Input your search keywords and press Enter.

रुकुम पूर्वको सदरमुकामको मुद्दा र दुरदर्शी निर्णयको खाँचो

बिशेश्वर रेग्मी

केहि दिन अगाडी राष्ट्रिय एक दैनिक पत्रिका (माघ ३, २०७५) मा छापिएको रुकुम (पश्चिम) जिल्लाको एउटा समाचारमा आँखा पर्यो । समाचारको शिर्षक थियो “भूकम्पको जोखिममा रुकुम (अध्ययन भन्छ ७.८ रेक्टरको भूकम्प आए ४ हजारको ज्यान जानसक्ने, ६०५ भवन भत्किन सक्ने“ । उक्त समाचार अनुसार जियो हजार्ड इन्टर्नेशनलले २ बर्ष लगाएर गरेको एक अध्ययनमा रुकुम पश्चिमको सदरमुकाम मुसिकोटका अधिकांश घर जोखिममा रहेको र उल्लेखित रेक्टरको भूकम्प आएमा ६०५ पूर्णरुपमा ध्वस्त हुने जनाएको छ ।
यहाँ उक्त कुरा किन उठाएको भन्दा अहिलेको रुकुम पूर्वको सदरमुकाम विवादको मुद्दासंगै २०३० साल अघि अर्थात ४४ बर्ष अघिको पृष्ठ्भुमीलाई केलाउन जरुरी देखिन्छ । २०१८ सालमा जिल्ला विभाजनसंगै प्रशासनिक सदरमुकाम रुकुमकोट रही रुकुम जिल्लाको जन्म भएको थियो । १२ बर्ष सम्म निकै फराकिलो भूबनावट क्षेत्र रहेको रुकुमकोटबाट आफ्नो चुनावी क्षेत्रको पाएक पार्ने सोचले राजपरिवारका नजिक पर्ने तत्कालिन नेताको भनसुनकै आधारमा अपर्याप्त जÞमिन, अप्ठ्यारो भूवनावट जस्ता प्राविधिक कुराहरुको बाबजुत पनि मुसिकोटको सानो ठाँउमा सदरमुकाम सार्ने काम भयो । जहाँ अहिले आएर ठुला भौतिक पूर्वाधारहरुस रंगशाला, बसपार्क, ठुला हलहरु आदी बनाउन पर्याप्त ठाँउ नपाउँदा समस्या झेलिरहेको छ । घरहरु भिर पखेरामा बनाउनुपर्ने बाध्यता भएको छ, जुन अति जोखिमयुक्त पनि छ ।

तत्कालिन समयमा रुकुमकोटबाट मुसिकोट सदरमुकाम सार्ने जुन निर्णय थियो, त्यो कुनै बस्तुगत तथा प्राविधिक अध्ययन बिना थियो साथै अदुरदर्शी नेता, जनप्रतीनिधीको सोचको परिणाम पनि ।
अहिलेको परिवेशमा आएर, त्यसबेला सारिएको सदरमुकाम उपयुक्त ठाँउमा थियो कि थिएन ? सदरमुकाम कस्तो ठाँउ उपयुक्त हुने रहेछ ? प्राविधिक पक्ष कसरी सबैभन्दा महत्वपूर्ण हुन्छ भन्ने कुरा अहिलेको यी अध्ययन रिपोर्टका तथ्यहरु र अहिलेको त्यहाँको बस्तुस्थितीले नै स्पष्ट गर्दछ कि कति अदुरदर्शी अबैज्ञानिक निर्णय थियो भनेर । अझ अहिले देशमा स्मार्ट सहर बस्ति निर्माण जस्ता प्रसङ्गहरु उठिरहेको यो परिबेशमा प्राविधिक पक्ष मुख्य आधार र निर्णायक हुनुपर्ने हो जस्तो लाग्छ ।
यहाँ मेरो आशय मुसिकोटलाई नराम्रो देखाउन खोजेको भन्ने कदापि होइन, मात्र टेक्निकल इश्युलाई उठाउन खोजेको हो । नेपाल संघीय संरचनामा गैसकेपछि नेपाललाइ ७७ जिल्लामा बिस्तार गर्यो । २०७४ साल रुकुम दुई भागमा बाँडिएपछि नेपाल सरकारको मन्त्रीपरिषसदको निर्णयानुसार रुकुम पूर्वको सदरमुकाम रुकुमकोट कायम गरि तत्कालिन गृह मन्त्री माननीय जनार्दन शर्माले रुकुमकोटमा सदरमुकाम उदघाटन गरेका थिए। अन्य भौतिक पूर्वाधारको निर्माण समेत थालिएको र एक हिसावले त्यो बेलासम्ममा भित्रिरुपमा जे भएपनि बाहिरी रुपमा रुकुमकोट सर्वमान्य जस्तै रहेको र कतैबाट पनि बिरोध हुने खालका प्रसंग नै उठेका थिएनन् । तर २०७४ साल माघ ११ गरे एकाएक रुकुमकोटबाट रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका १२ गोलखाडामा सार्ने निर्णय देउवा सरकारको मन्त्रिपरिषद्ले आफ्नो कार्यकाल सकिंदै गर्दा हतार हतार गरेको थियो । उक्त निर्णय पनि ४४ बर्ष अघिको राजाको ठाडो तोक आदेशमा निर्णय भए झैं शेरबहादुर देउवाको सरकारको कार्यकालको अन्त्यतिर २र४ जना तत्कालिन सरकारपक्षिय कार्यकर्ताको कुरालाई आधार बनाएर गरेको कुनै प्राविधिक पक्ष तथा बस्तुगत अघ्ययन बिनाको एक अपरिपक्व निर्णय थियो।

रुकुमकोट जस्तो फराकिलो भूबनावट, प्रयाप्त समथर जमिन भएको ठाँउबाट अपर्याप्त जमिन, भिरालो भूवनावट, सानो सिमित ठाँउमा सार्ने भन्ने निर्णयले अझै हाम्रो देशका नेता तथा नेतृत्ववर्गको अदुरदर्शिता र हचुवापन चाररपाँच दशकको अवधिमा पनि फेरिन नसकेको कुरा स्पष्ट देखिन्छ ।
त्यसैले अब यो युगमा हामिले कुनै भावना, जातियता वा आफ्नो पाएकभन्दा पनि प्राविधिक (टेक्निकल) पक्षलाई महत्व दिन अत्यावश्यक छ जुन बैज्ञानिक तथ्य पनि हो । नेपालको प्रदेशका केन्द्र तोक्ने सवालमा बिज्ञहरुले प्रशासनिक केन्द्र बनाउँदा लिनुपर्ने केहि प्रस्तावित सुझावहरुलाई हामिले पनि आधारको रुपमा लिन सक्छौं । जस्तो कि भौगोलिक भबनावट पुर्वाधार सेवा विस्तारमा सहजता जस्ता प्रविधिक पक्ष समेटिने ठाऊ, जनघनत्व अनुरूप सेन्टर, बाताबरणिय एवं हावापानी मैत्री

भौगोलिक भुबनावट पुर्वाधार सेवा विस्तारमा सहजता जस्ता प्रविधिक पक्ष समेटिने ठाऊ

आजदेखी १०/२० वर्ष पछिको मात्र नसोचेर कममा पनि ५०/६० वर्ष पछीको स्थितिलाई मध्यनजर गरेर योजना बनाउन जरुरी देखिन्छ । ४० बर्ष नहुँदै मुसिकोट कस्तो अवस्थामा पुगिसकेको छ हामीले नजिकैको उदाहरण देखिसकेका छौं । प्रशासनिक केन्द्र भैसकेपछी त्यस क्षेत्रको जनघनत्व स्वभावतस् बढ्छ, जनसंख्या बढ्न जान्छ, बिभिन्न भौतिक संरचनास बाटो, ढल निकास, खेलकुद मैदान, सरकारी भवनहरु, सभाहल लगायत भौतिक पूर्वाधारको लागी प्रयाप्त जमिन तथा ठाँउको आवश्यकता पर्दछ, दुरगामी दृष्टिले हेर्ने हो भने त्यो कुरा गोलखाडा जस्तो भिरालो, सिमित ठाँउमा सम्भव छैन, रुकुमकोट जस्तो फराकिलो, समथर ठाँउ, खाली जमिन प्रशस्त भएको हुँदा उपयुक्त ठाँउ हुन आउछ । अझ यी कुराहरुलाई मध्यनजर गर्दा रुकुमकोट जतिकै मिलेको भुबनावट र प्रयाप्त ठाउँ रुकुम पूर्वमा अन्त छैन भन्ने कुरा सबैलाई अगवत नै छ । गोलखाराको धेरै जमिन भिरालो भएको हुँदा भौतिक पूर्वाधारको निर्माणसँगै भुक्षय, पहिरो जस्ता प्राकृतिक प्रकोपको जोखिम रुकुमकोटको तुलनामा बढी संभावना देखिन्छ ।

जनघनत्व अनुरूप सेन्टर
हो अवश्य पनि सदरमुकाम भौगोलिक सेन्टर हुनुपर्छ कस्तो अबस्थाभन्दा बस्ति र जनघनत्व जिल्लाको सबै भूभागमा सन्तुलित अनुपातमा रहेको छ भने । रुकुमपूर्वको परिबेशमा जति पूर्व वा उत्तर पूर्वमा गयो त्यति जनघनत्व कम पातलो बस्ति छ भने दक्षिण र पश्चिमतिर बाक्लो बस्तिहरु रहेर जनघनत्व पनि बढी छ । अझ ढोरपाटन शिकार आरक्षको जम्मा क्षेत्रफलको ६०५ भन्दा बढी रुकुम पूर्व जिल्लाको पूर्वी क्षेत्रमा पर्दछ अर्थात बस्तिबिहिन छ ।
भौगोलिक केन्द्रबिन्दुको हिसाबले गोलखाडा सेन्टरमा परे पनि जनघनत्वको हिसावले अन्य दुई गाँउपालिकाभन्दा उत्तर पुथा गाँउपालिकको निकै कम अर्थात ३२% मात्र छ साथै भूमे र सिस्ने गाउँपालिकाका अधिकांश वडाहरुलाई मध्य पहाडी लोकमार्गको सुगमताले गर्दा रुकुमकोट नै पायक पर्ने देखिन्छ ्र सेन्टरलाई आधार मानेर गोलखाडामा हुनुपर्ने जुन माग छ यदि त्यसो हो भने डोल्पाको सदरमुकाम दुनैमा नभएर जिल्लाको भौगोलिक केन्द्रमा रहेका गाँउहरु रह गाँउ अझ भन्नुपर्दा धो गाँउहरु तिर रहनुपर्ने होईन र ? किन रुकुम जिल्लाको सिमानामा रहेको दुनैमा नै रह्योभन्दा जनघनत्व तलतिर बढी छ । साथै सेन्टर कै कुरा गर्ने हो भने जाजरकोटको सदरमुकाम पनि रुकुम पश्चिमको सिमानासंग जोडिएको खलङ्गामा नभएर अझ पश्चिम अथवा सेन्टरमा सार्नुपर्ने होईन र ? संगै छुट्टिएको जिल्ला रुकुम पश्चिमको पनि त्यस्तै कुरा आउला, छिमेकी जिल्लाहरुका सदरमुकाम पनि सेन्टरमा छन् कि छैनन हेरौं न !त्यसैले प्रशासनिक केन्द्र अर्थात सदरमुकाम बढीभन्दा बढी जनताले सुलभ तरिकाले सेवा लिनसक्ने बाक्लो बस्ती, जनघनत्व धेरै भएको ठाँउमा हुनु एउटा बलियो आधार हो । अहिलेको लोकमार्ग र अन्य बाटोको पहुँच र सुविधालाई हेर्ने हो भने भूमे र सिस्ने गाउँपालिकाको सबैजसो वडाहरुलाइ रुकुमकोट आउन सहज हुन्छ । त्यो हिसावले यहाँ भौगोलिक सेन्टरको त्यति महत्व देखिंदैन ।

बाताबरणिय एवं हावापानी मैत्री
दुवै ठाँउको भौगोलिक उचाईलाई हेर्दा गोलाखारा समुन्द्र सतहदेखि लगभग २३ सय मिटर उचाईमा पर्छ भने रुकुमकोट लगभग १२ सय मिटरको उचाईमा अवस्थित छ । रुकुमकोटभन्दा बढी उंचाईमा गोलखाडा रहेको हुँदा बर्षको लगभग ५÷६ महिना चिसो हुने, केहि समय हिउँ पर्ने हुँदा प्रशासनिक सेवा तथा कार्यहरु प्रभावकारी रुपमा सम्पादन हुनलाई समस्या आउने देखिन्छ । यस्तो अवस्थामा कर्मचारीहरुको रोजाइमा पर्न नगएर कर्मचारी अभाव हुने, त्यसको परिणाम प्रशासनिक सेवा कार्य सम्पादनमा समस्या आएर चुस्त एवं दुरुस्त सेवाबाट सेवाग्राही बन्चित हुनुपर्ने स्थितिको सृजना हुनसक्ने संभावना देखिन्छ । त्यसैले मौसमी बातावरणलाइ पनि मध्यनजरमा राख्दा रुकुमकोट नै उपयुक्त देखिन्छ ।
कुनै पनि बस्ति, सहर निर्माण त के एउटा घर निर्माण गर्नपूर्व पनि भू(बनावट, जमिनको प्रयाप्तता, वातावरणिय प्रभाव, प्राकृतिक जोखिमका संभावना, जोखिम व्यबस्थापन जस्ता प्राबिधिक पक्षलाई आधार लिएर सुक्ष्म अध्ययन गरेर मात्र काम गरिन्छ भने प्राशासनिक केन्द्र स्थापना गर्दा त झन् यी पक्षहरुलाई कुनै पनि हालतमा नजर अन्दाज गर्न मिल्दैन । गोलाखारा पक्षले पनि यो निर्णय भैसकेपछि आशा राख्नु, पाउनुपर्छ भन्ने आवाज उठाउनु अत्यन्त जायज छ र उहाँहरुको अधिकार पनि हो तर हामी भावनाभन्दा प्राबिधिक पक्ष हेरौँ मनन गरौं। रुकुम पूर्वको माथिल्लो भाग पछाडी परेको छ भनिए पनि वास्तवमा तुलनात्मक हिसावले हेर्ने हो भने बैदेशिक रोजगारी, व्यापार, जडिबुटिको श्रोत आदिमा अघि भएकोले जिल्लाको परिबेशमा तल्लो भेगभन्दा बढी आर्थिक सम्पन्न छ। हो, सामाजिक पक्षलाई हेर्ने हो भने अवश्य पनि पूर्वाधार बिकास, स्वास्थ्य , शिक्षा, आदिमा बिशेष प्राथमिक दिनुपर्ने क्षेत्रको रुपमा रहेको कुरा अकाट्य नै हो यद्यपि समग्र जिल्ला हेर्दा त्यति सम्पन्नको रुपमा त तल्लो भेगलाई पनि लिन सकिंदैन ।

रुकुम पूर्व जिल्लाको एकीकृत बिकासको लागि हरेक क्षेत्र भू(भाग बिकासका हरेक पक्षले छुन जरूरी छ । त्यसैले स्वास्थ्य, शिक्षा, पर्यटन बिकास, पूर्वाधार बिकास, इलाका स्तरिय प्रशासनिक सेवाको सहजता, स्थानिय स्तरमा रोजगारीका अवसरहरुको सृजना जस्ता पक्षलाई माथिल्लो क्षेत्रमा बढी भन्दा बढी प्राथमिकता दिएर सदरमुकामको मुद्दालाई प्राबिधिक पक्षलाई मध्यनजÞर गरेर व्यबस्थापन गर्नु सबैको लागि हितकर छ । आशा छ, यो युगमा पनि हामी प्राविधिक पक्षलाई नजर अन्दाज गरेर रुकुम पूर्वको सदरमुकाम, ४४ बर्ष अघिका अदुरदर्शी नेताहरुले गरेको जस्तो निर्णय दोहरिने छैन भन्ने हामी जनता जनप्रतिनिधिहरु र राजनैतिक पार्टीका अगुवाहरु सोहि अनुरुप वातावरण निर्माण गर्न पहलकदमी लिनुहुनेछ भन्ने आशा गर्दछौं ।
तपाईहरु कति दुरगामी, बैज्ञानिक र फराकिलो सोच राखेर पहलकदमी लिनुहुन्छ यो जनताले हेर्ने मौका पनि हो । चाहे गोलाखारा चाहे रुकुमकोट, हाम्रै रुकुम पूर्वका ठाँउ हुन हुकाम मैकोटदेखि भल्खोला अनि चुन्बांग देखि सिस्ने हिमालसम्म हामी सबै एकै जिल्लावासी हौ हाम्रो समान अधिकार छ, हाम्रो जिल्लालाई नमुना जिल्ला बनाउने हामी सबैको उत्तिकै जिम्मेवारी छ, गोलाखारा पछि परे समग्र रुकुम पछि पर्छ अनि हुकाम मैकोटदेखि चुन्बांगसम्म समानरुपले अघि बढ्नुपर्छ भन्ने सबैको चाहना र भावना अनुरुप अब उप्रान्त हामि आगाडि हिड्न सकेनौं, अल्झियौं भने यसले दुरगामी असर पार्छ । अब अति भयो हामी जनता यो किचलोमा नफसौं, छिटो निकास दिन संगै दबाब दिउँ, सामाजिक सद्भाव बढाउँ र नमुना जिल्ला निर्माणमा लागौं । यो सदरमुकामको मुद्दा अघिसम्म रुकुमकोट र माथिको जुन आत्मियता, सद्भाव र भाइचारा सम्बन्ध थियो, त्यसैलाई कायम राखौं, अझै प्रगाढ बनाऔं।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *