Input your search keywords and press Enter.

महोत्सवबाट उठेको रकमबाट साबर्जनिक शौचालय बनाईने

डिल्लीबहादुर खत्री
चौरजहारी
रुकुम पश्चिम चौरजहारी नगरपालिकामा उद्योग वाणिज्य संघ चौरजहारीको आयोजनामा यही फागुन ७ गतेदेखि १७ गतेसम्म साँस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ । कृषि , पर्यटन , कला र ब्यापार विकासको लागि महोत्सवको आयोजना गरिएको हो । १० दिनसम्म सञ्चालन हुने महोत्सवमा महा नायक राजेश हमाल देखि जन गायक जीवन शर्माको प्रस्तुत रहने बताइएको छ । महोत्सव प्रचारप्रसार समिति संयोजक यदु आचार्यका अनुसार कलाकारहरु बिराज भट्ट , सुस्मा अधिकारी , हेमन्त राई , प्रकाश सपूत , मेलिना राई लगायत राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुत रहने छ ।

उनका अनुसार महोत्सवको अवधिभर भेरी नदिर्मा याफ्टिङको ब्यवस्था मिलाइने छ भने कृषि , पर्यटन र ब्यापारीक स्टलहरु पनि राखिनेछ । महोत्सवबाट नगरपालिका भित्रका पर्यटकिय स्थलहरुको विकास गरिनेछ संयोजक आचार्यले भने लोक संस्कृति झल्कने किसिमको सिँगारु , पैसेरु जस्ता नाच पनि प्रस्तुत गरिनेछ । त्यस्तै चौरजहारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम सुनारले भने महोत्सवबाट संकलन भएको रकमबाट उद्योग वाणिज्य संघको भवन निर्माणसँगै भ्याली भित्र सार्वजनिक शौचालय निर्माण गरिनेछ । यसअघि नगरपालिकाले पहिलो नगर सभाबाट नै बजार क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्ने भनेपनि अहिलेसम्म निर्माण गर्न सकेको छैन् ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *