Input your search keywords and press Enter.

बैराक्यौ बैराक: ह्याँती गर्ने कुरा

एमएल ओली

लौतो भन्या चानसले विदेशी पनि आउँदान कैलै । देशीहरू ता पक्सपक्स आइरन्चन् होला । जिल्लान्वा ता झन जैलै आउँनु पर्ने । तवाँइको लाच बचाइकन क्या लुट्नु छ र ? म ता दिना दुई ट्याम आउँजाउँ गर्चु हेर्नोई । आँपूm ता केइजातले कुदृष्टि पर्ला भनिकन होसर्दै तवाँइको मुख बुजी बुजीकन हर्ते हेर्नोई । तेई पनि कत्ताबाट देख्खेँ छु भन्नु हुन्च । टाल्या पनि ढोक्या पनि ह्वाँङ्ङै देख्खियो, ठाँट्टिकन क्यार्ने ? गर्दाकात्ता तवाँइको घाइत्यासित पिरीम बसिकन बैराक छ हेर्नोई । ठौनी परिकन तवाँइले च्याँउने खुर्सत मिल्यो भन्या हग्नेलाई भन्दा देख्नेलाई लाज नभनिकन मज्जाले बैराक्किनु होला । ढाँट्याउ न छल्लयाउ साक्कै आँख्खाले तवाँइको छाला उध्रियाउ, करङ्ङा पाता फुत्क्याउ लुक गर्ने औसर मिल्ने छ । देक्दै चिलन्धर, हुनु बैराक होला र भन्नु हुन्च ?

मइले अल्ता गल्ता अट्कलेछु भन्नु हुन्च । तवाँइका फिरन्ता र ठूलाड्डाहरू त्याँनु कैलाउँदान र ? कत्नाम्रो भुर्र उर्न जाँन्याहरू गुर्ने कुरै भन । झन हर्ने ता कुकुरलाई काँसी गइनी भइयो । तेइभइन म ता हुक्कै छु । आँपूm मात्र हुक्क भइन क्यार्नु ? तवाँइसित पिरीम गर्न नजान्याउँ त्यो ढुक्कै छ । उइछारी, देक्ने बित्तिकै तुरुक्क हर्षाँसु छारीकन हुरुक्क होइन्च हेर्नोई । किन रुन्चई मङ्ले आफ्नै ढङ्ले भन्ने ठाँओईनै । तेख्खो पीरमा शीर दुकाउँनेहरू कठ्ठै बरी नि ! भन्नै पर्दैन । चौबीसघण्टे घर्षणले पिरोल्लि छाला उदार्री, करङा पाता भाँच्चिन पनि तेल्लाई दुख्ख र पीर कुन चरीयौँ नाउँ हो ? थाई नै । उल्टै दुई पाङ्रे तथा बहुपाङ्रेहरू घर्षिदै घुइँकिदा पनि खित्किने हेर्नोई गडडड…स्वर्ग र नर्कन्वाले टाँठ्ठै सुन्नेरी । तवाँइको पीर बिसेक होला भनिकन एक टुक्का सुनाएँ हाँसे पनि रहिरन्छ तिम्रो भित्री पीर, दुनियालाई पारलाउँने तिमी रैछौ वीर यल्लाई टक्कर दिदै उल्ले यस्तो जवाक द्यो सक्चौ भने बनाउ तिमी अझै ठूला गारी, घाइते भई थल्ले पनि तार्छु वारीपारी ।
लौ मार्यो, पार्नु पीर पार्यो । मटुभित्र सुइरा बिज्जाई हाँस्नु पर्याउ छ, दुन्यिालाई फसाएर बाँच्नु पर्याउ छ । मसित्त पिरीम बस्याउ नात्ताले साइताको हात डास्यो भन्या अर्को बैराक थप्पेला भन्ने बैराक छ । हुन्न त उत्तानो पर्या माँदेउलाई आशिक माङ्नि क्या उपत्ति छर्रेल्ला । होइन्तो ? तवाँइको साक्कै पाउदासीको इल्लाज नगर्दा कत्रो धपेडी छ । विद्वान मुर्कस्तै भइया ता क्या कन्नु हुँदो ? त्यो ता बौतै सुद्धीबुद्धी वाल्लो छ भन्नु हुन्च । हाक्को न धोक्को यल्ले कस्सैलाई पनि चिर्यान्न । कोलाई सुनापचि समस्या खल्लास हुन्चई भन्ने सप्पै था छ । जाबो स्यानो माङ् रहकिकन क्या फाइदा ? “कोई रग्सी खाउँ मान्स आ ता लाई फ्वात्त खस्जान्च” तवाँइकी बट्वालीको भविष्यावाणीले मँक्न झस्काल्यो भन्नु हुन्च । बैराकौ मर्नु, तवाँइको मोचारले गर्दा कैलै हस्काइयो भन्या….?

यख्खो आसिरवात पाइकन कोइखा खरबारले दरबारको चोला बद्लिकन ताल्ली खाल्यान । सक्नेले चट्काउने ता हो, जुकजमाना पनि दम्किलै छन् क्यारै । भोल्लो कप्काए भन्नेहरूको पनि कम्मी छैन हेर्नोई । नसक्नेले तवाँइका केरा हेरिकन गाली खा भइयो होइन्तो ? जोेल्लाई ज्या पाच्य हुन्च तेई भक्नेई ता हो आँन्नी ? कोइलाई सुन, कोइलाई खुन, कोइलाई नुनै पचेल्ला । सौताई रिसले पोइको ओछ्यान्नु मुति क्यार्ने । अजान भइकन, मोट्टो बुद्धि लाइकन प्रथना गर्यो भन्या दिन दुई रात्ती चारगुने घर्केला तब्ब बट्वाको सुदिन फर्केला । दर्सिनेलाई देख्दा तर्सिने मद्या कोहुँन्याउ भाक्यमा मोच्क्ष पाउने लिख्याउँछ ? तेइबेला यल्ले छेर्नेरी गाल्ली खाल्चई भन्ने पिरा सोल्लाले घोच्याउ घोच्चेई छ हेर्नोई । तेल्ले आँपूm घर्किदै लर्किएता पनि लोकलाई शोक हुन नदिन लाक कोसित गर्याउ छ । तवाँई हाम्ले खती पैलै मति ल्याउने बिचार बद्लेनौं भन्या लाकौं सुइनाहरू पुत्ताउन बेर छैन । ह्याँत्ती गर्ने कुरो, उर्नेउ क्या चिलायो र ? हर्रवा र गुर्रवालाई खज्जाउ बैराक बुर्नेलाई नपुकार्ने हो भन्या बैराक्याले विध्वंश मच्चाल्नेछ भन्नु हुन्च ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *