Input your search keywords and press Enter.

यस्सो गरे कस्सो होला ? : ह्याँती गर्ने कुरा

एमएल ओली

कठ्ठैबर्रे नि ! जुकजमाना पैलास्ता काँ छन् र ? पोरपरार्नु हातपाउ जोरिकिन बसाल्न खोज्दा पनि गइन्त्यो । त्यख्खो तमाइसित क्या माया पिरीम बस्यो त्यस्तोरी ? हुक्कि मर्नु भइयो भन्नु हुन्च । अइल ता जा भन्दा पनि जान्न भन्नु हुन्च । एक दिन गयास्तो गर्च अर्को दिन टुप्लुक्कै आइन्च । अचेल ता तमाइले हान्यास्तो, उनी रुयास्तो र ऊ भाग्यास्तो गर्ने कुर्रै नसोच्नोई । हुन ता यल्ले क्यार्याउ छ र ? भन्नेहरू पनि छन् । ह्याँ, सप्पैललाई स्वाइन्च भन्या तमाइको क्या चिल्लायो र ? कत्नाम्रो च्याट्टै पर्याउ मलमल्लास्तो सेत्तो खास्टो ओराइदेल्च । खास्टो थाम्न नसकि काम्नेहरू कामुन, थाम्नेहरू थामुन, छाम्नेहरू छामुन । कइलेकाई तमाइको दइया गर्दागर्दै आफ्नै बइया हराइन्च भन्नु हुन्च । यो जुक्नु खाक्काले नखास्तो र नख्खाले खास्तो गरिकिन होलास्तो छैन हेर्नोई । सा न कुस्सा पिरालु टुस्सा भनिकिन क्यार्नु ? चार्रैतिर च्याउदा मनन्वा काल्ला पिर्रा डल्ला पनि सेत्तै भइकिन मेट्यान्चन् । हँइन्तो ?
तमाइको धर्म र संस्कृतियौं धनिया ठाउँनु अधर्मी र पापीष्टहरू काँपाई हँइन्तो ? बरु यत्रामान्ना जात्रानु आउने तमाइका भोल्लेबाहरू देख्दा गोल्ले र झोल्लेबाहरू आस्र्यान्चन् । जोख्खेल्या पनि नइयाँउ गोल्लोभन्दा पुर्नाउ झोल्लो स्यानै देखिन्च । जत्ति गर्या पनि तमाइको पात्ता पर्याउ झोल्लो भर्रिन ट्याम लाइन्च । जात्रा च्याउन गया बेला तमाइका कान्ले यस्तो सुन्त्यो भन्नु हुन्च ः “ह्याँ, नइयाँ भोल्लेबाहरू गोल्ले भइया छन् । त्यो गोल्लाभित्र क्या होल्ला क्या नहोला ? त्यो पनि तमाइका अन्नले क्या मान्दाउ धन्नले गरे ।” अर्का जत्रालुले थप्पेल्या ः “भर्नेइ ता भया भोक्काले । ह्याँ, भेटी चराउने तम्री हाम्री बेटीहरू सस्तै छन् । बेटाहरू प सप्पै भाइर्या छन र ?” यस्ता नाम्रा खस्रा कुरा सुन्ने इच्छ्यालाई तमाइको हल्लाले टुप्पि नङ्ङाल्यो । दान गर नाम राख्ख धर्म कमाउनलाई, जीवन भरी सुख्खसित्त बाँचि रमाउनलाई । बल्लै भन्न हुन्न, यो गीतले आत्तमा पग्लित्यो । तमाइलाई दान गर्ने मन हुँदाहुँदै पनि धनले सात नद्या क्या लाक्च र ? तमाइको धन छाम्दा रित्तो गोज्जीया आँशुले हात निथ्रुक्कै भिज्या हेर्नोई ।
गर्वे पाकेट्टा आँख्खा कान पचक्कै फुट्जाउन । तिनका अगारी यस्ता कुराकानी सुनाउँदा तमाइको बैराक मात्रै लाक्च भन्नु हुन्च । बराठै काँकाबाट आका भोल्लेबाहरू नाङ्ङै देखता तमाइका आङ्न्वा प्रदेशी थाङ्नाहरू च्यात्ने झोक नचल्या हुन र ? सित्तिमित्ति तमाइका रिस्सै उठ्तैन । उठ्या पनि केई फाँर्दैन र मात्रै । नत्र…..? कत्नाम्रो च्याट्टै पर्या गोल्लयाहरूले भोल्लेबाउ सिक्को गर्दा कस्सो होला ? हाम्मी बल्लै तस्र्यान्चौं भन्नै हुन्न । बन्ना बाघले खाओस् नखाओस् मन्ना बाघले खाल्च, क्यार्दान र ? कुर्रै गर्ने हो भन्या, तमाइको लुग्गा छराया नङ्ङाभन्दा लुग्गा लाया नाङ्ङाबाट बर्ता खत्तरा भएकै छ । घिन्नौमर्नु खप्पर सुन्दा डरामर्ना सुइना देख्खिने हेनोई । स्याना मुट्वालाई डरले धुरुक्क र्वाइकिन तुरुक्कै झराल्च । उस्तै पर्या तमाइको गौंरो फाल्नेसम्म बनाल्च भन्नु हुन्च । कत्ति नडराइकिन र तमाइको मुटु ठूलो गराइकिन भजन गाया कसो होला ? तर नछारौ तर नछारौं, भोक्का नाङ्ङा सप्पैलाई पर नसारौं । आफै जान्नेलौं आफ्फै जान्नेलौं, लोब्बिपाप्पि गइसक्या भन्ने ठान्नेलौं । सप्पैले चन्द्र दाइने पारिकिन हाकी दाउ बोल्यो पच्चास गर्रेलौं । उछारी ह्याँती गर्ने कुरा, गोप्या होइन केइ होइन, खुल्लम खुल्ला हेर्नोई । यसरी “घर्रा पर्थी, पर्रा वर्थी, ग्रह शान्ति, गौंरो शान्ति, घर भरन्ति, वन फरन्ति, मन कान्ति, धन खान्ति, गोप्या कुरा कइल जन्ति ?” जन्तर बोकी मन्तर गरे कसो होला ?
समाप्त

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *