Home मुख्य समाचार सिम्लीमा कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव हुदै

सिम्लीमा कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव हुदै

2157
0

मेगराज खड्का
रुकुम
रुकुम पश्चिम सानीभेरी गाउँपालिकाको सिम्ली बजारमा कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव हुने भएको छ । यहि फागुन ८ गतेदेखि १६ गते सम्म महोत्सव चल्ने साँस्कृतिक उपसमिति संयोजक डिल्ली परियारले जानकारी दिए ।
उनका अनुसार महोत्सव मुल आयोजक समिति र कला, संस्कृति, पर्यटन प्रवद्र्धन मञ्च रुकुम पश्चिमले सयुक्त रुपमा महोत्सवको आयोजना गरेका हुन । महोत्सवमा कृषिजन्य उत्पादन अवलोकन तथा बिक्रिबितरण, रुकुम पश्चिममा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको अवलोकन भ्रमण र स्थानीय झाँकिरहेको प्रदर्शन गरिने छ । त्यस्तै संसारकै अग्लो चरा अष्ट्रिज, मुरुभुमिमा पाईने उट र रोटेपिङ लगायतका अन्य मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम पनि संचालन गरिने छ । चलचित्र क्षेत्रका नायकनायिका बिराज भट्ट, झरणा थापा सहित लोक तथा आधुनिक गीतका क्षेत्रमा क्रियासिल दर्जनौं कलाकारहरुको प्रस्तुती हुने महोत्सव मुल आयोजक समिति रुकुम पश्चिमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here