Input your search keywords and press Enter.

माइत्यारौ मङ्ङाई : ह्याँती गर्ने कुरा

एमएल ओली
कोई ट्याम्मा हिउँ र तुसार्नु नाङ पाइता लर्तातै घर्सातै पाइयो खेलिन्त्यो । अइचेल प सस्ता छन् र उइल फुर्नु काँ पाई ? यिनी पाउदासीहरू । उइलौं साट्टो फेर्न धेरै खेर्नु भइन गरै । जुक फेर्रेया कि मान्स ? अरुलाई कस्तो लाक्च धैँ ? ह्याँती न ह्वाँती, मग्न ता जुक्कै बद्ल्यिाउ लाइयो । सप्पैले देख्याउ कुरो मान्स ता उस्तै छौं गरै । आच्कल उइलास्तो “माइसग्राँती आइयो पाइयो खेल्न पाइयो” भनिकिन ससाबर्ता, हल्लाखल्ला गर्ने जुक छैन् । माङ्ङमुङ्ङ, फाङ्ङफुङ्ङ, बाङ्ङबुङ्ङ लगाइत क्यार्नेस् लाउँछ फुनबाट अइलौंएलै । पैला पैला तमाँई हाम्रा पालीनु माङ्न मात्रै पाइन्त्यो । होइन्तो ? अब, अइल ता क्यार्न भन्ने हो र ? भनु भन्या त्यो गति नभनु भन्या जल्यो धोत्ती भन्दाइनी होइन्च भन्चौं ।
आँफ्फैता, बोल्नु न बास्नु कुना पसी कास्नु । माइत्यारौं मत्व कति छ भन्ने कुरा कि ता जुक्कै खाया अघेट्टालाई छ कि भन्या सुक्कै खाने पछेट्टालाई छ । अन्तर्यालाई जोत्यारा पनि लुत्तो न चिल्लाई । कुरास्ता कुरा गर्ने हो भन्या चित्त फाट्ला । माइत्यारले दुक्क मुर्किने, सुक्क झाँङ्निे गराउच । उइल फुर्नु माङ्न मात्रै पाइन्त्यो अइल ता माङ्नाउ सातै नाङ्ननङाउन, घोर्नघोराउन, चोर्नचोराउन, झोर्नझोराउन, फुट्नफुटाउन, ढाँट्नढँटाउन, छल्लनछलाउन, लुट्नलुटाउन, भुट्नभुटाउन, चुट्नचुटाउन, कुट्नकुटाउन, जुट्नजुटाउन लगाइत कत्ति हो कत्ति सुबिदा । यति मद्ये क्या क्या माङ्ने भनिकिन चाइयाउ वस्त माङढोल गर्ने हो भन्या नहँुने कुर्रैै नै । पर्वुले द्याउता भइयो भनिकिन अन्दाधुन्द कस्सिकिन माङ्दा फस्सिन पनि सक्च । भन्ने मुखैती हो, नाच्न नजान्ने आङन टेर्रो भन्दाइनी दोख भरी माइत्यारलाई नलागोई ।
चोर्या लाच माङ्या साच भन्ने खिस्सै छ । नावई ता माङी त्यार नमाङी होला यार । कोहुने ता साह्रै लाचपात्र्या हुन्च । चाइयाउ वस्त माङ्नु भन्दा नाङ्किन पाल्नोपट्टि गइन्च भन्चौं । त्यार पनि क्यानौटा हुन यार ? भन्नेहरू पनि नभइया हुन र ? माङ्ने र दिनेयौं दोरीले मक्खै पारेल्च । माङ्ने ः त्यो मायाले दिएका बिरौला, पाया पची क्या रिन तिरौंला ? दिने ः छन्की छैनन् छानामा घेरौला, धेरै नखाउ ओछ्यानमा छेरौला । माङ्ने ः भोक्कालाई खानाकै धोक्को छ, नखाएरै यो मन रोक्को छ । दिने ः अइलसम्म काँई माङ्न गाछैन, यत्रो भइयो माङेर खाछैन । दोरी सुन्दा कस्को आँटाउला घोर्ने र चोर्ने ? क्या मान्दाउ र ? त्यो दिनदेखि व्याक्ति, छिमेक, परेल, गाउँसमाच, देशप्रदेश सप्पैलाई आत्मा निरबर बन्ने होइन्चै भन्चौं । सइल काट्न बाइक देशविदेश कत्तै जानु नपर्ने, मुल्कले अम्रीका छेर्न डिब्बी भर्न नपर्ने, नेपाल बस्न गर्प गर्नेस्ता दिनबार आइन्चै भन्चौं ?
अरुले भुटो मानिकिन क्यारर्दान र ? तमाँई हामी सांस्कृतिका धनी मान्स भइयौ गरै । होइन्तो ? बरु सुद्धिबुद्धि घुमाइकिन ताइबीसित माङ्न सक्ने बनाउन इन्च्युट खोल्लेने होई भन्चौं ? यस्सो होरज्ञान गर्दा त्यई गर्ने ठर्च । त्यो भो भन्या वर्षैभरी पसिना च्वाउने कोले ककारी गर्ला बेक्कार । कत्नाम्रो, ठक्नेइगरी माङ्यो स्वादौं हग्नेइगरी खायो । जत्ताभावी माङजाङ गर्दा सीप छैन कि छुरा छैन दारी फाल्दैनौं क्या, माङी माङी मोई खानेले भैसी पाल्दैनौ क्या ? गीतले ठरै पार्ला नि त्यो पनि ख्याल गर्नै पर्ला नत्र…। माइ सग्राँतीमा माङ्ने चिजमालहरू गद्दुसद्दु, पिरालुसिरालु, गन्जीसन्जी, तरुलसरुल, बिरौलासिरौला, घुइयासुइया, लड्डुसड्डु, चाक्कुसाक्कु लगाइतका हुन्चन् । त्यो बाइक जो माङ्यो सो पाइने भया क्या माङ्न्त्यिो क्या ? ह्याँती गर्ने कुरा, लोब्बीया आँखाकान फुट्जाउन, फक्तीमा सुनचाँदी र हिरामोती नक्तीमा गौडा भन्दा मात्थीयौं र हात्ती भन्दा तल्लेटौं लोक्तो द्या होइन्च । अरुदिन खाइपिइकिन त्यारा दिन भोक्कै चाम्रिन कोइलाई नपरोई गरै । माइत्यारले स्यानोदेखि ठूलोसम्म सप्पैलाई भोक्को, नाङ्ङो नराक्कोई । सप्पैका मुक्नु गद्दुवा चोइला, पिराल्वा सेला, तरुला ठुन्का, बिरौला गेराहरू पसुन् भन्ने सुप्काम्ना सइत सप्पैलाई ह्याप्पी माइत्यार । समाप्त

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *