Input your search keywords and press Enter.

भलिबल प्रशिक्षणका सहभागीलाई प्रमाणपत्र वितरण

जयमान बुढा मगर
भलिबल तालिमका सहभागीहरुलाई प्रमाणपत्र बितरण गरिएको छ । भूमे गाउँपालिकाको आयोजनामा गरिएको पुस १८ गते तालिमको आयोजना गरिएको थियो । रुकुम पूर्व भूमे गाउँपालिकाले जिल्लामौ पहिलो पटक भलिबल खेलकुदको प्रशिक्षण सञ्चालन गरेको थियो । भूमे गाउँपालिका वडा नम्बर २ खाबाङ बगरमा तालिम भएको थियो । भूमेको ९ वटै वडाबाट नयाँ खेलाडी दुई/दुई जनाको दरले एक पुरुष र एक महिला खेलाडीे तथा पहिलेका पुराना खेलाडीलाई पनि तालिममा सहभागी हुनेगरि भलिबल तालिमको आयोजना भएको थियो । जस मध्यमा पुरुष २० जना र महिला १२ जना गरी जम्मा ३२ जना खेलाडीको सहभागीता रहेको थियो ।
युवा तथा खेलाडीको माग अनुसार नै भलिबल प्रशिक्षणको आयोजना गरिएको भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बढा मगरले बताए । उनका अनुसार सफा र हरियाली समृद्ध भूमे नारालाई सार्थक बनाउन सबै क्षेत्रलाई समेटेर भूमेले विकास गरिराखेको हो । युवाको रचनात्मक क्षमतालाई विकास गरेर ग्रामिण क्षेत्रका प्रतिभा राष्ट्रिय स्तरमा खेलाडीले आफ्नो पहिचान चिनाउन सफल होस् भनि राष्ट्रिय स्तरको प्रशिक्षणको आयोजना गरिएको उनको भनाई छ ।
नयाँ तरिकाले खेलाडीको प्रतिभा सुधार गर्ने आवश्यकले प्रशिक्षण आयोजना गरिएको भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले बताए । ‘भूमेको क्षमता तथा संस्कृतिलाई जोगाई सबैको प्रतिभालाई सम्मान पालिकाले गरिराखेको छ,’ उनले भने । आगामी भूमे महोत्सवको अवसरमा खेलकुद सहित विविध संस्कृतिको आयोजना गरिने पनि उनको भनाई छ ।
प्रशिक्षणले खेलाडीको खेललाई सुधार गरेर नयाँ ऊर्जा खेलाडीमा हौसला मिल्ने प्रशिक्षक राष्ट्रिय खेलाडी तथा रेफ्रि महेन्द्र शेरचनले बताए । पहिला खेलाडीले खेल खेलेता पनि नियम तथा टेक्नीसियनको समस्या देखिएको थियो अहिले उक्त समस्यलाई समाधान गर्नमा सहजता भएको उनको भनाई छ । प्रशिक्षण माघ ७ गते सम्म बनिएकोमा विविध कारणले पुस ३० गते नै सकिएको आयोजकले जनाएको हो ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *