Home मुख्य समाचार रुकुमकोटमा धमाधम भौतिक संरचना (फोटो फिचर)

रुकुमकोटमा धमाधम भौतिक संरचना (फोटो फिचर)

2908
0

मेगराज खड्का
नयाँ जिल्ला बनेको रुकुम पूर्व सदरमुकाम रुकुमकोटमा धमाधम भौतिक संरचना निर्माण गर्ने क्रम बढेको छ । केहि समयअघि सानातिना पसल र पुराना घरहरु मात्र रहेकोमा अहिले रुकुमकोटमा ठुलाठुला पक्की भवनहरु समेत निर्माण भैरहेका छन । मध्यपहाडि लोकमार्गको छेउमै पर्ने रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा पछिल्लो समय मात्र एक दर्जन बढी ठुला भवनहरु निर्माण भएका छन । जिल्ला सदरमुकामका लागी आवश्यक नयाँ होटल संचालन, कोठा भाडा प्रयोजन सगै ब्यापारिक उदेश्यबाट पनि नयाँ भवन निर्माण भएका हुन । तर रुकुम पूर्व सदरमुकाम रुकुमकोट हुने या नहुने भन्नेमा भने अन्योलमा छ ।
नयाँ जिल्ला बन्दा रुकुमकोटलाई सदरमुकाम घोषणा गरेर सरकारी कामकाज शुरु भएपनि पछि रुकुम पूर्वकै गोलखाडामा सरकारले जिल्ला सदरमुकाम तोकेपछि हाल सम्म पनि अन्योलताको बिषयमा भनेको छ । हाल रुकुमकोटबासीहरुले रुकुमकोटनै सदरमुकाम हुनुपर्छ र गोलखाडा सदरमुकाम बनाउने सरकारको निर्णय गलत छ भनेर सर्बोच्च अदालतमा समेत रिट हालेपछि बर्ष दिन भैसक्दा पनि फैसला भएको छैन । नयाँ घोषणा गरिएको गोलखाडामा खासै नयाँ भवनहरु नबनेपनि रुकुमकोटमा भने निर्माण कार्यले तिब्रता पाएको हो ।  हेरौं रुकुमकोटमा केहि तस्बिर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here