Home मुख्य समाचार रेडियो चौरजहारीको सञ्चालक समिति अध्यक्षमा गौतम

रेडियो चौरजहारीको सञ्चालक समिति अध्यक्षमा गौतम

2563
0

डिल्लीबहादुर खत्री
चौरजहारी
रुकुम पश्चिमको चौरजहारीमा सञ्चालनमा रहेको रेडियो चौरजहारीको सञ्चालन समिति परिवर्तन भएको छ । सोमबार टेकबहादुर गिरीको अध्यक्षमा भएको भेलाले ज्ञानु गौतमलाई अध्यक्षको जिम्मेबारी दिएको हो । १० सदस्सीय संचालक समिति टिकाराम ओली, जयलाल महतारा र महेश स्वर्णकार लगायतका रहेका छन । ३ जना चौरजहारी नगरपालिकाका वडा अध्यक्ष समेत हुन । सामुदायिक विकास अभियान नेपाल संस्था दर्ता गरि २०७३ सालदेखि रेडियो सञ्चालनमा ल्याइएको थियो । रेडियो सञ्चालन संस्थाको निवर्तमान अध्यक्ष दिवस पोख्रेल थिए । नयाँ टिमको जिम्ममा रेडियो आएसगै नयाँ जोस र जाँगरसहित रेडियो संचालन हुने अध्यक्ष गौतमले जानकारी दिए । ‘करिब १२ लाख जति रेडियोमा लगानी रहेको छ, नयाँ समितिले सेयर किनेको छ’ उनले भने । प्रत्येक सञ्चालन समिति सदस्यले कम्तिमा १ लाखका दरले शेयर लगानी गर्ने निर्णय गरिएको छ । रेडियोको केहि नयाँ ब्यवस्थापन गर्नुपर्ने भएकोले केहि समय रेडियो बन्द हुने र फागुन १ गतेदेखि नियमित प्रशारणमा जाने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here