Input your search keywords and press Enter.

शहिद सप्ताह र राजनीतिक ईमान्दारिता

पहलसिंह घर्तीमगर

१.सामान्य परिचय ः
नेपाली समाजले विभिन्न समय र कालखण्डहरुमा विभिन्न रुप र रंगका आन्दोलन र संघर्षहरुको सामना गर्दै आएको छ । ती आन्दोलन र संघर्षहरुको अन्र्तयमा कतै न कतै सामान्य खालकै भए पनि परिवर्तनका विभिन्न रुपहरु देखा पर्दैै आएका छन् । भलै ती आन्दोलन, संघर्ष र लडाईहरुले अन्तिम लक्ष्य चुम्ने सवालमा कतिपय सन्र्दभमा नेतृत्वले दुरदर्शिता अपनाउन नसक्दा आन्दोलनहरु कति वीच बाटोमै तुहिन पुगेका त कतिपय आन्दोलनहरुले अन्तिम लक्ष्यको सन्निकट पुग्नै लाग्दा नेतृत्वका तर्फबाट यो वा त्यो वहानामा सम्झौतामा टुंग्याएईका तीता ईतिहासहरु हाम्रा सामु अहिले पनि ताजै छन् भन्दा अतिशयोक्तिपूर्ण हुने छैन । त्यसो त ती आन्दोलनहरु कतिपय समय परिवेश र वस्तुस्थितिका कारण उत्कर्ष रुप धारण गर्न सकेनन् । ईतिहास हेर्दै जाँदा तत्कालीन जहाँनिया राणा शासकहरुका विरुद्ध आन्दोलन गर्दा शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द जस्ता वहादुरहरुले कायम गरेको गौरव एवम् वीरतापूर्ण वलिदान सबैभन्दा उच्च स्तरमा कायम रहेको कुरालाई हामी नर्कान सक्दैनौं । तत्कालीन जहाँनिया राणा शासकहरुका विरुद्धको आन्दोलन कम्ता जोखिम र चुनौतिपूर्ण थिएन होला । आज ती ईतिहासहरु लेखि लेखाई भएका फेहरिस्त बाहेक हामी अरु केही पनि देख्दैनौं तर उहाँहरुले स्थापित गर्नु भएको वीरतापूर्ण ईतिहासलाई मार्गदर्शनका रुपमा आत्मसात गर्दै आएका छौं ।

२०११ सालमा कम्यूनिष्ट प्रचार प्रसारकै सिलसिलामा जुम्ला जिल्लामा शाहदत प्राप्त गर्नु हुने शहिद कामी बुढाले गरेको वलिदान र किसान आन्दोलनको नेतृत्व गर्दै गर्दा भीमदत्त पन्तले स्थापित गरेको गौरव गाथा पनि त्यत्तिकै महत्वपूर्ण र स्मरणयोग्य रहेका छन् । २०२९ सालमा भएको झापा आन्दोलनको क्रममा कृष्ण कुईकेल, रामनाथ दाहाल, नेत्र घिमिरे, विरेन राजवंशी र नारायण श्रेष्ठलाई झापाबाट ईलाम जेल सार्ने बहानामा सुखानीको जंगलमा निर्ममतापूर्वक हत्या गरिएको थियो । यी वीर विरंगनाहरुले कायम गरेका विरतापूर्ण शाहदत पनि कम गौरवका छैनन् । त्यस्तै २०४६ सालको पञ्चायत विरोधी आन्दोलनका क्रममा शाहदत प्राप्त गर्ने वीर शहिदहरु पनि नेपाली राजनीतिक परिवर्तनको ईतिहासका अविस्मरणीय महान शहिदहरु हुन् । नेपाली समाजमा युगीन परिवर्तनको खाका समयक्रमसंगै विभिन्न रुपमा देखा पर्दै आएका छन् । २०४६ सालको राजनीतिक परिवर्तनको गर्भभित्र यहाँका आर्थिक, सामाजिक, साँस्कृतिक, भाषिक, क्षेत्रीय, लिंगीय लगायतका असमानता र विभेदहरु अन्र्तनिहित रहेका थिए । यी सबैको केन्द्रिकृत र उच्च रुपका रुपमा २०५२ साल फाल्गुण १ गते तत्कालीन माओवादी पार्टीद्धारा सञ्चालित दश वर्षे महान जनयुद्धको रुपमा अभिव्यक्ति भए । यस आन्दोलनमा नेपाली आमाका पन्ध्र हजार वीर सपुतहरुले जीवनको वलिदान गरे । ती वीर शहिदहरुले देखाएको वाटो र मार्गदर्शनलाई आत्मसात गर्दै वाँकी अविभाराहरु पुरा गर्नु आज भौतिक रुपमा वाँचेकाहरुको परम कर्तव्य हुन आउँछ ।

२. कसरी बुझ्ने शहिदहरुलाई ?
ईतिहास साक्षी छ कि नेपाली समाजको अग्रगामी परिवर्तन र समृद्धिको मार्गचित्र कोर्ने काम ती महान शहिदहरुले गरेका हुन्, जो संग नीजि जीवनका कुनैै पनि लोभ, लालच र अभिमानता थिएनन् । थियो त केवल वर्ग समाजमा रहेका असंख्य अन्याय अत्याचार, विकृति र विसंगतिहरुद्धारा युगौंदेखि थिलथिलो परेका शोषित, दमित र उपेक्षित समुदायलाई सबै प्रकारका गरिवी, अभाव र असमानताबाट मुक्त गर्नु । यो काम त्यति सहज थिएन, सहज वुझाई र सरल बाटो हिडाईको कोरा कल्पना उच्च राजनीतिक चेतनाको अभावमा जो कोही यो यात्रा पार गर्न सक्दैनथ्यो । त्यसका लागि चाहिन्थ्यो सर्वहारा वर्गीय मूल्य मान्यता र आदर्शबाट स्थापित उच्च विचार । यदि त्यसो नहुदो हो भने शहिदहरुले मृत्यु पत्रमा हस्ताक्षर गरेर आन्दोलन, संघर्ष र युद्धमा हाम फाल्न सक्ने कल्पना सम्म गर्न सकिदैनथ्यो । मृत्युलाई जितेर नै शहिदहरु आफू र आफ्नो वर्ग समाजको मुक्तिका लागि हजारौं जोखिम र उज्वल एवम् सुन्दर भविष्य लुकेको कष्टसाध्य बाटोलाई आफ्नो जीवन दर्शन बनाएर हिड्ने थिएनन्, न त हजारौं जोखिम र खतराहरुको सामना गर्न सक्ने तागत नै पैदा हुन सक्दथ्यो । त्यसो भएर नेपाली समाजको परिवर्तनको खातिर जति पनि वलिदानका उच्च कृतिमानहरु स्थापित भएका छन् त्यसका पछाडि तिनै सर्वहारा वर्गीय विचार, आदर्श, मूल्य मान्यता र राजनैतिक चेतना स्तरको विकासका कारण संभव भएका हुन् ।

यस वर्ग विभाजित समाजमा जहिले पनि मुठ्ठीभर शासकहरुले बहुसंख्यक श्रमजीवि वर्गलाई आफ्नो कावुमा राखेर रजाई गर्दै आएका सयौं उदाहरणहरु हाम्रा सामु जीउँदै छन् । ती सबै खाले उत्पीडन र असमानताको अन्त्यका लागि विगतदेखि नै चाहे १०४ वर्षे राणा शासन विरोधी आन्दोलन होस्, चाहे ३० वर्षे पञ्चायतकालीन व्यवस्थाका विरुद्ध नै किन नहोस, चाहे दश वर्षे जनयुद्धको क्रममा नै किन नहोस् शासकहरुका विरुद्धमा धावा वोल्ने क्रममा नेपाली आमाका वीर सपुतहरुले आफ्नो अमूल्य जीवनको वलिदान गरेका हजारौं हजार उदाहरणहरु हाम्रो अगाडी ताजै छन् । आज नेपाली समाज दशवर्षे सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलनबाट स्थापित शान्तिकालको यो अवस्था सम्म आईपुग्दा सरकारको वागडोर सम्हालेका र सरकार वाहिर रहेका राजनैतिक नेतृत्वले राजनीतिक सुझवुझका साथ शहिदहरुले देखाएको वाटोलाई अंगिकार गर्नु आबश्यक छ । यति मात्र होईन, राजनैतिक पार्टी र सरकारहरुका लागि यो कर्तव्य र दायित्व दुवै हो । शहिदहरु कुनै पार्टी या समुदाय विशेषका हुन सकदैनन् न त ती कुनै नीजि सवालहरु हुन सक्दछन् । उनीहरु त सिंगो देशका साझा सम्पती र सबैका सम्मानीत व्यक्तित्वहरु हुन् । यसरी नै शहिदहरुलाई साझा र आदर्शका धरोहरका रुपमा वुझ्न र सम्मान गर्न आबश्यक छ ।

३. कसरी स्थापित गर्ने शहिदहरुलाई ?
शहिद शब्द एउटा जटिल शब्द हो । यसलाई वुझ्न उद्धात्त चेतना, वृहत सोचाई र फराकिलो विचारको आबश्यकता पर्दछ । ईतिहासका विभिन्न कालखण्डहरुमा भएका आन्दोलन एवम् संघर्षहरुमा सहभागी हुँदै गर्दा जीवनको वलिदान गर्नु एकातिर गौरवको विषय हो भने अर्कोतिर विचार आर्दश र लक्ष्य उद्धेश्यका हिसावले युगौं युग वाँच्नु हो । तर यो कामको संस्थागत गर्ने र जीवन्तता दिने विषय भौतिक रुपमा वाँचेकाहरुको हो । ऐतिहासिक हिसावले पार्टी, आन्दोलन, संघर्षमा सरिक हुँदै गर्दा प्राप्त हुने विरगती अर्थात बलिदानलाई उच्च मूल्यांकन गर्दै सम्मान गर्नु राजनैतिक नेतृत्वको कर्तव्य हो । आज शहिद सप्ताह मनाई रहँदा शहिदहरुका आफन्तजनहरुलाई सम्मान दिन सक्नु पर्दछ । शहिदहरुका वीर गाथाहरुलाई आत्मसात गर्न निस्वार्थ भावले लाग्नु पर्दछ, केवल औपचारिक रुपमा आयोजना गरिने विचार गोष्ठी, कोठे सभा आदिले मात्र शहिदहरुको साँचो सम्मान हुन सक्दैन । त्यसका लागि शहिदहरुलाई स्थापित गर्ने खालका स्मारक, शहिद गेट, शहिदहरुका नाममा विभिन्न सार्वजनिक स्थलहरुको नामाकरण लगायतका भौतिक रुपमा देखिने संरचनाहरुको स्थापना गर्न आबश्यक छ । त्यस्तै शहिद परिवारहरुलाई विचार र भावनाले सहययोग गर्नु पर्दछ । हरेक सन्र्दभ, अवसरहरु आदिका आयोजना गरी शहिदहरुलाई सम्मान गरिनु पर्दछ । हाल नेपालमा संघीय गणतन्त्रको नेतृत्व गरिरहेको विशाल जनमत प्राप्त कम्यनिष्ट सरकार छ । यतिमात्र होईन यो सरकारसंग दुई तिहाईको बहुमत छ, नीति योजना र कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्न गराउन ।

यस्तो अवसरमा देशभरमा रहेका शहिदहरुको सम्मान र स्थापना नगरे कहिले गर्ने ? यो काम अन्य गैर कम्युनिष्ट अर्थात लोकतन्त्रवादी भनिने राजनीतिक शक्तिहरुबाट संभव छैन न त उनीहरु यस कामका लागि तत्परता नै देखाउन सक्दछन् । फाल्गुण १४ गतेदेखि २१ फाल्गुण सम्म मनाईने शहिद सप्ताहको अवधारणा पनि ने.क.पा.कै सरकारको भएको हुँदा शहिद सप्ताहलाई सार्थक तुल्याउनु, प्रभावकारी बनाउनु पनि सरकार र पार्टीकै जिम्मेवारी भित्र रहन आउँछ । शहिद सप्ताहको यस अवसरमा आयोजना गरिने विभिन्न खालका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन त्यतिवेला मात्रै संभव हुन्छ जति वेला राजनैतिक दलहरुका तर्फबाट तय गरिएका दिर्घकालीन र अल्पकालीन योजनाभित्र विचार, आर्दश, मूल्य मान्यता सहित नीति योजनाहरु कार्यान्वयन गर्ने दृढ ईच्छा शक्ति सहितका राजनैतिक ईमान्दारिता अभिव्यक्त हुने गर्दछन् । यसका लागि राजनैतिक दल, सरकार र अन्य सरोकारवाला निकायका तर्फबाट प्रतिवद्धता सहितको योजना निर्माण गरिनु आबश्यक छ । यसबाट मात्र नेपाली समाज परिवर्तनका लागि विभिन्न समय र कालखण्डहरुमा भएका संघर्षहरुमा उच्च वलिदान गर्ने आदरणीय शहिदहरुको साँचो सम्मान हुन्छ । त्यसका लागि राजनैतिक ईमान्दारिताको खाँचो पहिलो शर्त हो भने दृढ ईच्छा शक्ति र प्रतिवद्धता सहित लागि पर्नु राजनैतिक नेतृत्वको परम कर्तव्य हो, शहिदहरुले देखाएको बाटोलाई अंगिकार गरौं । शहिदहरुको सपना पुरा गरौं ।। बीर शहिदहरु लालसलाम ।।।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares