Input your search keywords and press Enter.

चौरजहारी-खोलागाउँ-नुवाकोट सडक खण्ड खुल्यो

डिल्लीबहादुर खत्री
रुकुम पश्चिम चौरजहारी नगरपालिकामा ७ दिनदेखि अवरुद्ध रहेको चौरजहारी, खोलागाउँ, नुवाकोट सडक खण्ड खुलेको छ । मेलैनाउली, मनकोट, कालापाथर सडक खन्दा खेरि वडा न. ७ मेलैनाउलीदेखि स्थानीयले पुरानो सडक ओझेलमा पर्ने भन्दै नाका नदिँदा विवाद उत्पन्न भएको थियो । सडक खन्न नदिने भए हामी पनि सञ्चालन भइरहेको सडक पनि चल्न दिदैनौँ भन्दै सडक निर्माणको जिम्मा लिएको श्रम सहकारीद्वारा मुख्य सडकमा खाडल पारेर सडक अवरुद्ध पारिएको थियोे । सडक अवरुद्ध हुँदा नुवाकोटदेखि चौरजहारी बजारसम्म चल्ने यातायातका साधनहरु ठप्प भएका थिए । वडा न. ७ का वडा अध्यक्ष इन्द्रलाल शर्माका अनुसार वडा कार्यालय र नगरपालिकाको पहलमा अवरुद्ध सडक खुलेको हो । उनका अनुसार निरन्तर ४ दिनसम्म वडा कार्यालयमा भएको वार्तापछि सडक खुलेको हो । अवरुद्ध सडक खुलेसँगै यातायातका साधनहरु सञ्चालनमा आएका छन् ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares