाई कुर्रै सुन्न लाज्जौंमर्नु । गर्नेलाई झन कस्तो भ्याउ होला ? हुन ता हग्नेलाई क्या लाज भो र ? लाज ला पनि गन्ना पनि देख्नेइलाई हो क्यारै ।
कइलेकाई कोक्कया पनि सप्पैका कुराकानी सुन्दा नाम्रै लाक्चन् । देशीविदेशी, सरकारी, असरकारी, गाउँल्या, बजार्या लगाइत सप्पैलाई तेई चाइयाउ । पाउनाले नमाङदासम्म घरपरेल्ले दिने कुरै नै । काम्दारलाई ज्याला दिन लोब लाइन्च । बाँदर्रा जातले भेट्यो भन्या बोक्रैसित चट्काल्चन् । ह्वाँपच्ची ता खाना साँच्ची अर्कालाई भयो ता क्यार । कुरास्ता कुरा गर्ने हो भन्या सप्पै प्राणीका पिरबाद्दा एक्कै हुन ।
उन्खा कान्नु नपसोइ पुर्खाले पनि त्योमत्ति गर्न पठाल्चन क्या हो ज्वान्नौं । त्यो गर्दा कोइलाई पोल्ला तब गोप्या कुरा खोल्ला । होइन्तो ? विभिन्न ठाउन्वा रिस्सया, चुस्सया, भुस्सया, घुस्सयाहरू, खन्डकारी, बिखन्डकारी सप्पैसित त्योमत्ति नगरी सुक्कैछैन् । गर्या एउटो न एउटो होइन्च सक्यासम्म स्वागत । त्यो नभया पनि उत्ता पक्कै होइन्च ? ह्वाँपची ता घरपरेल्लाई पक्कै पनि बक्कै बनाल्च क्यार्दान र ? उइछारी सुर्ता टार्न बैराकी चाला नलाई सुक्कै नै । गर्या पनि सुक छैन, नगर्या पनि सुक्छैन, त्यो ज्यानलाई केइगरी सुकछैन ।
चिमोट्ता दुख्नेहरू चिच्याउने र लुतेहरू खुशी हुने स्वभाविकै हो । किनभन्दा लुतो खज्जा बेला चिमोट्ता पनि बिसेक हुन्च गरें । मुल्कले विगास गरिकन नाउ चम्काल्या । हामी ता उई लाट्टाले बा भन्न जान्दाइनी तेइता सिक्या छौं र ? गरेल्चौं । कोहुने बिन्ठ्याइँ गर्नेवाल्लाले “क्यार्न गर्चन् र ? कि गर्नेले जानुन कि गराउनेले जानोई ?” प्वाक्क भन्नेल्च हेर्नोई । सप्र्याउ कामको जस घस्नेहरू कत्ति हो कति ? क्यार्न भन्नेहो र बिग्र्याउ लग्ने कोइनकोई ? ह्याँती गर्ने कुरा कोइले नसुनोई । भोक्का नाङ्ङा, दुखीदग्दी, जानअजान, भाइबन्दु, इस्टमित्र, नात्तागोत्ता लगाइत सप्पैलाई काम लाग्नेइगरी गोप्या समत्ति गरेल्नुपर्च । यस्तो चाल्की लापछि बिरोद्या घैँटानु पनि घाम लाइन्च । ह्वाँपची तमाइका बिरोदीले पनि घाम ताप्पेल्चन् । भोक मार्ने रोट्टो र लाच ढोक्ने भोट्टो पापचि तमाइको बिरोद गर्ने ककारी कोले गरोस् ? त्याँपच्ची ता काँद्माकाँद घाँट्टीमाघाँट्टी जोर्रीकिन “गोठालाले बाट्नै लाइयो, गाईबाख्राका दाउँला, साइ र म बैराक्की जस्ता सङ्ङसङ्ङै जाउँला ।” भन्ने दाप्को आइन्च । समाप्त

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares