Input your search keywords and press Enter.

सोज्जालाई घोच्चो : ह्याँती गर्ने कुरा

एमएल ओली

अइचेल्ला सोज्जा र सुद्दा मान्सलाई पाट्टीया नाउँले पुकार्याउ तमाइँ हाम्ले बौदल भित्राउने तक्नु सुनेल्तियौं तर एकदम नइयाँ भेट्टियो, क्या भन्दा तेई जग्गा जिमीनलाई पनि तेई नाउले बोलाउ सुन्नियो । म भन्दा पैला सुन्याले कइल ढलिन सासु अइल चुया आँसु भन्नु होला । यइता कुचाल छ, सोज्जो निउरिन जान्दैन, अगारी बाइक तल्ती माथ्थी र दाइने दाब्रे देख्तैन भन्नोई । बरु आफ्नै धोत्तीनु आगो लाइन ज्यान जोगाल्ला दोख अरुलाई छेराउने फासी पर्दैन । काइते कुराले हाम्री मातालाई कत्तिको हाँसो उठ्यो होला ? गतिलो अगतिलो जम्मै आफ्फैसित मिस्याउने मत्तारीले हास्ँसो नथाम्याउँ भया क्या बित्नबादा भोक्नु पत्र्यो ? यस्को कोई हिसाप्पै छैन भन्नोई । नाच्न नजान्नेले आङन बाङ्ङो देक्नु क्यानौटो भो र होइन्तो ?

सास छँन्जी आस सप्पैले गर्च होला माताउँ जिउ अखज्जा गर्न खोज्नलाई भगाउन खोज्दा नानाभाँती आरोप आउचन् । अरुलाई दोख लाइकन सासफेर्ने सुराले सिमेत छुरा फालीकन पङ्न्चिन । ट्याम पर्दा कैलै बीस चाटीकन, कैलै घाटी रेटिकन कैलै पङ्ङै खेलीकन उर्खरमाउलो गर्च । बुज्नेलाई श्रीखण्ड नबुज्नेलाई खुर्पाउ बिर ठान्नेलाई ता क्या भनौंं र खै ? कुरै गर्ने हो भन्या खर खाइकन मल हग्ना दुःखले अन्न खाइकन गु हग्न सिक्याहरू दुई दिनको चोला पाइकन पाउनौँ रुपमा आउ था भइया भन्नु । वास्तबमा यो चोला पाउनु भनेको सौभाक्य नै हो भनिकन खुशी लागेल्लु पर्ने ? मनसुत्ते चोला ल्याइकन कन्सुत्ले ता बन्नु भन क्यारै । पाउनाको रुपमा बस्तासम्म क्यार्न छाउनाको जस्तो व्यवार गर्ने हो र ? सादारण र सिम्पल बन्नेलाई सोज्जो भनिकन घोच्चेल्च ज्वाँनौँ । जेओस् सोज्जाउ खैराँती छैन् भन्नोई । मान्यापच्ची सप्पै जानमानले नाम्रो काम नगरिकन चाम्रो मात्र गरे हुँन्त्यो । आप्नो ठाउँनुबाट सप्पैले नाम्रै गरेँ भन्चौँ । तर मायाका पारखीहरूले “मरे हुन्त्यो भन्चौ रे मायाले तर तिम्लाई मर्नु नपरोस्” गाको सुन्दा बैराक्किने नहोला र ?

ननाम्रो व्यवार गर्नेले पनि नाम्रै ठानेल्च भन्या नाम्रोले चाम्रो ठान्ने ता कुरै आन भन्नोई । सप्पैले मक्न नाम्रो मान्नोई भनिकन लाकबत्ती बलोस् या हनुमाने धोती जल्लोस् खोट नआइन सुक्कै छैन । भन्ने मुख्खैती हो, पिरवादा कोइलाई नपरोई । अरुका क्या कुरा गर्ने दुन्याले भग्वान मान्या रामले सिमेत नाम्रो काम गरिकन पनि चाम्रो भनि माङ्ेल्त्या । आफ्नै घरबारको निकास खोल्दै नाक्का खोले, विकास गरेँ भनिकन भोच निल्दै मोच गर्या भोली पल्ट भालेले बार फाल्लेल्च भन्नोस् । हो तेई, भइकन कन्ुनानु गुन्नली परिकन कन्नोस् । निद नआ केइछैन वारी डाँरा र पारीपाखाबाट स्याल्ले दोरी गाइन सुर्ताहरू कुर्तासइत पेल्देल्चन् भन्नोई । मौकामा हिरा फोरेल्नु पर्च भोली ता क्या हो क्या ? भुरी भित्रौँ इच्छा त्याँ उम्स्याउँनु भन्दा भाइर्नु हुँत्यापची कामाउला । चित्त बुज्या झुङला नबुज्या ठुङ्ला अरु क्या फाँर्ला होइन्तो ? आँट र छाँट गर्नु भन तमाँइको ढाँट र ठाँट ता च्याट्टै स्वाइन्च भन्नोई ।

सुकशैयल वा मोज गर्नु सारै नाम्रो काइदा हो तर…। यदि तेस्तो कइरम हुन्नत्यो भन्या सोज्जा साज्जीलाई चोच्किने ठाउँ काँप्पाई ? तेई भइकन ता “क्या भनौँ र खोई तम्लाई साङ्ग्रो भो म गइजान्चु होई ?” भाक्का उब्जियो होला भन्नोई । समाजिमा अल्ता नाउँ पोल्याहरूलाई थुतुनो देखाउनलाई पनि उट्पट्याङ गरेल्नुपर्च । अइल टार्रीकन क्यार्नु छ र ? आखिरीमा बस्सी खाउ, पस्सी खाउ, किन्नी खाउ, चिन्नी खाउ, चोरी खाउ, घोर्री खाउ, फोर्री खाउ, जुट्टाई खाउ, लुट्टाई खाउ, भुट्टाई खाउ सप्पै एउटै घानमा हाल्लिन्च भन्नोई । औँटो भेट्ता कुइनो निल्नेयौँ बर्ता र हत्केलो दिँदा औँटो मात्र चाट्नेउ कम्ता याद होओई तब्ब पो भन्यास्तो हुँन्च । ह्याँती गर्ने कुरा, सोज्जा मुक्नु घोच्चो नहुँने हो भन्या गठेराउ काम पनि क्या भो र ? अब्बौं विकास गर्दा टिकाउ भन्दा देख्खाउमा ध्यान दिनपा कस्सो होला ? खरबार र घरबारका कुरै छारौँ, तमाँइको दरबारलाई सिमेत धराप पारीकन विकास नहोला भनिकन क्यार्न पत्याउँला भन्नोई ।
समाप्त

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares