Home मुख्य समाचार श्रम सहकारीद्वारा संघर्षका कार्यक्रम सार्वजनिक

श्रम सहकारीद्वारा संघर्षका कार्यक्रम सार्वजनिक

2542
0

डिल्लीबहादुर खत्री
रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा न. ४ गठित श्रम सहकारीले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । मेलैनाउली, मनकोट, कालापाथर सडक खन्दा भएको विवाद लामो समयसम्म पनि नमिल्दा सडक निर्माणको जिम्मा लिएको श्रम सहकारीले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । श्रम सहकारीका अध्यक्ष नरेन्द्र बिकका अनुसार भोलि इलाका प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाउने, वडा कार्यालय घेराबन्दी गर्ने र त्यसपछि नगरपालिकाको कार्यालय घेराउ कार्यक्रम सार्वजनिक गरिएको छ । ‘हामीले सकभर मिलाउ भनेका हौँ, राज्यद्वारा नै हाम्रो माग पूरा गर्ने ध्यान दिइएन् र अन्तिम अवस्थामा संघर्षका कार्यक्रम सार्वजनिक गरिएको हो’ अध्यक्ष बिकले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here