Input your search keywords and press Enter.

आन्दोलन र बन्दको काईदा : ह्याँती गर्ने कुरा

एमएल ओली

तवाँइको बन्द शब्दको सुरुवात कहिले र कोद्वारा भएको हो ? यसको इतिहास जान्ने उइलैको इरादा हो । खोज्दा नमिल्ने के छ र ? चारै दिशा र आकाशदेखि पत्तालसम्म खोज्न राँको बालियो । यसरी खोज्दा नभेटिने कुरै नै । खोजेको चिज मिल्दा ढुक्क भई टिन्सन र तनाब समाप्त । यो काँतियौँ फरदङ्ी रह्छ जाबो बन्दको लागि यसरी भौँतारिने भनिकन कतिपयलाई काउकुती लाग्न सक्छ । कसैलाई लुतो लागोस् या काउँछो, अनौठो लागोस् या बिनौठो । ह्याँ, आपूmँले बर्तादिन टन्न खाइकन होस् या त्यारादिन भोकै बसिकन होस् बन्दको नाइटो भेटारै छार्रयो । ऐले त यसको हररर….आउँने वासनाले सबैलाई छुन्छ । अबका दिनमा बन्दका विषयमा अनुसन्धान गर्न चाहनेलाई कतै भौँतारिनु वा तपस्या गर्नु पर्दैन । बेलीआज तवाँइको जान्ने, नजान्ने, बोल्ने, नबोल्ने सबै ज्ञाता । तवाँइन कस्तो लायो ? मङ्न ता अहिलेसम्मका सबै तन्त्रको उपलब्धी मध्ये बन्द नै प्यारो लाउँछ । म मात्रै हो र ? सारा नेपाली जनतामा बन्दको चेतना कति छ भनी जान्न चाहनेहरूले ठार्ठारै पाउँछ ।

बन्द ज्ञाताको हैसियतले यसका फाइदा र काइदाहरू पेश गर्दा गुन्जायस मिल्छ कि भन्ने लाउँछ । बन्दका जनकलाई भने ऐलै घोषणा नगरी हालौँ । त्यसो गर्दा कसैको पित्त दुख्नसक्छ । सुन्यानुसार भित्रभित्रै बन्दका बिरुद्ध खुल्ला गर्नेको जमात पनि बढिराछ रे । यसको खुलासा वायुमण्डलको खोप्या स्थानका सुराकबाट आको रे । उइछारी, आँपूmलाई पनि तक्मा छनौट समितिको नजरले भेट्छ कि भन्ने शंका लाउँछ । अरु कुरा छारौँ तवाँइको बन्दका काइदा सुन्नेलौँ । हिसाब बन्द गर्दा खरबारे झुपडीले दरबारको जुनी फेर्ने, पिसाब बन्दले पर्लोक प्राप्त हुने, निसाफ बन्दले ठाउँको ठाउँ न्याय मिल्ने, सदाचरीको धनबहादुर, डलरसिंह र सुनाखोरी कालो नहुँने, लाखौ खाप्चाले अमृत निली गँु छाद्न नपर्ने, कार्यालय जान ठिक्क भएको बेला बन्दको बासना सहित पोशाक फुकाल्दा बेग्लै मजाको स्वाद मिल्ने, दारीसारी बीचको ककारी चट, ओछ्यानमै लोट्दा गारीगुरी नलाग्ने, पाठशाला र कलेजमा जुद्ने नजरले सुस्ती पाउँने, लाखौं लाख पाउगासे र शिरपोषेहरूले विश्राम लिने, हजारौं ढेलदासीहरूले ग्यास्टिकको गन्ध सुङ्न नपर्ने । सीमित संख्याका भ्रष्टचारी, दुराचारी, व्यभिचारी र दललाल जुका पिउँसाहरूलाई पर्ने थोरै लोक्सान बाहेक दुईत्याई जनलाई काइदै काइदाहरू छन् । उइछारी, ट्याम लागे कुनै बेला जोखौंला ।

बन्दको यत्रो काइदा हुँदाहुँदै यसको गन्धले वाक्क बनायो भन्नेहरूलाई प्वाक्क दिउँ कि भन्ने भ्mवाँक चल्छ । यति मिठो वासनालाई गन्ध ठान्नेहरूको नाँक्चामा जुका नपर्ला र । तवाँई आँफै अनुमान गर्न सक्नु हुन्छ एक दिनको बन्दले कतिजना यात्रुको पोषण तत्व रोकिन्छ ? बन्द सम्बन्धी यो किस्सा सुनाऔँ जस्तो लाः । “उहिल्यैका जुगमा आमालाई बन्दका दिन जर्माउने तीब्र इच्छा लाएछ रे । त्याँट सुटुक्क गुफा भित्रको सुपामा टुसुक्क बसिकन ठ्याँस्ठ्याँस् गर्न थालिछिन् रे । कस्तो ब्याड लक ? उनीका भुरीभित्र चुम्ल्या जन्तु रह्छन् । बिस्तारै कन्दा पनि तवाँइको पाटेघराँ तिखा कने तन्नेरीहरूले टाँठ्ठै सुन्नेल्या छन् । त्याँट हाम्लाई बन्दका दिनमा खुल्ला गर्न पाइन्न पाइन्न भन्दै नारा छन्काई तमासा गरे छन् रे । यसरी चर्काजर्का नारा सहितको खबरदारी जुलुसले उनको इच्छालाई तुसारापात गराए छ रे । बराठ सोजी आमा उदार भई ठ्याँस.. छाडीकन वार्तामा डाकिछिन् । वार्तासार्ता छारीकन भित्रा ज्वाँनाहरूले जार्ता गर्दै चर्को स्वरमा बिरोधमा उत्रेपछि बाध्य भई उनीले जर्माउने म्याद सारिछिन् रे ।” यो किम्बदन्तिले बन्द उहिल्यैदेखि चलि आछ भनिकन ठान्नियो । यसरी हाम्रो देशमा बन्द शब्द यति प्यारो भको छ कि कुरै नगरौँ । ह्याँती गर्ने कुरो, देश विदेशमा समेत स्थापित भइसकेको बन्दको ब लोकप्रिय भइसक्यो । बन्दप्रेमी हुनुको नाताले भोलीका दिनहरूमा बन्द रुकुम वा नेपाल मात्र नभई यसको क्षेत्र फराकिलो पार्ने कर्सत थाले कसो होला ?

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *