Input your search keywords and press Enter.

खारा आगजनीको १९ बर्ष

अमर बहादुर खडका
रुकुम जिल्लाको तत्कालीन खारा गा.वि.स हाल कर्णाली प्रदेशको पश्चिम रुकुम त्रिवेणि गाउँपालिकामा अवस्थित छ । त्यही चर्चित भुमी खारा । हो साच्चिकै आज त्यो खारा त्यसै ऐतिहासिक भुमि खारा भएको होईन । यसले आफ्नो छुट्टै ईतिहास रच्न सफल भएको छ । ईतिहासका पानाहरुमा स्वर्णिम रातो अक्षरमा आफ्नो परिचय रचेको खारा भुमिलाई किमार्थ कसैले न त भुल्न नै सक्छौ न त ईतिहास नै मेटाउन सक्छौ । त्यो तागत न म मा छ न अरु कसैमा ? एउटा घटनाले मात्र हैन अनेकौ घटनाहरुको सामना गरेको यहि भुमीमा कयौं सहिदहरु भए त कयौ घाइते अपाङ्गहरु बने,कयौंका सिन्दुर पुछिए अनि कयौका काख रितिए त कयौका घरवार बिहिन हुनुपर्यो । यहि भुमीमा १० बर्षे जनयुद्धले समेत आफ्नो रणभुमी बनाएको थियो । यसै समयमा पटक पटक गरि दुई पटक तत्कालीन माओवादी द्वारा खारा ब्यारेक आक्रमण गरेको थियो यद्यपि सफल भने हुन सकेन ।

बि.स २०५६ साल फागुन १० गतेलाई खारा बासीले कहिल्यै भुल्न सक्दैन्न । म पनि यस घटनाका बखत ८ बर्षको कलिलो उमेरको केटो बरु म अहिले ईतिहासका पाना पल्टाएर पढुला तर म त्यो घटना कदापि भुल्न सक्दिन्न । र म सम्झन्छु । त्यतिबेला म जम्मा आठ बर्षको थिए । हाम्रो एउटा सानो खरले छाएको चिया पसल थियोे । पसल बन्द गरियो । बुवा डोको बोकेर घरभन्दा धेरै टाढा जानुभयो । पारिको गाउँ कुरलै जलिरहेको थियो । गोलि चलिरहेका थिए ,गोलिका आवाज नजिकै आएकोले बुवा टाढा जानुभएको रहेछ । हाम्रो पसल नजिकै प्रहरी आउदै थियो । प्रहरिले आगो लगाउने पालो हाम्रो थियोे । त्यतिकैमा प्रहरीलाई बाटो परिवर्तन गर्न खबर आएछ । पुलिस फर्कियो । पुलिसहरु मुरु हुदै सिम्रुतु झरे । हाम्रो घर बच्यो । त्यो भन्दा अगाडिका बाटोमा भएका घरहरु बचे । बुवा बच्नुभो,त्यो भन्दा उताका सबै बाचे तर बाचेनन खारा कुरलका मान्छेहरु,बाबुछोरा लगायत १४ जनालाई लाइन लगाइ गोलि हानियो । सहिद भए । बचेनन कुरल,हाईबाङ देखी खारानेटा सम्मका घर टहरा,सय भन्दा बढी घरटहराहरु आगो लगाइए । बाटोमा भेटिने महिलाहरु यौन शोसनमा परे । राज्य आतंक मच्चाइयो । खाराबासिमा चित्कार थियो । मानवअधिकार हनन् भयो । राज्यबाट लुटपाट भयो, मान्छेहरु पुलिस सामु देखिएनन् भेटिएकाहरु मारिए । म काङ्ग्रेस हु मलाइ मार्दैन भन्नेहरु पनि त्यतिबेला मारिए । राज्यले रुकुमका सबैलाई माओवादी ठान्थ्यो । मर्ने कोहि पनि राज्यविरुद्ध थिएन । सामान्य किसान थिए । सिजनमा खेती किसानी गर्ने अरुबेला कालापाहाड ( भारत ) जान्थ्ये । हो ति साधारण मानिसको निहत्था गरिएको इतिहासकै कालो दिनको रुपमा २०५६ साल फागुन १० गतेलाइ लिएका छौ । यो समग्र नेपालीले बिर्सनै नसकिने अविस्मरणीय दिन हो ।

त्यतिबेला त्यो घटना भनौ या आतंक जसको नेतृत्व गर्ने सम्भु सुबेदी बढुवा भई प्रहरीको उच्च अधिकारि सम्म पुगे । सरकारको नेतृत्व गर्नेले पक्कै पनी यस्तो आतंक मच्चाउन आदेश दिदैन । उसलाई कारबाही गरिएन । त्यहाका जनताले न्यायको अनुभुती समेत गर्न पाएनन । खाराबासिले सम्भु सुबेदिलाइ कारबाही भएको हेर्न चाहन्थे कमसेकम न्यायको अनुभुत थोरै भएनि गरेका हुन्थे तर न्याय पाएनन ।
खारा बासीको त्यत्रो त्याग ,बलिदान र चित्कारलाई राज्यले बुझेन साबिक खारा गा वि स लाई नमुना गा.वि.स घोषणा गरे पनि सरकारी बजेटलाई प्रभावकारी रुपमा सदुपयोग गरिएन । आज त्यहि भुमिमा त्रिवेणि गाउँपालिकाको केन्द्र बन्न सफल भएको छ । स्थानिय सरकार बनेको छ खाराबासीका लागि हिजोको त्यो घाउलाई केही हदसम्म मेटाउन प्रयास गरेको छ तर पनि केही बिरोधि तत्वहरुले ऐतिहासिक भुमी खारालाई ब्यक्तिगत र राजनीति स्वार्थमा भुल्न प्रयत्न गर्दैछ्न । हजारौं सहिदहरुको अपमान गर्न लाग्को देख्दा कतै ईतिहासका स्वर्णिम राता अक्षरहरुमा कालो धव्वा बस्ने त हैन भनी बेला बेला जस्तै फागुन १० गते आजको दिन पनि बिहान उठे देखि मेरो मस्तिष्कमा यहि कुराले मन पिरोलिईरहयो र सम्झिदै भावुक बने आफ्नो मन जसोतसो सम्हाले। देश संघिय ढाचामा गए सङ्गै स्थानीय सरकार बनेको छ बिकाशले तिव्र गति लेओस । जनताहरु समृद्धि र सुखी बनुन जनताका हिजोका घाउहरु स्थानीय सरकारले मेटाउन अहम भुमिका खेलोस । फेरि त्यस्तो दिन हामिले भोग्नुनपरोस्, देख्नुनपरोस ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *