Input your search keywords and press Enter.

आज बाँफिकोटको कुनाखेत मेला

आहा सञ्चार संबाददाता
रुकुम पश्चिम बाँफिकोट गाउँपालिका २ कुनाखेतमा परम्परा देखि लाग्दै आएको कुनाखेत मेला लाग्दै छ । हरेक बर्ष मंसिरे पूर्णिमा भोलिपल्ट मेला लाग्खै आएको छ । जिपु, पालाकोट, स्यालापाखा लगायतका ठाउँबाट बाजागाजा सहित आज मेला भर्ने गरिन्छ ।
स्थानीय लठ्ठि, भाटा, झयाम्टासंगै मेला पस्ने र मेलामा स्थानीय सिङगारु, पैसेरु, गरुवानाच देखाउने गर्दछन् । बाँफिकोट गाउँपालिकाका सबै वडा, सिस्ने गाउँपालिका, मुसिकोट नगरपालिका लगायत जिल्लाका बिभिन्न ठाउँबाट ठुलो संख्यामा मेला हर्न मान्छेहरु पुग्ने गर्दछन् । कुनाखेत मेलामा छुट्टै पहिचान बोकेका भेषभुषा तथा छुट्टै संकृति बोकेका नाच गान सुन्न तथा हेर्न पाईन्छ । मेलामा लोप हुन लागेको मौलिक नाच हुर्न तथा गितहरु सुन्न पाईने स्थानीय हरि गौतमले जानकारी दिए । उनका अनुसार मेलाको अवसमा ५ गते देखि खुल्ला वडा स्थरिय भलिबल प्रतियोगिता समेत संचालन भैरहेको छ । १८ समुहले भाग लिएको र आज सकिने मेला व्यवस्थापन समितिले बताएको छ । यो रुकुम पश्चिमा लाग्ने मेलाहरुमा ठुलो मेलाको रुपले चिनिन्छ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares