जयमान बुढा मगर
रुकुम पूर्वका विभिन्न स्थानमा हिउँ परेको छ । साविकको रुकुम जिल्लाालाई दुई भागमा विभाजन सरकारले गरे पछि रुकुम पूर्वलाई हिमाली जिल्ला बनाएको हो । पुथा उत्तरगंगा गाउँपालिका, भूमे गाउँपालिका र सिस्ने गाउँपालिका तीन गाउँपालिकाले बनेको जिल्ला रहेको छ । यस तीन गाउँ पालिकामा अधिकांश क्षेत्रमा हिउँदे समयमा पानी प¥यो भने हिउँ नै पर्ने गर्दछ । गत बुधबार देखि यता हिउँ अनि पानी निरन्तर परिराखेको छ । अझै पनि मौसम खुलेको छैन् । हिउँ अनि पानी साथ–साथै परिराखेकोे हुनाले हिउँ छित्छिटै पग्लि राखेको र हिउँ पर्दा नि छिटै बसिराको छैन् । हिमपातले जनजीवन प्रभावित बनेको छ । किसान भने बाली सप्रने आसले खुसी भएका छन् । लेक देखि बेँसी सम्ममा सेताम्य भएको छ ।
घर आगन, बारी, चौतारी तथा वन जंगलमा हिउँले झकिएका छन् । यहाँका नागरिक हिउँसंगै रमाई राखेका छन् । हिउँदे बालीको लागि मल भन्दा पनि जलको आवश्यक्ता रहेको भूमे गाउँपालिका वडा नम्बर २ गाबाङका स्थानीय बीर बहादुर बुढाले बताउनुभयो । ‘हिउँ होइन घ्यू हो’ किनभने हिउँदे बालीको राम्रो उब्जन हुने र वर्षे बालीको लागि पनि माटो मलिलो बनाउछ र वर्षे बालीको उब्जनमा ठूलो सहायता पु¥याउछ बुढाले भन्नु भो । ‘त्यसैले हिउँ प¥यो भने सुविकाल र हिउँ नपरेको सालमा अनिकाल हुने गर्दछ ।’ कुनै लेकको नाम पुकारेर कानास्वार खेलेर हामी हिउँसंगै रमाउने गर्दछौँ बुढाले भन्नु भो, जस्तै बोप्पाबाट हिउँ आयो कानास्वार–स्वार अनिकाल गयो सुविकाल आयो कानास्वार–स्वार भनेर प्रत्येकको छिमेकको घर–घरमा खेल्द छौँ र उक्त घरपतिले पिठो दिने गर्दछन् त्यस पिठो जम्मा गरेर सबैको जमघटमा खाने कुराको परिकार बनाएर खुसीयाली बनाउने गरेको बुढाले जानकारी दिनुभयो । यहाँका किसानका बारीमा अहिले गहुँ, जौ हुर्किदै छ ।
हिउँदमा हिउँ परेपछि उत्पादन बड्ने गरेको भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो । ‘हिउँले बाली उत्पादन हुनेमा ढुक्क छौँ,’ उहाँले भन्नु भो, गहुँ जौ पाक्ने समयमा असिना परेन भने हामीले हिउँदे बालीबाट टन्न अन्न भित्र्यानेछौँ ।’
सबैतिर बाक्लो हिमपातले गर्दा जनजीवन भने कष्टकर बनेको छ । पशुबस्तु गोठभित्र राखिएको छ । हिमपातपछि समस्यामा परिन्छ भनेर सर्वसाधारणले पहिल्यै तयारी गरेका हुन्छन् । बारी तथा काल्नाको हरियो घाँस काटेर सुकाएकाले जाडोमा त्यही घाँस पशुबस्तुलाई दिने गर्दछन् । जाडोका लागि दाउराको जोहो पहिल्यै हुन्छ । जिल्लाका धेरैजसो गाउँमा हिउँदमा हिउँ पर्छ धेरै चिसो हुन्छ भनेर सधै तयारी पहिल्यै गर्नने गरेको जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर ओलीले बताउनुभयो । हिउँदमा जोडो हुन्छ भन्ने सबैलाई थाहा हुन्छ त्यसैले स्थानीयले पहिल्यै नै खाने तथा पशुबस्तुलाई खुवाउने सामाग्री पहिल्यै तयार गर्ने गर्दछन् प्रमुख आलीले जानकारी दिनुभयो ।

election adv.
फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto