Input your search keywords and press Enter.

छताछुल्ल : ह्याँती गर्ने कुरा

एमएल ओली
उइछारी त्यस्तो भयाउ तमाँइलाई पनि अख्यानै होला । उइल फुर्नु स्याना छाउल्याले अन्नेरी गर्दा तन्नेरी तर्सन्त्या हेर्नोई । कसैले बिढङ गरेमा भित्रभित्रै मिलाइकन र्याङको ठ्याङ । कानका लोती पातला भयाता पनि सोचना फुुक्नेको डाक्को खिर्रो हुँदा नसुन्ने ओदाले पनि टाँठ्ठै सुन्नेल्ने भन्नु हुन्च । सुन्नेहरूलाई अब क्या क्या हुन्च होई भन्न समेत पछि परेनौं । बिरालाले गु लुकाइनी कतै देखिनु नहुँने । लुक्नेलाई भन्दा भुक्नेलाई गारो हेर्नोई । त्यसको बास्ना पनि अलेली हो र ? तमाईको सिनो ह्वास्सै आस्तो सप्पै चोखा भन्नु हुन्च । उइता हो नि तमाँइका दूदले न्वाएइनी । फत्तुर सारा नास्ति मायाप्रीति गाँस्ती ।

तमाँईका भाउँटामा बाउँटा पार्नेहरूले पनि सात दिन्ते । कोई फर्दङीले भित्रभित्रै सुइँया घोचेता पनि भाइर भाइर बिचरा, भन्त्यो । तमाँई हाम्रो मोटो बुद्धिलाइकन छोरा व्वारीलाई ठाउँमा पठाकै छौं । हामी जाँ थिऊ त्याँई अटाकै छौं हेर्नोई । हाम्ले न कुल फटा छौं न ता कोइलाई डाँरो कटा छौं । मत्ताले भत्ता चाटोस् या मुसाले थैला काटोस्, । उइला जाँन्यासुन्याले बोल्लेतियौँे, बोल्या पोल्लेत्यो हेर्नोई । तर अइलाले ता जुक खा हुन कि चुक खा हुन् ? सप्पै होसिला सप्पै जोसिला मलाइ पनि बरा होसिलो जतातै छताछुल्ल हुनेगरी । तमाँइका लाटाउ धोती अरिलो तर बाठाउ छताछुल्ल भइकन रेल्लेलास्तोछ भन्नु हुँन्च । बैरागीले त्यस्सै पिरौला दबाउँदै सिरौला चपाउँदै यस्तो भाका सुनायो होला फाटेको धोतीले ढोकेको ढोके पनि किम्लाले टोकेको, वह जोखेको को सुन्छ र न्याउली चरी आँशु पोखेको । तमाँइको तलमाथि छताछुल्ल भइकन उद्रेक लाग्दा यो सुन्नोस् करक मर्ला ।

आफ्नै कानमा काती थिग्र्या पछि अरुलाई आरोप लाइकन क्यार्ने होइन्तो ? सुकारी जुग्नु नाम्रो ननाम्रो, बुक्लो गिल्लो, चिल्लो पिर्रो, तात्तो चिस्सो सप्पै छताछुल्ल भयाउ देख्न नपाया पनि सुन्न पाया कति नाम्रो हुँदो । आफ्नै सुन्ने भाँरो ठाँरो भयापचि रुखमा बसी काग ओइलाउत्यो भेट हुँने रैछ र, करमा घटी भया पचि क्या लाग्ने रैघ र ? भन्नु बाइक….। खोप्रीमा लेख्खया भाग्यमानीले तल चाटेइकोछ माथि चाटेइको छ । तक्दीरवालेलाई न तमाँइको खोरिया खन्नु पर्याउँछ न त कोरियामा कन्नु पर्याउँछ । लामो प्यारपछि भालेपोथी बनेकाहरू टार्रिएर थारिदा वाध्य भइकन अर्को जोरी बनेको औसरमा खुशी छताछुल्ल । कलिला बचेराहरू माबाउले ल्याएको चारोले जारो धपाउँने आशले रात गुजार्दा बगेका पसिना छताछुल्ल । घरमुलीले विदेशबाट कमाई ल्याउला र लाज ढोकौला भन्ने आशले गुन्यो चोली र धोती टोप्पिमा टालो छताछुल्ल । भाइर भन्दा भित्र बर्ता पानी चुने छानोमुनि वृद्ध बाआमाले आँखा प्यालिन्जीसम्म चियाउँदा चियाउँदा निद छताछुल्ल । उ आउला मस्तै ल्उला र दर्द टारौला भन्ने आसमा पर्खिदा पर्खिदा अन्त्यमा ऊ आएको खप्परले आँसु छताछुल्ल ।

त्यो ट्याम्मा बाउ अलग तर एउटै माउबाट जर्मिया तमाँइका आफ्न्तहरूको गड्बड्याङले सप्पैको मुहारमा आशा मात्रै छताछुल्ल थियो । यो याम्मा बड्डाहरूको उट्पट्याङले सप्पैको चेरामा निरासा छताछुल्ल भन्नु हुन्च । तमाँई हाम्रो भाग्यै यस्तै हो कि छताछुल्ल मात्रै देख्ने । लेख्यिापचि भोग्नु पर्रियो हेर्नोई । क्या फरक पर्यो नाई ? यहाँ छताछुल्ल बाइक अरु केई नदेखिने भइयो ज्वाँनौं । तमाँइको खुशी, बेखुशी, सन्तोष, असन्तोष जताततै छताछुल्ल । यो छताछुल्लले काँ बगाउने हो ? काँ थुपार्ने हो ? केई ठेक्का छैन् । विभिन्न कालखण्डको परिर्वतनमा रगत छताछुल्ल पार्ने वीर सहिदको सपना कस्तो थियो ? यसको जवाक माथ्या परेललाई सोद्ने हो र भेटै नहुँने ? तल्ला परेलसित पानी बाराबार हेर्नोई । भ्रष्टाचारी, बेरोजगारी, बलात्कारी, मङ्गी र कालाबजारी बाइक सप्पै छताछुल्ल । क्या कुरा गर्दान र ? बैरागौ मर्नु, अइचेल तमाँइका सरबजारको गल्लि गल्लिमा मोरको थुप्रो समेत छताछुल्ल भन्नु हुन्च ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *