मेगराज खड्का
रुकुम
रुकुम पश्चिम सल्लेमा आयोजना गरिएको आँखा शिबिरमा साढे ४ सयले सेवा लिएका छन । नेपाल नेत्र ज्योती संघ रुकुम,आँखा उपचार केन्द्र रुकुम शाखा र मुसिकोट नगर पालिकाको सयुक्त ब्यबस्थापन तथा राप्ती आँखा अस्पतालको प्राबिधिक सहयोगमा मिति शिबिर संचालन गरिएको थियो ।
२ दिन सम्म संचालित शिबिरबाट ४५३ जनाको आँखा चेकजाँच भएको छ । जसमध्ये ८६ जनाको मोतिबिन्दुको शल्यक्रिया समेत भएको आँखा उपचार केन्द्र सल्ले रुकुमका प्रमुख मन्जु बोहराले जानकारी दिईन । उनका अनुसार शिबिरमा राप्ती आँखा अस्पताल रक्षचौर तुलसीपुर दाङ बाट डा.सुरेश रसाइलीको नेतृत्वमा १२ जनाको टिम खटिएको थियोे । दुर्गम गाउँका नागरिकहरुलाई सेवा दिन केन्द्रले बेलाबेला बिभिन्न निकायहरुको सहकार्यमा शिबिर आयोजना गर्दै आएको छ । जसले गर्दा बिशेषगरी जेष्ठ नागरिकहरु लाभान्बीत भएका छन ।

election adv.

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto