Input your search keywords and press Enter.

एक घण्टापछि खुले सरकारी कार्यालयहरु

सर्जना कार्की
रुकुमकोटमा आज बन्द भएका विद्यालयहरु र सम्पूर्ण सरकारी कार्यालयहरु एक घण्टापछि खुलेका छन् । सदरमुकाम विवादको विषयमा भइरहेको आन्दोलनले गर्दा बन्द भएका विद्यालयमा पठनपाठन र कार्यालयहरुमा सरकारी कामकाजहरु पुन सुरु गरीएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए ।

सदरमुकाम विवादको विषयमा रुकुमकोटमा आन्दोलनका कार्यक्रमहरु गर्ने कुरालाइ लिएर रुकुमकोटबासी र गोलखाडाबासी बिच शनिबार साझ र आाइतबार बिहान जिल्लान्दोलन चलिरहेको ठाउँ रुकुमकोटमा अर्को पक्षको टोली आएर आन्देलनका कुनै कार्यक्रम गर्न नदिने र कार्यक्रम गरीहाले पनि अप्रीय घटना घटेपछि त्यसको जिम्मेबार आफुहरु नहुने बताएपछि बार्ता बिनानिष्कर्ष टुङगीएको हो । दुवै पक्षले यस विषयलाइ प्रशासनमा जिम्मा लगाएका छन् ।

जिल्लाको सुरक्षा व्यवस्था मजबुत रहेको र कुनै अप्रीय खालका घटना घट्न नदिने प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए ।

रुकुम (पूर्व) मा सदरमुकामको विवाद विचाराधिन रहेतापनि जिल्लामा भने विवाद बढ्दै गएको छ । रुकुमकोट सदरमुकामको पक्षमा आन्दोलनरतहरुले गर्दै आएको आन्दोलन थप सशक्त बन्दै गएको छ । रुकुमकोट र त्यस आसपासका नागरीकहरु विगत एक वर्षदेखि आन्दोलनरत छन् ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *