Home मुख्य समाचार आठविसकोटमा सार्वजनिक शौचालय प्रयोग विहिन

आठविसकोटमा सार्वजनिक शौचालय प्रयोग विहिन

1747
0

मोहन बुढाथोकी
रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा रहेको सार्वजनिक शौचालय प्रयोग विहिन अवस्थामा रहेको छ । नगरपालिकाले निर्माण गरेको सार्वजनिक शौचालय निर्माण भएको एक वर्ष वितिसक्दा पनि प्रयोग विहिन अबस्थामा रहेको हो । उक्त सार्वजनिक शौचालय गत वर्ष नगरपालिकाले साढे २ लाख लगानीमा निर्माण गरेको थियो तर हाल सम्म पनि प्रयोगमा आउन सकिरहेको छैन ।
वसपार्क नजिकै निर्माण भएको शौचालय प्रयोग विहिन छ तर बजार क्षेत्रमा शौचालय नहँुदा बाहिरबाट आउने नागरिकलाई समस्या हुने गरेको छ ।
नगरपालिकाले भने अब तत्कालै राडी बजारमा सार्वजनिक शौचालय निर्माण गर्न लागिएको जनाएको छ । निर्माणका लागी समिती गठन गरि साम्झौता भैसकेको र तत्काल काम शुरु गर्ने निमित्त प्रमुख प्रशासकिय अधिकृत रामबहादुर के.सी.ले बताए । उनका अनुसार नगरपालिकाले नेत्र चोक नजिकै नयाँ सार्वजनिक शौचालय निर्माण गर्न लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here