Input your search keywords and press Enter.

चौरजहारीका सबै माबि इन्टरनेटको पहुँचमा

डिल्लीबहादुर खत्री
चौरजहारी
रुकुम पश्चिम चौरजहारीका सबै माध्यमिक बिद्यालयहरु इन्टरनेटको पहुँचमा जोडिएका छन् । प्रविधि मैत्री शिक्षा लागू गर्नको लागि बिद्यालयमा इन्टरनेट जोडिएको हो । नगरपालिकाका ११ वटै माध्यमिक बिद्यालयमा वल्र्ड लिंकको इन्टरनेट जोडिएको बताइएको छ । अहिले माध्यमिक बिद्यालयमा इन्टरनेट जोडिएको छ । ‘अब नगरपालिकाका सबै बिद्यालयमा इन्टरनेट जोड्ने योजना बनाएको छौँ’ नगर शिक्षा शाखा प्रमुख धनन्जय आचार्यले भने, ‘इन्टरनेट जडानले शिक्षण शिकाईमा सहज हुनेछ । आगामि आर्थिक बर्षसम्म ८ कक्षासम्मका बिद्यालयमा इन्टरनेट जोड्छौँ त्यसपछि सबै तहका बिद्यालयमा इन्टरनेट जोडिनेछ त्यसकै पुर्वाधार तयारी गर्दैछौं ।’ इन्टरनेट जडान पछि प्रविधि मैत्री शिक्षा लागू भई बिद्यार्थीलाई शिक्षण सिकाईमा सजिलो भएको छ । जसले गर्दा बिद्यार्थीमा नयाँ कुरा खोज गर्नमा उत्सुकता पैदा गरिदिएको छ । बिद्यार्थीहरुमा प्रविधि मैत्री शिक्षा सिकाइमा चासो बढ्दो भए पनि बिद्यालयहरुमा आवश्यक भौतिक पुर्वाधार नहुँदा कतिपय समयमा भने समस्या हुने गरेको पनि उनको भनाइ छ । उता जनकल्याण माध्यमिक बिद्यालय सानाखोलाका शिक्षक खडक रोकाले भने बिद्यालयमा वल्र्ड लिंकको इन्टरनेट जोडिए पनि प्रविधि मैत्री शिक्षण सिकाइको लागि सहयोग पुग्न नसकेको बताए ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *