Input your search keywords and press Enter.

पर्यटन र रुकुमका संभावित स्थलहरु

पहलसिंह घर्ति
सामान्य परिचय :
रुकुम जिल्ला एक प्राकृतिक स्रोत साधनहरुले सुसज्जीत जिल्ला हो । सायद त्यसो भएर नै यसले आफूलाई प्रकृतिको सुन्दरताको उपमा पाएको छ । राज्य पुनसंरचना पश्चात वनेको रुकुम जिल्लाले आफूलाई दुई भौगोलिक खण्डमा उपस्थित बनाउने अवसर प्राप्त गर्यो । त्यसो त यस सम्बन्धी वहस विगत दिनहरुमा नउव्जिएका होईनन् । आज यस विषयले वहस यस अर्थमा राख्दछ कि भौगोलिक सुगमता र दुर्गमताले जनसाधारणको दैनिक जनजीवनमा कस्तो प्रभाव पार्दछ अर्थात प्रशासनिक सेवा सुविधाहरु व्यवहारमै कति प्रयोगमा आउँछन् । यसको सहज जवाफ छ कि जो कोहीले पनि सहज, समान र न्यायिक हिसावले पहुँच प्रतिनिधित्व स्थापित गर्ने कार्य प्रशासनिक एवम् भौगोलिक सुगमता र अवसरहरुले प्रदान गर्दछन् । रुकुम जिल्ला आज पूर्वी र पश्चिम रुकुम जिल्लाका रुपमा संरचित हुने कुराले एकातिर शक्ति स्रोत साधन र अवसरहरुको वाँडफाँड भएको छ भने अर्कोतिर राजनीतिक तथा सामाजिक अवसरहरुको समेत समन्यानिक हिसावले वाँडफाँड हुन पुगेका छन् । यसले के देखाउँछ भने रुकुम जिल्लाको विगत केन्द्रिकृत शक्ति अधिकार र अवसरहरु आज विकेन्द्रित भई आम जनसाधारणहरुको पहुँच र हातमा हस्तान्तरित भएका छन् । यसले एकातिर समान अवसर र पहुँच एवम् प्रतिनिधित्वलाई इंगित गर्दछ भने अर्कोतिर सर्वसुलभ रुपमा यसको उपभोगलाई दर्शाउँदछ । ठीक यही पेरिफेरीमा आज रुकुम जिल्लाको सन्दर्भमा विगतदेखि उठिरहेको समृद्धि र विकासको एक पाटो हो पर्यटन । पर्यटन सबैको जनजिव्रोमा झुण्डिएको भएपनि यसलाई महत्वका साथ कसरी अगाडि बढाईयो अर्थात यसको अन्यर्यमा पुगेर भौतिक तथा मानवीय जीवनका गोरेटोहरुमा कसरी जोड्ने भन्ने विषयको चर्चा आज सर्वत्र छ ।

१. कसरी बुझ्ने पर्यटनलाई ?
आज विश्व समुदाय नयाँ नयाँ प्रविधि र अवसरहरुको खोजीमा अहोरात्र लम्किरहेको छ । किन कि ईतिहास परम्परागत हिसावले दोहोरिदैन वरु परिष्कृत वन्दै अगाडि बढ्दछ । यसको अर्थ हरेक कुराहरु प्रतिपादन हुन्छन् र अभ्यासमा लिएर थप परिमार्जन सहित विकास गरिन्छन् । यसबाट नयाँ नयाँ अवसरहरु पनि संगसंगै प्राप्त भईरहेका हुन्छन् । ठीक यही बेला विश्व समुदायको ध्यान आज पर्यटन र यसको मर्मलाई सही ढंगले आत्मसात गर्ने दिशातिर उन्मुख भईरहेको छ । त्यसो भएर नै विश्वका शक्तिशाली देशहरुले पर्यटनका हरेक पक्षहरुलाई आफ्नो देश, काल र समय सन्दर्भ अनुसार प्रयोगमा ल्याईरहेका छन् । आफ्नो नीति तथा कार्यक्रममा पर्यटनलाई प्राथमिकताका साथ पारित गरिरहेका हुन्छन् । जसका कारण आफ्ना देशभित्र रहेका प्राकृतिक, धार्मिक, साँस्कृतिक, ऐतिहासिक, पुरातात्विक र शाहसिक पर्यटनसंग सम्बन्धीत वहुआयामिक पक्षहरुलाई महत्वका साथ अगाडि सारिरहेका हुन्छन् । यी कुराहरुलाई प्राथमिकताको माध्यमबाट आर्थिक विकास र समृद्धिको संभावनाभित्र राखेर वहस गरिरहेका हुन्छन् । सिंगो देशकै वजेटलाई यतापट्टि केन्द्रित गरिरहेका हुन्छन् । यसो भएर हामी नेपालको सन्दर्भमा पनि यसलाई महत्वका साथ हेर्नै पर्दछ । पर्यटन एक आर्थिक समृद्धि र विकासको अभिन्न पक्ष हो भन्ने कुरालाई मनन् गर्नै पर्दछ । यसको वास्तविक र चुरो कुरालाई आत्मसात नगर्नेहरुले समग्र समृद्धिको पाटोलाई पनि वुझ्न सक्दैनन् । हामीले पर्यटनका बहुआयामिक पक्षहरुलाई नबुझी समृद्धिको वकालत गर्न सक्दैनौं । एउटा पर्यटक जसले विभिन्न उद्धेश्य लिई घुम्नु यात्रा गर्नु या सो अन्र्तत गर्ने क्रियाकलापहरुको समष्टि नै पर्यटन हो । नेपालयस दिशामा गन्तव्य स्थलका रुपमा परिचित छ । रुकुम जिल्ला पनि यसबाट अछुतो रहने विषय भएन । तसर्थ यस सम्बन्धी छोटो चर्चा गर्न आबश्यक ठानिएको छ ।

२.रुकुम पश्चिममा अवस्थित पर्यटकीय संभावना । क. धार्मिक तथा ऐतिहासिक पर्यटनसंग सम्बन्धीत
सम्पदाहरु :
रुकुम जिल्ला पनि विविधताहरुको खानीका रुपमा स्थापित रहनुका कारण यहाँ अनेकन खालका पर्यटकीय संभावनाहरु मध्ये धार्मिक तथा ऐतिहासिक पर्यटन पनि एक हो । यसका माध्यमबाट धार्मिक तथा ऐतिहासिक पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । यस जिल्लामा प्रदेश स्तरमै चर्चित डिग्रे भगवती शाईकुमारी मन्दिर अवस्थित छ । यहाँ हरेक वर्षको मंसीर पूर्णिमाका दिन भव्य मेला लाग्ने गर्दछ । त्यस्तै यहाँ गौतम ऋषि आत्रेय मन्दिर गोतामकोट, प्रसिद्ध शाईकुमारी मन्दिर त्रिवेणि स्यालाखदी, शाईकुमारी मन्दिर आठविसकोट, रिम्ना धार्मिक मन्दिर, कालिका मन्दिर गोतामकोट, वुराल मष्ठ मन्दिर वाँफीकोट लगायतका धार्मिक सम्पदाहरु रहेका छन् । यी सम्पदाहरुको व्यवस्थापन गर्न सके धार्मिक पर्यटकीय क्षेत्रका रुपमा स्थापित गरी धार्मिक पर्यटनको विकास गर्न सकिने संभावनाहरु रहेका छन् । यी ठाउँहरुमा धार्मिक तीर्थालुहरु र भक्तजनहरुको वाक्लो उपस्थितिले यहाँको धार्मिक तथा सामाजिक सदभावलाई इंगित गर्दछ । धार्मिक दर्शनार्थीहरुको ओईरो लाग्ने कुराले धार्मिक पर्यटनको प्रचार प्रसार एवम् विकास गर्नु पर्ने कुरालाई जोड दिन आबश्यक ठानिएको छ । यसका लागि मन्दिर पूजा आजा स्थान, दर्शनार्थीहरुका लागि आवास स्थलको व्यवस्थापन, सहज यातायात पहुँचको व्यवस्था, सुरक्षा एवम् स्वास्थ्यको आधारभूत व्यवस्थापन, अन्य दृश्यावलोकनहरुको व्यवस्थापन आदिका कामहरुलाई ध्यान दिन आबश्यक छ । त्यस्तै मुसीकोट नगरपालिका वडा नं. ४ मा अवस्थित मुसीकोेट डाँडामा रहेकोमुसीकोट दरवार ऐतिहासिक तथा पुरातात्विक पर्यटनसंग सम्बन्धीत सम्पदा हो । देश विदेशबाट आउने पर्यटकहरुले यसको ऐतिहासिक महत्व आदि वारेमा जानकारी लिन चाहन्छन् । ईतिहास सम्बन्धी जानकार र खोज अनुसन्धानकर्ताहरु यसका लागि उत्सुक हुन्छन् । यो एक रमणिय र ऐतिहासिक स्थल हुनुको नाताले सबैको चासो र आकर्षणको विषय बन्न पुगेको छ । त्यस्तै गरी मुरुमा अवस्थित राजकोट दरवार, वाँफीकोट कोटदरवार (हाल अवशेष मात्र वाँकी) लगायतका स्थानहरुमा रहेका ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरुको संरक्षण एवम् सम्बद्र्धन गरी पर्यटन प्रवद्र्धन गर्न आबश्यक देखिएको छ ।

ख. प्राकृतिक पर्यटन
यस जिल्लाको वाँफीकोटमा अवस्थित स्यार्पुताल एक प्राकृतिक पर्यटन संग सम्बन्धीत सम्पदा होे । यो ताल रुकुम जिल्लाकै ठूलो तालका रुपमा समेत परिचित रहेको छ । करिव ३ किलोमीटर क्षेत्रफलमा फैलिएको यो तालको सौन्र्दयता एकदमै मनमोहक छ भन्दा अतिशयोक्ति नहोला । यहाँ पाईने माछा र अर्गानिक खानाको उपलब्धताले सबजनाको मन तान्ने गरेको छ । यहाँ आउने आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि डुङ्गाको व्यवस्था गरिएको छ । पर्यटकहरु डुंगामा सयर गरेर रमाउने गर्दछन् । नजीकैको भ्यूटावर अर्को आकर्षण हो । यसबाट स्यार्पुताल आसपासको समग्र दृष्यावलोकन गर्न सकिन्छ । आगन्तुक पाहुनाहरु एवम् पर्यटकहरुका लागि स्थानीय होटेलहरुमा सहज एवम् भरपर्दो आवासको व्यवस्था उपलब्धता छ । त्यस्तै स्यार्पुताल सम्म यातायातको व्यवस्थाले पनि यहाँ भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि सहज आवत जावतका मार्ग प्शस्त गरेको छ । स्यार्पुताल आसपासमा अन्य आकर्षक स्थलहरुमा सिमै छहरी अर्थात झरना पनि अर्को आकर्षण हो । तालदेखि उत्तरमा अवस्थित यो झरना शाहसिक पर्यटकहरुका लागि महत्वका साथ लिईन्छ ।

ग. सानीभेरी र ठूलीभेरी नदी :
रुकुम जिल्लाको वीच भाग अर्थात पूर्वी पश्चिम भएर वग्ने सानीभेरी नदी अर्को पर्यटकीय आकर्षण बन्न सक्ने संभावनाभित्रको प्राकृतिक सम्पदा हो । यसका आसपासका थुप्रै उवर्र भूमीहरु एवम् फाँटहरु रहेका छन् । सानीभेरी नदी जलयात्रा पयृटनका लागि समेत संभावना वोकेको सम्पदा हो । नौकाविहार अर्थात ¥याफ्टिङ्गका लागि यो एक गन्तब्य स्थल वन्न सक्दछ । लामो सफरको दुरीमा ¥याफ्टिङ्गमा यात्रा गर्न सकिनुका साथै यस नदीमा पाईने ताजा र अर्गानिक माछाको स्वादले त झनै पर्यटकहरुको मनै लोभ्याउन सक्ने अवस्था रहेका छन् । यस नदी आसपासका केन्द्रिकृत वस्तीहरुलाई लक्षित गरेर विभिन्न होटेल व्यवसायहरु सञ्चालनमा ल्याउन सकेको खण्डमा स्थानीय आय स्रोतको वढोत्तरी हुन सक्ने संभावनाहरु रहेका छन् । ठूलीभेरी नदी र सानीभेरी नदीको संगम स्थल रिम्ना, राडीवजार गोतामकोट, त्रिवेणि, चौरजहारी लगायतका स्थानहरु यसका लागि उपयुक्त हव हुन सक्दछन् । दुवै नदी एक भएर प्रदेश राजधानी सुर्खेत सम्म भेरी नदीका रुपमा पहिचान बनाएको यस क्षेत्रमा जलविहारका लागि असंख्य संभावनाहरु रहेका छन् ।

घ. माओवादी सशस्त्र द्धन्द्धसंग जोडिएको युद्ध पर्यटन सम्बन्धमा ः
दशवर्षे सशस्त्र द्धन्द्धको क्रममा स्थापित तथा नेपाल सरकारको नीति तथा कार्यक्रममा रहेको युद्ध पर्यटन पनि यस जिल्लाको अर्को आकर्षण हो । यी सबैको व्यवस्थित गरी समग्र रुपमा पर्यटकीय संभावयता सहितको योजनाका साथ अगाडि बढ्न सकेको खण्डमा रुकुम पश्चिम लाई युद्ध पर्यटकीय करिडोरमा जोडेर आर्थिक समृद्धि तथा विकासको एउटा मालामा गाँस्न सकिने प्रशस्तै संभावनाहरु रहेका छन् । तर यसका लागि दीर्घकालीन र अल्पकालीन योजना सहितको ईच्छा शक्तिको आबश्यकता भर्खरै मात्र खड्किएको सवाल बन्न गएको छ । सरकार अन्य सरोकारवाला निकायहरुसंग स्पष्ट भिजन सहितको योजना विना यो काम सहजै ढंगबाट अगाडि बढ्न नसक्ने कुरा पनि त्यत्तिकै सत्य हो । बरु त्यो ईच्छा शक्ति र कार्यक्रमका माध्यमबाट यसको शुरुवाती गर्न सकेको खण्डमा रुकुम जिल्लालाई पर्यटकीय गन्तब्यका रुपमा स्थापित गरी स्थानीय समुदायको आर्थिक आय आर्जनमा वृद्धि गर्न सकिने यथेष्ट आधारहरु पनि त्यत्तिकै विद्यमान रहेका छन् । यसबाट एकातिर विगत ईतिहासको संरक्षण हुनेछ भने अर्कोतिर यसको प्रचार प्रसार भई राष्टिूय अन्तर्राष्टिूय स्तरमा युद्ध पर्यटनको विकास हुनेछ । यसको मर्म र महत्ववोध सर्वत्र स्थापित भएको हुनेछ ।
ङ. साँस्कृतिक पर्यटन ः
रुकुम जिल्ला साँस्कृतिक हिसावले पनि महत्वपूर्ण रहेको छ । यहाँ विविध संस्कृतिहरु विद्यमान छन् । स्थानीय संस्कृति एवम् मनोरञ्जनमा आनन्द लिन चाहने पर्यटकहरुका लागि यो जिल्ला एक आकर्षक केन्द्रविन्दु हुन सक्दछ । यहाँका विभिन्न गाउँ वस्तीहरुमा सोरठी, पैंसेरी, मयुर,सिंगारु, टप्पा, फाँक जस्ता संस्कृतिहरु रहेका छन् । वुढापाकाहरुले परम्परादेखि प्रचलनमा ल्याउँदै आएका यी संस्कृतिहरु कतिपय सवालमा संरक्षणको अभावमा रहेको भए पनि पछिल्लो पुस्ताले यसको सिको गर्न उद्धत छ । पूर्खाले सुम्पेका अमूल्य नीधिका रुपमा यसलाई आत्मसात गर्न नयाँ पुस्ता यस दिशामा आत्मैदेखि लागिपर्ने अवस्था देखिएको छ । विधिन्न मेला पात, जात्रा, महोत्सव, चाडवाड लगायतका अवसरहरुमा यस खालका स्थानीय संस्कृतिहरुलाई प्रदर्शन गर्ने गरिन्छन् । यसबाट एकातिर स्थानीय संस्कृतिहरुको संरक्षण हुन जान्छ भने अर्कोतिर साँस्कृतिक पर्यटनको प्रवद्र्धन हुन जाने भएकोले यसलाई प्रवद्र्धन गर्न आबश्यक छ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *