Input your search keywords and press Enter.

वर्ग संघर्षको लागि क्रान्ति निरन्तर

डिकेन्द्र शाह
समाजमा जहाँ अन्याय हुन्छ, त्यहाँ विद्रोह हुन्छ । जहाँ छलकपटको राजनिति हुन्छ,त्यहाँ क्रान्ति हुन्छ । जहाँ हिँसारहित शान्ति हुन्छ,त्यहाँ त्यो समाज,देशको उन्नति प्रगति हुन्छ । संसार परिवर्तनशील छ । शासन व्यवस्थाको उल्टापालटी गरिने प्रयास,शासन व्यवस्थामा हुने आमूल परिवर्तन नै क्रान्ति हो । क्रान्ति एउटा परिवर्तन हो तर सबैखाले परिवर्तनहरु क्रान्ति हुदैँनन् । सर्वहारा वर्गीय दृष्टिकोणमा कुनै पनि समाज व्यवस्थाको आर्थिक आधार र त्यसको माथिल्लो ढाँचामा हुने आमूल परिवर्तन नै वास्तविक क्रान्ति हो । भोल्तेयरका अनुसार “क्रान्ति सानो चिज होइन तर सानै चिजबाट उत्पन्न हुन्छ ।” भन्नुभएको छ । अर्थात समाजमा भएका साना (साना अन्याय र विभेदबाट नै क्रान्तिको जन्म हुन्छ ।

विश्वमा पनि ठुल्ला ठुल्ला क्रान्तिहरु भएका छन् । जस्तो फ्रान्सको राज्य क्रान्ति (१७८९),रुसी क्रान्ति (१९१७),युद्धहरु,आन्दोलनहरु आदि । यी सबै अन्याय र अत्याचारका विरुद्धमा भएका परिणामहरु हुन् । नेपालको सन्दर्भमा भन्ने हो भने पनि १०४ बर्ष जहाँनिया राणा शासनका विरुद्ध वि.स.२००७ सालमा ठुल्लोे क्रान्ति भएको थियो राणा शासन ढल्यो । त्यसपछि पञ्यापति व्यवस्था राजतन्त्र २४० बर्ष एकतन्त्र शासनको विरुद्ध जनआन्दोलन हुँदा वि.स.२०४६ सालमा बहुदलिय व्यवस्था आयो । वि.स.२०६२÷६३ सालको १९ दिने जनआन्दोलन,१०बर्ष जनयुद्धले गर्दा नेपालमा राजतन्त्रको अन्त्य भई वि.स. २०६५ सालमा गणतन्त्रको स्थापना भयो । अहिले नेपाल लोकतन्त्र गणतन्त्रको देश भएको छ ।
हाम्रो समाजमा विविधता छ,वर्गीय ढङ्गले पनि केही विविधता होला । तर विशेषगरी दुई प्रकारको वर्ग हुन्छ । भलै विभिन्न कालखण्डमा विभिन्न वर्गमा नाम दिए पनि अर्थात हुँदाखाने वर्ग र हुनेखाने वर्ग बिचको संघर्ष नै वर्गसंघर्ष हो । कार्ल माक्सले आदिम युगलाई छोडेर “आजसम्मको समाज विकासको इतिहासलाई वर्गसंघर्षको इतिहास भन्नु भएको हो ।” यो वास्तविकतालाई कतिपय विचारकहरुले उपयुक्त कुराहरुको विकास र त्यसको अस्तित्वलाई बाह्य अलौँकिक शक्तिको भरोसामा छाडी दिन्छन् ।

यो उनीहरुको कोरा काल्पनिक आर्दशवादी सोचाई हो । लेलिनले माक्सको दार्शनिक अवधारणालाई झनै विकसित र परिमार्जित गरेर नयाँ धारणा अघि सार्दै “ हरेक वस्तु भित्रको विपरित पक्ष बिचको संघर्ष र एकतामा दुई प्रकृयामध्ये संघर्ष निरपेक्ष स्थिर र स्थायी हुन्छ भने एकता सापेक्ष,अस्थिरता र अस्थायी भन्नु भयो ।” यो विचारले वस्तु भित्रको वास्तविकतालाई झनै ठीक ढङ्गले स्पष्ट पारिदियो । यसरी हेर्दा वर्गीय समाजमा पनि विपरित वर्ग बिचको आपसी एकता संघर्षको प्रकृयामा लेलिनको उपयुक्त अवधारणा विद्यमान रहेको यथार्थलाई इन्कार गर्न सकिर्दैन ।
हाम्रो देशमा पनि विशेषगरी वर्गसंघर्षका लागि लडेका वामपन्थीहरु वर्ग समान गराउन सकेका छैनन् । कि वर्गीय संघर्ष लडाई बिर्सेका हुन र ? आफु सत्तामा पुग्यो ,आफ्नो पेट भ¥यो,खायो । आफु सम्पन्नशाली भएपछि आफ्नो औकात र हैसियत बिर्सिने होर । गरिव,सर्वहारा वर्ग,दीनदुःखीहरुको पिँडा कस्तो हुन्छ कसले पो बुझेको छ र । यस्तो वर्गलाई केवल प्रयोग गरेर आफु माथि जाने टाँठाबाठाहरु धैरै छन् । धनी आज झन धनी बन्दै गएका छन् किनकि उनीहरु आफ्नो नाफाको धेरै ठाउँमा लगानी गरेका छन् जो निमुखा गरिव मजदुरलाई उचित किसिमको पारिश्रमिक नदिएर कम भन्दा कम मूल्यमा काम गराएर उनीहरुको समय र पसिनालाई धनी वर्गहरुले लुटेका छन् । यसरी पारिश्रमिकमा पनि ठगी भएको छ । अर्को कुरा जो सरकारले पनि जति काम हुन्छ, उति पारिश्रमिक हुुन्छ भन्ने कुरा गर्छन तर व्यवहारत फेरी कार्यान्यवन हुँदैन ।

आज हाम्रो देशको गतिविधि देखेर धेरै दुःख मान्नुपर्ने अवस्था आईरहन्छ । सैदान्तिक कुरामा सिद्धान्तमा विकास सम्बन्धि कुरामा सबैको राम्रो हुन्छ तर व्यवहारमा एउटा पनि मिल्र्दैन फरक हुन्छ । अन्य कुराहरु पार्टी,संस्थाहरुको सरकारले केही गर्न सकेन रे ? अहिलेको वर्गविहीन बनाउँर्छौ भनेर वर्गसंघर्ष गर्नुपर्छ भन्ने वामपन्थी सरकारले पनि सही तरिकाले काम गर्न नसक्नु दुःख लाग्ने कुरा हो । अहिलेको समय जुन धेरै गतिशिल भएको छ,विज्ञान र प्रविधि धेरै अगाडि गईरहेको छ, २१ औँ शताब्दी आफैँमा नयाँ नयाँ आविस्कारको समय यस्तो बेलामा पनि हाम्रो देश स साना कुरामा रुमलिनु विडम्बना नै हो । जातिगत,क्षेत्रगत र धर्मको कुरामा झगडा गर्नु ठीक होईन । जहाँसम्म जातिको कुरा छ, यो कुरा गलत छ । किनभने हिजो संसारमा दुई जात मात्र छ, त्यो महिला र पुरुष हो भनेर लडेको युुद्ध गरेको होइनर वामपन्थी सरकारका कमरेडहरु । आज किन जातजातिको कुराहरुमा किन अल्झको हो । जागिरको नाममा जातिगत आरक्षण गराउनु पर्ने ? जसले गर्दा तल्लो जातका मान्छेहरु ठुलो जातिसम्म समान बन्छन् भन्ने कुरा थोरै समयमा अवसर दिनु केही ठीक त बन्ला तर यो के सत्य भएको छ त ? कदापिचित पनि सही भएको छैन,जागिरमा पनि तल्ला जातिको हुनेखानेहरु वर्गकै मान्छेहरु जागिरमा पुगेका छन् ।अनि यो आरक्षणले गर्दा माथिल्लो जात भन्नेहरुको पनि गरिव निमुखा वर्गहरु जागिर खाने अवसरबाट पछाडि पर्नु परेको अवस्था छ । के साच्चै जातजातिको कुरा नभएर समान वर्गीय कुरा भएको भए झनै राम्रो व्यवस्था बन्थ्यो होला । हुनत पहिले शोषित जाति भनेर सरकारले केही हेरफेर गर्नु राम्रै कुरा हो । तर लाम्रो समयसम्म आरक्षणको व्यवस्था गर्नु गलत कुरा हो,यो हटाउनु सबैका लागि राम्रो हुन्छ । जसले गर्दा जातिय ढङ्गले सोच्छन्,राजनिति गर्छन उनीहरु त अवश्य पनि पतन हुन्छन यो निश्चित छ । किनकि यो देश विविधतायुक्त छ ।

अर्को कुरा क्षेत्रीयता सामान्य गाँउठाँउको बारेमा झगडा गरेको छ, वडा, गाँउपालिका, नगपालिका, उपमहानगरपालिका,जिल्ला मुकामको केन्द्रका लागि केवल झगडा,आन्दोलन मात्र गरेको छ । विकासमा झन बाधा उत्पन्न गरेको छ । राष्ट्रिय अखण्डता,समृद्धि गराउने कुरामा मिलेर लाग्ने बेलामा यो अलमलमा नपरेर सबैलाई सुहाउने सहज हुने ठाँउहरु केन्द्र मानेत् भैगोनी, के आफ्नो घर आँगनमा मात्र सरकारी अफिसहरु बनाउने हो र ? फेरी विकास एकैचोटी ह्वातै हुने कुरा पनि त होईन । विकास गदैन भनेर रोकिने कुरा पनि होईन । क्रमश विकास त निरन्तर समय अनुसार आफै भईरहछ केवल तत्कालको विकास सम्झेर मात्र हुदँैन नि कसैले मेरो जन्मभुमिलाई स्वर्ग बनाउँछु भनेर भावनामा डुबेर मात्र हुदैँन नि ! सबैको सहजताको लागि उपयुक्त हुनु प¥यो । जसले गर्दा सबैको मन रमाउनेहोस् । केवल क्षेत्रीय मनमुटाव गरेर भेगिय,क्षेत्रीय राजनिति गरेर जो बड्छु भन्ने सोच्छ, उनीहरु पनि पतन हुन्छन् । धर्मको कुरा पनि अहिले पेचिलो तरकाले उठ्ने गर्छ । उसले यो धर्म मान्छ,यसले यो धर्म मान्छ भनेर एकले अर्कोका धार्मिक आस्थाप्रति मनमुटाप, टिकाटिप्पणी गर्नु,लडाउने,भिडाउने अनि राजनिति गर्ने कुराहरु पनि गलत कुरा हो,यस्तो गर्नु राम्रो होईन । आखिरमा सबै धर्मको सार भनेकैँ शान्ति ल्याउने हो । राष्टिूय हितलाई सर्बोपरी ठानेर सहिष्णुता ल्याउनुपर्छ ।
समग्रमा भन्नुपर्दा हाम्रो देश नेपाललाई साच्चिकै समृद्धि ल्याउने होे भने कुनैपनि क्षेत्रमा पक्षपात गर्ने,घटिया सोच राख्ने,साँगुरा मानसिकता बोक्ने प्रवृत्तिहरुको अन्त्य गर्नुपर्छ । जात,क्षेत्र ,धर्मका राजनिति गर्ने द्वन्द्व फैलाउने,समाजलाई उधो गतितिर हिँडाउने प्रयास गर्नु हुदैँन । जब यस्ता कुराहरुलाई राज्यले राम्रोसँग समान ढङ्गले ध्यान दिदैँन तबसम्म आवाजहरु उर्लले छन् जहाँ वर्गसंघर्ष भैरहने छ,रोकिनेवाला छैन् ।
केवल एउटै पक्षमात्र सम्पन्न भएर पुग्दैन समाजमा निमुखा वर्गलाई पनि समेटेर अगाडि लिन सक्नुपर्छ । संविधानमा जेजस्ता ब्यवस्था बनाएर उल्लेख गरेपनि व्यवहारमा लागु गर्ने सक्नुपर्छ । अन्त्वगत्वा वर्गसंघर्षका लागि क्रान्ति निरन्तर भईरहनेछ । जबसम्म समाज वर्ग समान हुदैँन तबसम्म क्रान्ति भईरहन्छ । सभ्य समाजको कल्पना पनि वर्गविहिन नै हो ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares