Input your search keywords and press Enter.

विद्यालय अनुगमन : कार्यान्वयको आधारमा प्रोत्साहन

जयमान बुढा मगर
रुकुम पूर्व भूमे गाउँपालिकाको एक विद्यालयमा जिल्ला स्तरिय टोलीबाट अनुगमन गरिएको छ । जनता आधारभूत विद्यालय भूमे ५ सेराबाङमा शुक्रबार विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा र एकिकृत विकास समाज नेपालको प्राविधिक सहयोगद्धारा सञ्चालित विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता प्रवद्र्धन कार्यक्रमको अनुगमन गरिएको हो ।

अनुगमनमा सञ्चालित कार्यक्रमको आधारमा अनुगमन गरिएको एकिकृत विकास समाज नेपालका जिल्ला सरसफाई अधिकृत मिलन देवकोटाले बताए । विद्यालय तथा कक्षा कोठाको सरसफाई, विद्यार्थीमा हात धुनेको अभ्यास, बाल क्लवको बैठक तथा काम र विद्यार्थीको पदाई सिकाईकोबारेमा अनुगमन गरिएको अधिकृत देवकोटाको भनाई छ । पहिलो चरणको कार्यक्रम अन्तर्गत अनुगमन गरिएको छ । जस्मा बाल क्लव र विद्यालयको काम पदाईमा गुणस्तर, फूलबारी निर्माण तथा गोडमेल, फोहोर व्यवस्थापन, घर–घरमा शैचालयको प्रयोगको सिकाई नियमित बैठक लगायतको सञ्चालित कामको जिमेवार पुरा गरेको थियो । सञ्चालित कार्यक्रम कार्यान्वयको आधारमा विद्यालयलाई उत्कृष्ट छनौट गरि प्रोत्साहन स्वरुप भौतिक निर्माण लगायतको योजना दिने गरिएको देवकोटाले जानकारी दिनु भो । पहिलो चरणको सञ्चालित कार्यक्रमले जनता आधारभूत विद्यालय पुरस्कृत भएको छ । उक्त कार्याक्रमको कार्यान्वयले गर्दा विद्यालयलाई एक बालमैत्री धारा तथा सरसफाईका सामाग्रीले विद्यालय पुरस्कृत समेत भएको छ ।

गाउँमा शैचालय भएर पनि प्रयोगमा राम्रोसंग नगर्ने, घर आगन सरसफाई गाउँले वास्टा नगरेको अवस्थामा शुक्रबारको दिन साना साना विद्यालयका बाल क्लव विद्यार्थीद्धारा विद्यालयको तर्फबाट गाउँलाइ सरसफाईको बारेमा गाउँमा काम सफा स्वच्छ गाउँ निर्माणमा सञ्चालित काम अनुसार कार्याक्रम सञ्चालन गरिराखेको विद्यालयका प्राध्यानाध्यपक तिलक प्रसाद आचार्यले बताए । बाल क्लवको कोष स्थापना गरि बाल क्लवलाई स्वच्छिक रकम सहयोगले शुक्रबारे कार्याक्रममा उक्त कोषको रकमले विद्यार्थीलाई पुरस्कारको व्यवस्था गर्ने गरिएको विद्यालयले जनाएको छ । दुर्गम ठाउँका विद्यालय अहिले अनुगमनको क्रममा कक्षागत विद्यार्थीको राम्रो शब्द उच्चारण, व्यवहारिक सिकाईको साथ–साथै यस विद्यालयका अध्यानरत विद्यार्थीको पदाइको गुणस्तर बढ्दो क्रममा रहेको रुकुम पूर्वका शिक्षा ईकाइ प्रमुख तिलक गौतमले बताए । बाल विद्यार्थीले अहिले देखि नै पदाइसंग संगै सरसफाईको काममालाई पनि उतार्दै जादा त्यस विद्यार्थी पछि सक्षम जिमेवारको परिबहन गरि समाज सुन्दर र स्वच्छ मैत्री वातावरण निर्माण गर्ने अहिलेका विद्यार्थी नै हुन् प्रमुख गौतमले अभिभावकसंग भनाई राखेका थिए । अहिले एकिकृत विकास समाज नेपालद्धारा सञ्चालित कार्याक्रम रुकुम पूर्वका ७३ ओटा विद्यालयमा काम गरिराखेको जनाएको छ । पुथा उत्तरगंगा गाउँपालिकामा ३९, भूमे गाउँपालिकामा २४ र सिस्ने गाउँपालिकामा १० ओटा विद्यालयमा कार्याक्रम सञ्चालितमा रहेका छन् ।
एकिकृत विकास समाज नेपालद्धारा सञ्चालित कार्याक्रमको जिल्ला स्तरिय अनुगमनमा रुकुम पूर्वका शिक्षा ईकाइ प्रमुख तिलक गौतम, जिल्ला समन्वय समिति कार्यक्रम अधिकृत चिन्तामणी दाहाल, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि कुमार रोका मगर त्यसै गरि शिक्षक तालिम केन्द्रका संयोजक चन्द्र बहादुर मल्ल, भूमे ५ का वडा अध्यक्ष टेक प्रसाद बुढा लगायत वडा सदस्य तथा अभिभावकको पनि सहभागीता रहेको थियो ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *