Input your search keywords and press Enter.

सहिदको सम्झना : ह्याँती गर्ने कुरा

एमएल ओली

आज सहिद दिपस भएकोले सर्वप्रथम ग्याँत अग्याँत अमर सहिदहरूलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उइलैका जुग्नु दिनदिनै सहिदहरू बन्ने ताक्नु सहिद भन्ने पाठ पराइकिन सहिद दिपस मनाउन डुक्र्यिाँ भन्नु हुन्च र । ह्वाम्ची ता पर पुग्या मान्सलाई डाक्किन चिनारुले “क्या हो त्यो सइद दिपस भन्याउँ ?” सोदिकिन डल्याल्या हउर । फर्काउ साट्टो फेर्ने यई मौका हो भन्ने ठर्रालेँ हेर्ने । ह्वाँ, भाषण गर्न पाइन्चै पाइन्न ? एकजना दर्सकलाई एकलाक जस्तो मानिकिन तमाई हाम्रो देशमा विभिन्न दिपसहरू पर्ने गर्चन् । प्रजातन्त्र दिपस, गणतन्त्र दिपस, बाल दिपस, शिक्षा दिपस, संविधान दिपस, सहिद दिपस लगाइतका दिपसहरू पर्दछन् । हरेक साल माग्गा १६ गत्या सहिद दिपस पर्च । होइक्कि होइन ? आज मागौं १६ गत्या तम्माइलाई पनि था हुनु पर्ने हो ? खैर केइछैन । एक जना विद्धानले “हुँदैन बिहान मिरमिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुइचार शपुत मरेर नगए ।” लेख्या थ्या नि । आज तम्माई हाम्मी तिनै सहिदको त्याग, तपस्या र बलिदानीले गर्दा……ञसम्म आएका हौं । हो कि होइन ?

जान्नी नजान्नी भइया पनि बोल्नु ता पर्रियो हेर्ने । आफ्नो देश, संस्कृति, अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तीका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्तिलाई सहिद भनिन्च । सहिदहरूको सम्झना गर्दै उनीहरूप्रति श्रद्धाञ्जली प्रकट गर्ने विशेष दिनलाई सहिद दिपस भनिन्च । सहिदहरूको सम्झनामा श्रद्धाञ्जली प्रकट गरिने सप्ताहब्यापी कार्यक्रमलाई सहिदसप्ताह भनिन्च । हाम्रो देश नेपालमा प्रत्येक वर्ष माग्गा १० गत्यादेखि माग्गा १६ गत्यासम्म विभिन्न कार्यक्रमका सात यो दिपस मनाउने गरिन्च । मेरो कुरा उन्ले खुप्पै ध्यान दिइकिन सुन्याथ्या । मग्न धेरै हत्तार थ्यो ह्वाँको भाक बोल्ने । त्यसैले कुरो छोट्याएँ निक्ल्यिाँ । लहस्टमा बुज्या नबुज्याउ सोद्ने ता बिस्र्योछ हेर्ने । बाँकी कुराकानी आइसेलौं सहिद दिपसमा सुनाउला भन्ने ठान्याउ थ्याँ । दुइचार मैनापछि उनी सहिद भइया छन् हेर्ने । आँपूm ह्याँ चक्को ठूटो समाइकिन ट्यार ट्यार गर्दागर्दै उनी ता महान सहिद भइया छन् यार । ह्याँ, देश र जनताका निम्ति रक्तौं खोलो बगाउने वीर सहिदहरूका सुइना अदुरै छन् । सहिदौं सप्ना साकार पारौं । त्याइँ पुग्दा सहिदौं सङ्ख्या बर्ने हुँनाले टारैबाट श्रद्धाञ्जली अर्पण गरियो ।

गाउँघर सहरबज्जार, वनजङल, बाटोघाटो, पानीपँध्यारो, जत्तातत्तैका तन्नेरी तरुनी मात्र काँ हो र ? दुक्खभरी खाइकि सुक्ख भेट्नै लाहरू पनि सहिद भया छन् । पाट्याघर, छान्याघर, ढुइँया घर बिल्डिङ घर र दरबारन्वा सिमेत सहिद भइया । देशलाई चाइयो भन्या जो पनि सहिद बन्नु पर्ने रैछ भन्नु हुन्च र । यो सहिद बन्ने परिपाटी कइलदेखि भयो होला भन्ने खुल्दुली नलाया पनि लाग्नै पर्च । सत्ता पक्षले आफ्नो शासन(राजकाज) बचाउन, अर्को पक्षले आफ्नो राज ल्याउनलाई मान्छे मार्नै पर्ने रिती उइलैबाट चलाल्या छन् । नेपालमा सहिद बन्ने परिपाटी राज्यसत्ताको सुरुवातीसङै भयो होला भन्ने सङ्का लाइयो भन्नु हुन्छ र । सहिद बिन्नै राज्यसत्ता हात पार्ने गाई वम्सीहरू मात्रै हुन कि जस्तो लाक्च । मेरो अख्यानमा, त्यो पनि गाईहरू सोज्जी हुनाले मात्रै त्यो औसर मिल्याउ हुनुपर्च । तमाइका बल्दवंशी आउभया दुईचाटा बर्याबाच्छाहरू ढालेल्ने थ्या हेर्ने । त्यो भन्दा पनि आँज्ज, सिरिङ्या र निरिङ्या राङ्ङा, डाङ्ङा, बोक्या, साँर्रा, घोर्रा र भाल्या वम्सी फेला पारयाउ भया झन क्या क्या हुँन्त्यो नकुरा गरौं । ह्वाँपच्चीया ता क्यार्न कुरा गर्ने हो र ? भैस्या वम्सी, किराँती, लिच्छवी, मल्ल, नेपाल एकिकरण, अंग्रेजीसितौं लराई, राणकालीन तीन पर्व, शाहकाल, झापा विद्रो, जनयुद्ध, जनआन्दोलन हुँदै याँसम्म आइपुग्दा करिपन एक दसकक्को जनसङ्या जत्तिकै हुनुपर्च तमाई हाम्रा सहिदको संख्या ।
पइलो सहिद लख्खन थापादेख्खि अघ्यिा फाट्ने हो भन्या कति हुनन् ? तमाई हाम्ले औपचारिक कार्यक्रम गर्दा ज्ञाँतअज्ञाँत भनिकिन कापा कटाल्चौ र प । भन्ने मुख्खैती हो, कइलै ता सहिदलाई सम्जिदा एक मिनेटको मौन धारणमै घोटाला होइन्च हेर्ने । एक मिन्टसम्म पनि उम्मिना खुख्खले आदा मिनेटमै माम्ला खत्तम । भनु भन्या त्यो गति नभनु भन्या जल्यो धोत्ती भन्दाइनी क्यर्दान र ? बोल्नेहरूले मनौं लक्धरी फालेल्चन् । नबोल्नेहरू उई चुल्हाछेउती आप्नै बड्डिसित कचकच गर्यो तितोपिर्रो झार्यो । उता तमाई हाम्रा सहिदले कत्रो सुइना देख्याथ्या । अइल हुक्कितुत्तिकिन सहिदले सिमेत यस्तो बिल्लरी गाउँचन् गरे भन्ने सुन्नामाउँछ क्या भनौं र खोई तम्लाई सुक्खै भो, हाम्लाई र्वायौ होई । भुत्राउ सुक्ख हुनु ? कुरास्ता कुरा गर्ने हो भन्या, ह्याँ झन हरिबिजोकछ भन्नु हुन्च र । उत्तैनु थल्लया, उत्तैनु हल्लया, कत्तैनु ठोक्या कत्तैनु ढोक्या, कोई झुक्किया, कोई सुक्किया कत्ति हो कत्ति ? धेरै कति खोर्सिने हो र ? दूद्भात छिराउने यो चोक्खो खाप्चानु रछ्यानौं छिटो पर्ला र ? नहुँन्नाउ झन शत्तुर्रा मुख्ती मित्तुर्रौ हाँस्सो होला । ह्याँती गर्ने कुरा, सप्पै आफन्ती भइयाबेला तमाई हाम्रा सहिदहरूका सुइनाहरू साकार पारेल्ने होई भन्नु हुन्च ? भाइरबाट कोई लिखक कलाकार आइकिन शहिदहरू हाँसिरहेका, नाचीरहेका, गाइरहेका भन्द्यिापची तमाई हाम्रै नाक्चो ठार्रेला क्यारै ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *