मेगराज खड्का
रुकुम
रुकुमका गाउँगाउँमा नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आक्रमक तरिकाले वाल पेन्टिङ गरेको छ । रुकुम पूर्व र पश्चिमका अधिकांस गाउँका बिभिन्न ठाउँमा वाल पेन्टिङ गरिएको हो । रुकुम पश्चिमको तुलनामा रुकुम पूर्वमा अलि बढी वाल पेन्टिङ गरिएको छ । बाटो छेउका घर, बिद्यालय, धारा, पुल र प्रतिक्षालय लगायतका ठाउँमा वाल पेन्टिङ गरेको पाईन्छ । संसदीय व्यवस्थाको भ्रममा नपरौं, दलाल भ्रष्टाचारीहरु होरियार, एकिकृत जनक्रान्ति जीन्दाबाद र शान्ति समानता, स्वाधिनता र समृद्धिको लागि बैज्ञानिक समाजबादको स्थापना गरौं लगायतका बिभिन्न नाराहरु लेखिएको पाईन्छ । १२ बर्षे लामो जनयुद्धको उद्गम थलोको रुपमा रहेको रुकुमले द्धन्द्धक्रममा ठुलो दुख भोकेकोमा हिजोआज यसरी गाउँगाउँमा नेकपाको सक्रियता फेरी बढेपछि स्थानीयहरु फेरी केहि हुन्छकी भनेर त्रसित भएका छन ।
नेकपाले प्रहरी प्रहरी चौकी आसपासमा क्षेत्रहरुमा रातको समयमा र अन्य ठाउँमा दिउसै पनि पार्टीको नाराहरु वाल पेन्टिङ गर्दै आएको स्थानीयहरुले बताएका छन । रुकुम पूर्व काक्रिका स्थानीय प्रमोद बुढाले हिजोआज बिप्लव नेतृत्वको नेकपाले गाउँगाउँमा गरेको वाल पेन्टिङले युद्धक्रममा तत्कालित नेकपा माओबादीको गतिबिधी जस्तो झल्को आएको बताए । ‘हाम्रो गाउँठाउँमा पनि बिप्लव माओबादीले धेरै ठाउँमा घरका भित्ता, धारा, र बिद्यालयहरुमा आफ्नो पार्टीको नारा लेखेको छ’ उनले भने, ‘यो गाउँमा खासै विप्लवको प्रभाव नभएपनि केहि सदस्य त होलन तर धेरै जसो छिमेकी जिल्ला रोल्पा थवाङ लगायतका क्षेत्रमा पार्टी नेता कार्यकर्ता आएर वाल पेन्टिङ गरेको देखिन्छ ।’ रुकुम पूर्वको महत, काक्रि, रुकुमकोट लगायतका क्षेत्रबाट रोल्पा थवाङ, घर्तिगाउँ लगायतका गाउँहरु नजिकै पर्छन । हिजोआज सहिद मार्ग मार्फत रोल्पा रुकुम पूर्व सिधा यातायात समेत संचालनमा छ ।

‘दलाल सरकार बिरुद्ध जनताको प्रतिकार’
नेकपा रुकुम पूर्वका सेक्रेटरी नरेन्द्र बिकले दलाल सकारको बिरुद्ध सचेत जनताले आफै प्रतिकारको अभियान थालेको प्रतिक्रिया दिए । अहिलेको सरकार चौतर्फी रुपमा आलोचित भैरहेको र जनताको आशालाई निरासा पारेकाले दुर्गमका गरिब उत्पेडित जनताहरु त्यसको भण्डाफोर गर्न अग्रसर भएको उनको भनाई थियो । ‘तपाई हामी सबैलाई थाहै भएको कुरा हो, यो सरकार र संसद दलाल हुन भन्ने कुरा व्यवहारिक रुपमा पुष्टि भैसक्यो’ टेलिफोनमा कुरा गर्दै सेक्रेटरी बिकले भने, ‘न देशका शान्ति सुरक्षा कायम गर्न सकेको छ, न बलात्कार र हत्या बिषयमा अपराधी पत्ता लगाउन सकेको छ, न जनताको दैनिकी फेर्नमा पहल गरेको छ ।’
चुनाबमा बिभिन्न बाचा गरेर गरिब दुखि जनताको भोट लिएर सत्तामा पुगेपनि जनताको आवश्यकता पुरा नगर्दा रुकुम पूर्वका बिभिन्न गाउँबाट आफ्नो पार्टीमा समाहित हुने र पार्टीले लिएको मुद्धामा अगाडि बढेको उनको भनाई छ । नेकपाले रुकुम पूर्वका सबै स्थानीय तह र साबिकमा गाबिसहरुमा आफ्नो संगठन बिस्तार गरेको समेत दाबी गरेको छ । पार्टीका अनुसार अहिले जनबिरोध काम र सरकार बिरुद्ध भण्डाफोर र जनसांस्कृतिक कार्यक्रमहरु पनि संचालन गर्दै आएको छ । रुकुम पूर्वका मैकोट लगायतका बिभिन्न ठाउँमा युद्धकालिन समयकै जस्तै नाटक र बिभिन्न जनबादी गीतहरु समेटिएको सांस्कृतिक कार्यक्रम रात तथा दिनको समय पनि गर्दै आएको छ ।

election adv.

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto