Input your search keywords and press Enter.

समानान्तर स्ववियु चलाउछौँ : भट्टराई

डिल्लीबहादुर खत्री
विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले देशभरका क्याम्पसमा समान्तर स्ववियु चलाउने बताएका छन् । नेकपा निकट अखिल क्रान्तिकारीको २५ औँ जिल्ला सम्मेलनको चौरजहारीमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । केन्द्रीय उपाध्यक्ष भट्टराईले भने सरकारमा रहेका नेताहरुले नै निजि विद्यालयमा लगानी गरेका छन् । जसले गर्दा नेपालमा समान शिक्षा लागू हुन सक्दैन, समान शिक्षा हुन नसकेमा जनवादी, वैज्ञानिक शिक्षा पनि लागू हुदैन । उनले भने, पुजीवादी शिक्षाको अन्त्य भई जनवादी शिक्षा लागू हुन शिक्षामा ब्यक्तिले होइन, राज्यले लगानी गर्नुपर्छ । अहिलेको शिक्षा नितिले विद्यार्थीलाई स्वाभिमान बनाउन सक्दैन उपाध्यक्ष भट्टराईले भने, ‘किनकि सरकारले विद्यार्थीलाई राजनीतिमा बन्देज गरेको छ । संसारका ठुलठुला परिवर्तनका आन्दोलनमा विद्यार्थी आन्दोलन अपरिहार्य रहेको छ ।’ “बुर्जुवा शिक्षा र शैक्षिक माफिया विरुद्ध कम्युनिस्ट विद्यार्थी आन्दोलन, वैज्ञानिक समाजवादी शिक्षा प्राप्ति सुदृढ संगठन र जुझारु नेतृत्व निर्माणको लागि २५ औँ जिल्ला सम्मेलन “ भन्ने उद्घाटन भएको सम्मेलन २ दिनसम्म चल्नेछ । संगठनका नि. वर्तमान जिल्ला अध्यक्ष सुरेन्द्र बस्नेतको अध्यक्षता रहेको उद्घाटन कार्यक्रममा पार्टी केन्द्रीय सदस्य मिलन, अटल लगायतको आथित्यता रहेको थियो भने संगठनका जिल्ला नि. वर्तमान सचिव प्रेम प्रसान्त बोहराको सञ्चालन र कोषाध्यक्ष हरि पुनको स्वागत मन्तव्य रहेको थियो । जनयुद्ध दिवसको अवसर पारेर उद्घाटन गरिएको सम्मेलमार्फत विभिन्न पार्टी परित्याग गरि २१ जनाले नेकपामा प्रवेश गरेका छन ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares