Input your search keywords and press Enter.

आठ मार्चको सान्दर्भिकता र महिला अधिकार

अधिवत्ता रचना मल्ल
यस वर्षको फागुन २४ गते एक सय नवौं अन्तराष्ट्रिय नारी दिवस मनाउन गैरहेका छौं । दिवसलाई भव्य रुपमा सफल मनाउन संयुक्त राष्ट्र संघले balance for better-strike the pose भन्ने अन्तर्राष्ट्रिय नारा तय गरेको छ । हरेक वर्षको ८ मार्चलाई एउटा ऐतिहासिक र गौरवपुर्ण दिनको रुपमा लिने गरिएको छ । ८ मार्चलाई विश्वभरिका सम्पुर्ण शोषित उत्पीडित महिलाहरुले मात्र होईन विभिन्न वर्ग र समुदायका महिलाहरुले पनि महान दिवसको रुपमा मनाउदै आएका छन । जसले महिलामाथि हुने सम्पुर्ण विभेदको अन्त्यका लागि संगठित रुपमा आफना आवाजहरु वुलन्द गर्न शुरु गरेको त्यो ऐतिहासिक दिनको स्मरण गराउछ ।
अनि थप अधिकार प्राप्तिका लागि जुझारु र सशक्त ढंगले आन्दोलित रहन उर्जा दिने गर्छ । सन १८९७ मार्च ८ का दिन अमेरिकाको न्युयोर्क शहरको सुति कपडा कारखानाका महिला मजदुरहरुले ८ घण्टा काम, समान कामको समान ज्याला, मजदुर युनियनमा महिलाहरुको सहभागिता, मताधिकार, मातृशिशुको सुरक्षा लगायतका मागहरु राखी विशाल ¥याली जनसभा र आम हडताल गरेका थिए । त्यो महिलाहरुको पहिलो र ठुलो संगठित विद्रोह थियो । तत्कालिन शासकहरुले यस महिला विद्रोहलाई दवाउने प्रयास गरेपनि महिलाहरुको त्यो संगठित विद्रोहलाई कसैले रोक्न सकेन । अझ यसले विश्वका उत्पिडित महिलाहरुलाई अधिकार र स्वतन्त्रताका निम्ति संगठित विद्रोह गर्न उर्जा प्रदान गर्यो । औधोगिक क्रान्तिको चरणमा युरोप अमेरिका लगायतका विभिन्न मुलुकका मजदुर महिलाहरुले संचालन गरेका विद्रोह र त्यसले संचालन गरेका ऐतिहासिक उपलव्धिहरुलाई संस्थागत गर्न उदेश्यसहित सन १९१० मा डेनमार्कको कोपनहेगनमा सम्पन्न समाजवादी महिलाहरुको द्रोस्रो अन्तराष्ट्रिय सम्मेलनमा महिला नेतृ क्लाराजेटकिनले ८ मार्चको गौरवपुर्ण दिनलाई कायम राख्नन अन्तराष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउन राखेको प्रस्तावलाई सम्मेलनले सर्व सम्मत ढंगले पारित गरेको थियो । त्यस लगतै सन १९११ देखि विश्वभरिका मजदुर महिलाहरुले यसलाई संघर्ष र स्वतन्त्रताको प्रतिकको रुपमा मनाउन थाले । यसरी विश्व भरिकै महिलाहरुले एकै दिन अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालेको एक सय नवौ वर्ष हुन पुगेको छ । विश्व भरिकै महिलाहरुले अहिले पनि यो दिनलाई संघर्षकै रुपमा मनाउने गरेका छन । सन १९९७ मार्च ८ पश्चात पटक पटक भएका महिला आन्दोलनका कारण महिलाहरुमाथि हुदै गएका भेदभावहरु ऋमश हटदै गएका छन । तर अन्त्य भने भैसकेका छैनन ।

युरोप, अमेरीका लगायतका देशहरुमा शिक्षामा पहुँचको हीसावले महिलाहरु पुरुषको हाराहारीमा पुगेपनि उनिहरुमाथि कुनै न कुनै हिसावले असमानता कायमै छ।विश्वको विकास संगसँगै महिलाहरुका समस्याहरुका रुप पनि फेरिदै गएका छन । तर महिलामाथिको उत्पीडन खासै घटेको पाइदैन । अझै पनि कतिपय देशमा घुम्टो भित्र वाच्न विवश छन महिलाहरु । एक सय सातौ वर्ष अगाडि १९९७ आठ मार्चको आन्दोलनमा उठाएका समान कामको समान ज्याला जस्ता माग हाम्रो जस्तो देशमा अझै लागु हुन सकेको छैन । जेहोस यी एक सय नवौ वर्षका अन्तरालमा अवसर पाएको खण्डमा महिला पनि पुरुषसरह अघि वढन सक्छन भन्ने कुरा विश्वभरिकै महिलारुले प्रमाणित गरेका छन ।

नेपाली महिला र वर्तमान स्थिति
आठ मार्चलाई नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाउदै आईरहेको कुरा सर्वविदितै छ । यस बर्ष ‘नारी पुरुष सरोवरी ःसँधैभरी बराबरी’ भन्ने सहायक तथा पुरक नारा तय गरिएको छ । महिला आन्दोलनको ऐतिहासीक दिन ८ मार्चलाई नेपाली महिलाहरुले पनि विश्वका अन्य मुलुकका महिलाहरु झै संघषकै रुपमा मनाउदै आएका छन । पटक पटक भएका महिला आन्दोलनका कारण महिलाहरुले केहि अधिकार पाए पनि एक सय नवौं वर्षको दिवस मनाउदै गर्दा पनि अझै अप्रयाप्त नै देखिन्छ । वि स २००७ सालको आन्दोलन देखि नै हरेक राजनैतिक आन्दोलनमा महिलाहरुले पनि विशेष योगदान दिएका छन । त्यसकारण नेपालमा छुटटै महिला आन्दोलन नचलेपनि समग्र आन्दोलनमा नै महिलाहरुको सहभागिता रहदै आएको छ । वि स २००७, २०४६ ,२०५२ को जनयुद्ध र २०६३ जनक्रान्ति संगै महिलालाई हेर्ने दृष्टिकोणमा केहि परिवर्तन हुँदै आएको छ ।

नेपाली महिलाहरुको पछिल्लो ईतिहास हेर्ने हो भने निकै सघंर्षपूर्ण रहेको छ । विशेषगरी १० वर्षको जनयुद्धमा महिलाहरुले देखाएको विरता, वलिदानी र साहस सामान्य छैन । यति हुँदा हुँदै पनि अझै शिक्षा छोरीलाई पनि दिनुपर्छ भनेर जनचेतना जगाउने तहमा वल्ल विकास हुँदैछ । हाम्रो समाजमा अहिले पनि महिला र पुरुषको विचमा धेरै प्रकारका भेदभाव र असमानताहरु विधमान छन । गाउँ वस्तिमा पुरुष सरह स्वतन्त्र ढंगले घर वाहिर हिड्ने, सामाजिक ,राजनैतिक कार्यहरुमा सहभागी हुने , छलफल गर्ने अधिकार महिलाहरुलाई कम मात्रामा दिइने गरिएको छ । उनीहरु अहिले पनि घरायसी काममा मात्र सीमित छन । यसरी महिलाहरुलाई अनुत्पादक काममा मात्र सीमित राखीरहने सामन्ती प्रथाको विरुद्ध महिलाहरुले वषौ देखि संगठित रुपमा आन्दोलन गर्दै आएका छन । महिलामाथि हुने हिंसा बढिरहेका मात्र छैनन यसको स्वरुपमा पनि परिवर्तन भैरहेका छन । एउटा मानवले अर्को मानव प्रति गरिने शारीरिक, मानसिक ,यौनिक, भावनात्मक पीडा यातना, यौन शोषण, श्रम शोषण हिंसा हुन हिंसालाई प्रसय दिने कार्य पितृसत्तात्मक सोच प्रवृति मुल्य मान्यता र त्यसवाट जन्मेको संस्कृतिले गरिरहेको छ । अर्को तर्फ अहिले महिलासँग जोडिएर समाजमा देखिने नयाँ विकृतिहरु पनि वढीरहेकाछन । उदाहरणका लागि , महिला वेचविखन गर्ने प्रथा, दोहोरी डान्स रेष्टुरेन्टमा काम लगाउने , मसाज पार्लरमा लगाउने ,विदेश पलायन गर्ने ,जस्ता घटनाहरु वढिरहेका छन ।
महिला सम्मान र रोजगारको त कुरै छोडौ समाजमा हुने लैङ्गीक एव विभिन्न खाले घरेलु हिंसा तथा सामाजिक हिंसाका कारण अझै पनि महिलाले वोक्सीका नाममा , छोरा नजन्माइदिएको नाममा ,छाउपडीको नाममा , दाईजोको नाममा दुब्र्यवहार सहनुपर्ने,ज्युँदै जल्नु पर्ने , घर निकाला हुनु पर्ने, मर्नु पर्ने महिलाहरुको संख्या दिन प्रतिदिन वढिरहेको छ । नेपाली महिलाहरुको अवस्था स्थतिलाइ हेर्दा पुरुष भन्दा महिलाहरु निकै पछाडी छन भन्ने कुराको पुष्टि उनीहरुको शैक्षिक स्तर, राजनीतिमा भएको सहभागिता, सरकारी वा अन्य जुनसुकै काममा भएका सहभागिता स्कुल क्याम्पसमा भएको छात्राहरुको संख्या आदिवाट स्पष्ट हुन्छ ।

महिलामैत्री संविधान र उपलव्ध अधिकारहरुः
महिला अधिकारको सन्दर्भमा नयाँ संविधानको प्रस्तावमै लैङ्गिक विभेदको अन्त्य गर्ने कुरा उल्लेख छ । नागरिकतामा महिलाको वंशजको अधिकारलाई पनि स्वीकार गरिएको छ । वावुको पहिचान नखुलेको अवस्थामा आमाको नामवाट नागरिकता वितरण गर्न सकिने कानुनि व्यवस्था गरेको छ । यो पनि महिला अधिकारको उपलब्धी हो । त्यसै गरि मौलिक हक धारा १६मा सम्मानपुर्वक बाच्न पाउने हक ,धारा १७ मा स्वतनत्रताको हक धारा १८ मा समानताको हक को ब्यवस्था छ ।त्यसैगरि धारा ३८मा महिला हकको ब्यवस्था छ ।त्यसमा उल्लेख छ प्रत्येक महिलालाई लैङ्गीक भेदभाव विना समान वंशीय हक , सुरक्षीत मातृत्व र प्रजनन स्वास्थ्य सम्वन्धी हक,महिला विरुद्ध धार्मिक सामाजिक सास्कृतिक परम्परा प्रचलन वा अन्य कुनै आधारमा शारीरिक मानसिक यौनजन्य मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । त्यस्तो कार्य कानुन वमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुन वमोजिम क्षतिपुर्ति पाउने हक हुनेछ । राज्यका सवै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ । महिलालाई शीक्षा स्वास्थ्य रोजगार सामाजिक सुरक्षामा सकारात्मक विभेदको आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ । सम्पति तथा पारिवारिक मामीलामा सम्पतिको समान हक हुनेछ । त्यसै गरि धारा ४२ मा सामाजिक न्यायको हक अन्तर्गत सामाजिक रुपले पछाडि परेका महिलालाई समावेशी सिद्धान्तका आधारमा राज्यको हरेक निकायमा सहभागिताको हक हुनेछ । धारा ४३ मा सामाजिक सुरक्षाको हक अन्तर्गत आर्थिक रुपले विपन्न ,असक्त असहाय एकल महिलालाई सामाजिक सुरक्षाको हक हुनेछ । भाग ८ मा संघीय व्यवस्थापिका को प्रतिनिधि सभा अन्तर्गत संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनितिक दलवाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाई महिला हुनु पर्ने उल्लेख छ । राष्ट्रिय सभामा पनि प्रत्येक प्रदेशवाट कम्तीमा तीन जना महिला सहित आठ जना गरि छपन्न जना राष्ट्रपतिवाट मनोनित मा कम्तीमा एक जना महिला सहित तिन जना हुनुपर्ने उल्लेख छ । भाग १४ मा प्रदेश व्यवस्थापिका मा प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रत्येक राजनितिक दलवाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाई महिला हुनु पर्ने उल्लेख छ । भाग १८ मा स्थानीय व्यवस्थापिकामा प्रत्येक गाउँ सभामा प्रत्येक वडा वाट कम्तीमा दुई जना महिला को प्रतिनिधित्व हुनेछ र नगर सभामा पनि प्रत्येम वडा वाट कम्तीमा दुई जना महिलाको प्रतिनिधित्व हुनेछ भन्ने कुरा उल्लेख छ भने गाउँपालिका र नगरपालिकामा प्रमुख वा उपप्रमुख मध्ये कुनै एक पदमा अनिवार्य महिला हुनुपर्ने ब्यवस्था गरिएको छ । धारा २५२ मा राष्टिय महिला आयोगको ब्यवस्था छ । लैंगिक समानता सम्वधी ऐन २०६३, घरेलु हिंसा कसुर र सजाय ऐन २०६६, मानव वेचविखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ लगायतका ऐनहरुको पनि ब्यवस्था गरिएको छ । नेपालको ईतिहासमा राष्टूपति ,सभामुख ,प्रधान न्यायाधीश महिला वन्नु नेपाली महिलाका लागि खुसी र गौरवको कुरा हो । तर राज्यका हरेक निकायमा जनसंख्याको आधारमा अर्थपुर्ण समानुपातिक सहभागिताबाट मात्र महिलाहरुको अवसरमा वृद्धि हुने आशा गर्न सकिन्छ । बलात्कारका कारण मरेकी निर्मला पन्तले न्याय पाए मात्र राज्यको विश्वास गर्न सकिन्छ ।

रुकुमका महिलाहरुको अवस्थाः
हामी मार्च ८ मनाईरहेका छौ । पुरुषहरु विहान उठेदेखि चिया पान ,भेटघाट, छलफल ,वहस ,रेडियो, टि भि, पत्रपत्रिकावाट दिनचर्या शुरु हुन्छ । तर हामी महिलाहरुको दिनचर्या चुलोदेलोवाट सुरु हुन्छ । यहाँका महिलाहरुको अवस्थालाई हेर्ने हो भने अधिकांस महिलाहरुले वस्तु भाउ हेर्ने, खेति वाली उब्जाउने, वच्चा हुर्काउने ,वुढा वुढीलाई स्याहार गर्ने, खाना पकाउने, कपडा धुने, भाँडा माझ्ने देखि लिएर घरको सम्पुर्ण कामकाज महिलाहरुले गर्नुपरेको अवस्था छ। विहान उठेदेखि सम्पुर्ण कामकाज घाँस, दाउँरा, मेलापात गरि साँझ अध्यारो भएपछि पुनः घरधन्दा सम्पुर्ण काम सम्पन्न गरि पुगनपुग खाना खाई सन्तुष्ट हुनुपर्छ । जसका कारणले गर्भवति अवस्थामा पोष्टिक आहार नपुगी रक्त अल्पता वा खतरा जन्य प्रसुतिका कारण कैयौ महिलाहरु अकालमा मृत्यु भएको दृष्टान्त हामी देखिरहेका छौ ।
अन्तमा ,
अन्तराष्टिय श्रमिक महिला दिवस मनाई रहदा महिला आन्दोलनमा खेलेका ऐतिहासिक भुमिकालाई स्मरण गर्दै हामि सवै निरन्तर रुपमा महिला उपर हुने सवै प्रकारका हिंसा अन्त्य गर्न लागि परौ । पुरुषसरहको समान अधिकार प्राप्त गर्ने लक्ष्य अझै प्राप्त भएको छैन। महिला माथि हुने हिंसाको मुल जड पत्ता लगाई राज्यले महिलाको शरिर ,सम्पति,श्रम, र सत्ता माथिको अधिकारलाई सुनिश्चित गर्नुपर्छ र वनेका कानुनहरु को स्थानिय स्तरमा रहेका महिलाहरुलाई जानकारी र सचेतना जगाउनुको साथै ब्यवहारमा प्रभावकारी कार्यन्वयन गरिनुपर्छ । अव महिलाहरु पनि आफुलाई साघुरो घेरा भित्र राख्न खोज्नु हुन्न । पुरातन विार र संस्कृतिले लादेको पितृसत्तात्मक सोच परिवर्तन गराउन महिलाहरु पनि एक जुट हुन जरुरी छ । महिलालाई अवला, कच्चा, केटाकेटि,हुन भन्ने धारणालाई वदली समाजमा पुरुषसरह प्रत्येक ब्यवहारमा मान्यता दिने परम्परा वसाल्नुपर्छ ।महिलालाई जिस्काउने,होच्याउने, प्रथालाई कानुनी रुपमा दण्डनीय वनाउने र सामाजिक रुपले पनि यो कामलाई हतोत्साह पार्नुपर्छ । यसको सुरुवात आफैवाट र आफनो परिवारवाट गरौ । महिलाहरुको स्तर उठाउनु भनेको ५० प्रतिशत जनताको स्तर उठाउनु हो । आफुले के कति गर्न सक्यौ के कति गर्न वाँकी छ र अझै कति गर्न सकिन्छ मुल्याङ्कन गर्ने वानी वसालौ । यहि नै यो वर्षको नाराको सार्थकता हुनेछ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares